शुक्रबार, वैशाख १४, २०८१

सप्तरीमा विज्ञान विषयको प्रश्नपत्र 'आउट'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
राजविराज- एसईईको विज्ञान विषयको प्रश्नपत्र बाहिरिएको छ । बिहीबार भएको विज्ञान विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुपूर्व नै आउट भएको हो। 

परीक्षा सुरु हुने समय बिहान ८ बजेका लागि निर्धारण गरिए पनि ७ः४७ मिनेटमै प्रश्नपत्र बाहिरिएको छ। प्रश्नपत्र समाजिक सञ्जाल ‘फेसबुक’मा समेत पोष्ट भएका छन्। 

प्रश्नपत्र बाहिरिएको कुरा सत्य भएको र यसबारे छानविन भइरहेको सप्तरीका सिडिओ तथा परीक्षा समन्वय समितिका संयोजक सुरेन्द्र पौडेलले बताए। यसका विषयमा गम्भीर अनुसन्धान हुने र दोषीमाथि कारबाही गरिने उनले जानकारी दिए ।

प्रश्नपत्र आउट गर्न स्वयम केन्द्राध्यक्ष, निरीक्षक र कर्मचारीहरुको मिलेमतो रहेको हुनसक्ने आशंका गरिएको छ । 

यसैबिच बिहीबार मात्रै मोबाइल मार्फत चिट चोर्दै गरेका दुई जना परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विभिन्न परीक्षाकेन्द्र मार्फत १० थान मोबाइल प्रहरीले कब्जामा लिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।