शुक्रबार, वैशाख १४, २०८१

सुदूरपश्चिम : अधिकांश सांसद माधव नेपालसँगै रहेको दाबी

‘तत्काल हामी दुई जना प्रदेश सांसद केन्द्रीय कमिटीमा देखिएका छौँ,' नेपाल निकट जोशीले भनिन्, ‘तर सुदूरपश्चिमका बहुमत प्रदेश सांसद माधव नेपालसँगै छौँ।’
 |  बिहीबार, भदौ ३, २०७८

भीम चौधरी

भीम चौधरी

बिहीबार, भदौ ३, २०७८

धनगढी-  माधव समूहले नयाँ पार्टी नेकपा (एमाले समाजवादी) दर्ता गरेसँगै सुदूरपश्चिमका सांसद नयाँ पार्टीम जाने वा केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा रहनेबारे छलफलमा जुटेका छन्। कुन नेताहरू कसको पक्षमा लाग्ने भन्ने निश्चित भइनसकेपनि अधिकांश प्रदेशसभा सदस्यहरू नेपालसँग रहने नेपाल पक्षका नेताको दाबी छ। 

triton college

आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र पूर्ववनमन्त्री माया भट्ट भने नेकपा (एमाले समाजवादी)को केन्द्रीय कमिटीमा समेटिएका छन्। मन्त्री जोशीले विगतमा जस्तै अहिले पनि अधिकांश प्रदेश सासंद माधव नेपालको पक्षमै रहेको बताएकी छिन्। 

‘तत्काल हामी दुई जना प्रदेश सांसद केन्द्रीय कमिटीमा देखिएका छौँ,' जोशीले भनिन्, ‘तर सुदूरपश्चिमका बहुमत प्रदेश सांसद माधव नेपालसँगै छौँ।’ उनले नेपाल पक्षमा यसअघि नै खुलिसकेका १८ जना सांसदमध्ये खासै तलमाथि हुने अवस्था नरहेको बताइन्।

सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी नेतृत्वको सरकारले पछिल्लो पटक विश्वासको मत पाउँदा एमालेका १७ जना माधव समूह र ७ जना ओली पक्षमा खुलेका थिए। प्रदेश सभामा नेकपा एमालेका २५ जना सदस्यमध्ये पूर्वमन्त्रीसमेत रहेका प्रदेश सांसदहरू पठानसिंह बोहरा, लिलाधर भट्ट, गेल्बुसिङ बोहरा, रतन थापा, माया तामाङ बोहरा, नेपालु चौधरी र बलदेव रेग्मी ओली पक्षमा खुलेका थिए।

तीमध्ये १८ जना भीम रावल पक्षका थिए। अहिले रावलको पक्षमा प्रकाश बहादुर शाह र अर्चना गहतराज मात्र खुलेका छन्। तर, रावलले माधव नेपालको साथ छोडपछि को कतातिर लाग्छन् अझै प्रष्ट खुलिसकेको छैन। केपी शर्मा ओली र माधवकुमार नेपालबीच दूरी बढेदेखि नै सुदूरपश्चिमका अधिकांश प्रदेशसभा सदस्यले नेपाललाई साथ दिएका थिए। सुदूरपश्चिमा भीम रावलको प्रभाव बलियो मानिन्छ। 

corrent noodles
Metro Mart
‘तत्काल हामी दुई जना प्रदेश सांसद केन्द्रीय कमिटीमा देखिएका छौँ,' जोशीले भनिन्, ‘तर सुदूरपश्चिमका बहुमत प्रदेश सांसद माधव नेपालसँगै छौँ।’ उनले नेपाल पक्षमा यसअघि नै खुलिसकेका १८ जना सांसदमध्ये खासै तलमाथि हुने अवस्था नरहेको बताइन्।

माधवकुमार नेपाललाई साथ दिँदै आएका रावल शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएदेखि तटस्थ देखिएका छन्। नेपालको साथ छोडेको चर्चा चलिरहँदा उनले नेपाल समूहको नयाँ पार्टी नेकपा एमाले (समाजवादी) दर्तामा पनि साथ दिएनन्। रावलले साथ छोडेका कारण माधव नेपालले सुदूरपश्चिम प्रदेश सभामा कमजोर भएको आकलन गर्न थालिएको छ। तर, अधिकांश प्रदेश सभा सदस्य रावलले नेपाललाई साथ नदिए पनि नयाँ पार्टीमा जाने मनसायमा देखिएको नेपाल पक्षले दाबी गरेको छ। 

रावल निकट भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले पनि नेपाललाई नै साथ दिने संकेत गरे। ‘म कता लाग्छु भन्ने विषयमा धेरैले अनुमान गरिसकेका होलान्। हामीलाई नयाँ पार्टी रोज्ने वा पुरानोमा बस्ने छुट्याउका लागि २१ दिनको सुविधा छ,’ उनले भने, ‘हामी छिट्टै निचोडमा पुग्छौँ। तपाईंहरूले थाहा पाइहाल्नुहुन्छ।’

५२ सदस्यीय प्रदेश सभामा नेकपा माओवादीका १३, नेपाली काँग्रेसका १२ र राजपाका २ प्रदेश सभा सदस्य रहेका छन्। सुदूरपश्चिममा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एमाले (समाजवादी) गठबन्धनको सरकार बन्ने तय भइसकेको छ।

प्रकाशित: Aug 19, 2021| 20:59 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।