शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्या प्रकरण : डिएसपी जिसी पनि ९ लाख धरौटीमा छुटे

निर्मला हत्या प्रकरण : डिएसपी जिसी पनि ९ लाख धरौटीमा छुटे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी – कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा प्रमाण नष्ट र यातना दिएको अभियोग लागेका केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीका तत्कालिन डिएसपी अंगुर जिसीलाई पनि धरौटीमा छोड्न आदेश भएको छ।

कञ्चनपुर जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा.राजेन्द्रकुमार आचार्यको ईजलासले बुधबार थुनछेक बहस गर्दै जिसीलाई ९ लाख धरौटीमा छोड्न आदेश दिएको हो।

श्रेस्तेदार हरीकृष्ण अवस्थिले जिसीलाई यातना दिएको अभियोगमा पाँच लाख तथा प्रमाण नष्टको अभियोगमा चार लाख धरौटी माग भएको जानकारी दिए। अदालतले तोकेको धरौटी बुझाएर जिसी बुधबार नै हिरासत मुक्त भएका छन्। मुद्दाका ८ अभियुक्त मध्ये तत्कालिन कंचनपुर एसपी डिल्लीसिंह बिष्टसहित सात यसअघिनै धरौटीमा छुटिसकेपछि जिसी पनि अदालत उपस्थित भएका थिए।

निर्मला मृत फेला परेपछि चर्किएको आन्दोलनसंगै प्रहरी प्रधान कार्यालयले सिआईबीका डिएसपी जिसीको नेतृत्वमा घटनाको अनुसन्धान गर्नका लागि १३ साउनदेखि टोली कञ्चनपुर पुगेको थियो। आइतबार मात्रै आदालतले कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्टलाई साढे दश लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। एसपी विष्टसहित सो प्रकरणका सात जना धरौटीमा रिहा भइसकेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।