शुक्रबार, वैशाख १४, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज चैत १२ गते मंगलबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

अख्तियारका पूर्व आयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। आयोगले मंगलबार पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनीविरुद्ध ७८ लाख विगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो। अभियोगपत्रमा घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएको छ।

फेसबुकमा मनपरी लेख्‍ने नेता कार्यकर्तालाई कांग्रेसले कारबाही  गर्ने

हालै गठन भएको नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले आफ्नो काम थालेको छ। समितिको मंगलबार बसेको पहिलो बैठकले पार्टीभित्र अनुशासन कमजोर हुँदै गएको निश्कर्ष निकाल्दै अनुशासन भंग गर्नेमाथि कडा कारबाही गर्ने भएको छ। पार्टी कार्यलय सानेपामा भीष्मराज आङ्गदम्वेको अध्यक्षतामा  बसेको बैठकले   अनुशासन समितिको कार्यविधि २०७५ लाई पारित समेत पारित गरेको छ ।

विप्लवका कार्यकर्ता फोन 'स्वीच अफ' गर्दै भूमिगत

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगायसँगै कर्णालीमा रहेका उनका कार्यकर्ताहरु भूमिगत हुन थालेका छन्। कर्णाली प्रदेशमा प्रहरीले निगरानी बढाएसँगै विप्लवका कार्यकर्ताहरु भूमिगत भएका हुन्। देशभरबाट प्रहरीले विप्लवका कार्यकर्तालाई पक्राउ गर्न थालेपछि  विप्लवको बढी प्रभाव रहेको कालिकोट र सल्यानका कार्यकर्ताहरु केही दिनदेखि सामाजिक सञ्जाल र मोबाइल फोनसमेत स्विचअफ गरेर भूमिगत भएका छन्।

ज्ञानेन्द्र र भारतीय राजदूतको बसाइ के संयोग मात्रै थियो त?

केही दिनअघि जनकपुरको एउटै होटेलमा पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय राजदूतको बसाइ के संयोग मात्र थियो त? यसबारेमा अनेक  आशंका र अनुमानसहित भइरहेको चर्चाले राजनीतिक बजारलाई तरंगित गरेको छ। भारतीय राजदूत पुरी गत चैत २ गते  जनकपुर–जयनगरको रेलवेको प्रगति हेर्न भन्दै सुटुक्क जनकपुर पुगेका थिए। उनी जनककपुर पुग्दा पूर्वराजा शाह पनि तराई भ्रमणका लागि त्यही पुगेका थिए।

भत्ता पाउने भएपछि काममा फर्किए पुनर्निर्माण प्राविधिक

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत पुनर्निर्माणमा खटिएका प्राविधिकहरु आन्दोलन स्थगित गरी काममा फर्कन सहमत भएका छन्। नेपाल इन्जिनियर्स एशोसियसन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित समितिबीच भएको सहमति पछि उनीहरुको आन्दोलन स्थगित भएको हो। पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुलाई अर्थ मन्त्रालयको परिपत्र अनुसार प्रोत्साहन भत्तासहितका सुविधा उपलब्ध गराउने गरी सात दिनभित्र कार्यान्वयन गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वले पूर्ण प्रतिबद्धता व्यक्त गरेपछि प्राविधिकहरु काममा फर्कन सहमत भएका हुन्।

युद्धमा बाबु गुमाएका युवकको विप्लवलाई खुलापत्र : छाड्नुस् बम पड्काउने बाटो

जनताको सत्ता स्थापित गर्छु भनी तपाईं फेरि हिंसात्मक विद्रोहमा प्रवेश गर्नुभएको छ।चालू राजनीतिक कोर्सले दलाल, भ्रष्ट, कमिसन खोर आदिको पक्षपोषण मात्र गर्ने भएकाले समाजवाद स्थापना गर्न विद्रोहमा जाने तपाईंको निर्णयले नेपाली समाज तरंगित भएको छ। सत्ता बन्दुकको नालबाट जन्मिन्छ भन्ने परम्परागत मान्यतालाई आत्मसात गरी गरिने यस्ता विद्रोह जनताका लागि जनता स्वयं आफैंले हतियार उठाउने भन्ने मान्यतामा टेकेर गरिने विद्रोह हो।

सप्तरीबाट विप्लवका कार्यकर्ता पक्राउ

प्रहरीले सप्तरीबाट विप्लव नेतृत्वको नेकपाका तीनजना जिल्ला तहका नेतालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–६ का ५२ वर्षीय नुन्नु राम, शम्भुनाथ नगरपालिका–६ का ४६ वर्षीय गणपति साह र छिन्नमस्ता गाउँपालिका–१ बरही बिरपुर बस्ने ४० वर्षीय तेजनारायण यादव रहेको प्रहरीले जनाएको छ।

वरिष्ठ पशु विकास अधिकृत घुससहित पक्राउ

वरिष्ठ पशु विकास अधिकृतसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरबाट घुस रकमसहित पक्राउ गरेको छ। राइबोजियम तथा घाँसेबारी बीउ बिजन प्रयोगशाला जनकपुरमा कार्यरत वरिष्ठ पशु विकास अधिकृत डा.रामगुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरीलाई अख्तियारको टोलीले मंगलबार घुससहित पक्राउ गरेको हो।

सञ्चारमाध्यम जनताका शत्रु हुन् : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सञ्चारमाध्यमलाई ‘शत्रु’ र‘प्रतिपक्षी दल’ को स‌ंज्ञा दिएका छन्। मंगलबार उनले ट्वीट गर्दै सञ्चारमाध्यमविरुद्ध खनिएका हुन्। ट्रम्पको निर्वाचन अभियानमा रुसी साँठगाँठबारे वर्तमान राष्ट्रपतिमाथि लागेको आरोपको छानविन गरी हालै प्रतिवेदन पेश गरेका अमेरिकी संघीय अनुसन्धान विभागका पूर्व निर्देशक रोबर्ट म्युलरको प्रतिवेदनले ट्रम्पलाई उक्त मुद्दामा दोषी नभेटिएको भन्ने निष्कर्षपछि ट्रम्पको यो भनाइ आएको हो।

यस्तो छ देशभरको मौसममी अवस्था

मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी क्षेत्रमा आंशिक बदली हुने देखिन्छ। मध्य र पुर्वीपहाडी भेगका एक दुइ स्थानमा मेघ गर्जनसहितको छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। 

२३ किलो सुन गाड्ने सुरजलाई धरौटीमा छाड्न आदेश

कञ्चनपुरमा साढे २३ किलो सुन घरमै गाडेर राजश्व चुहावट गर्न खोजेकोमा पक्राउ परेका ५ जना मध्ये एक जनालाई धरौटीमा छुट्ने भएका छन्। कञ्चनपुर जिल्ला अदालतले पक्राउ परेकाहरु मध्ये सुरज तिरुवालाई १० लाख धरौटीमा छोड्न आदेश दिएको हो। यस्तै अदालतले लक्ष्मण तिरुवालाई भने थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। २३ किलो सुन लुकाएर राखेको अभियोगमा राजश्व अनुसन्धान विभागले ५ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दर्ता गरेको थियो।

जापानको ओसाका उड्ने भयो निगमको वाइडबडी

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तीन महिनाभित्र जापानको ओसाकामा उडान भर्ने भएको छ। जापान उडानका लागि सबै प्रक्रिया पूरा गरिसकेको निगमले जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई दुई दिनभित्र आवश्यक कागजात बुझाउने जनाएको छ।

कागजी प्रक्रियाका साथै आन्तरिक तयारी सकेपछि आउँदो जुलाई महिनादेखि ओसाका उडान औपचारिक रुपमा सुरु गरिने निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए। जापान एभिएसनबाट उडान अनुमति पाएपछि उडान तयारीका लागि ४५ दिन लाग्ने छ भने अनुमति आएपछि पनि थप ३० देखि ४५ दिन निगमलाई आन्तरिक तथा बजार व्यवस्थापनमा समय लाग्नेछ।

राप्रपाद्वारा विभिन्‍न जिल्लाका लागि पदाधिकारी मनोनित

 राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न जिल्ला तथा प्रदेशका लागि बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महामन्त्रीलगायतका पदमा पदाधिकारी मनोनयन गरेको छ। पार्टी अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम मौजुदा पदाधिकारीको संख्यामा थप गरी उनीहरुलाई मंगलबार मनोयन गरेका हुन्।

बर्दिवासमा मेडिकल कलेज स्थापनाकाे प्रकृया सुरु

महोत्तरीको बर्दिवास नगरपालिकामा मेडिकल कलेज निर्माण गर्न पूर्वाधार निर्माण कार्यालय स्थापना भएको छ। नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत बर्दिवासमा मेडिकल कलेज पूर्वाधार विकास आयोजनाको कार्यालय स्थापना भएको हो।

कलेज स्थापना गर्न आवश्यक जग्गाको सिफारिससमेत भइसकेपछि मन्त्रालयले बर्दिवासमा पूर्वाधार विकास आयोजनाको कार्यालय स्थापना गरेको बताइएको छ। बर्दिवास नगरपालिकाका प्रमुख विदुर कार्कीका अनुसार मेडिकल कलेज स्थापनाका लागि ७५ रोपनी जग्गा सिफारिस गरिएको छ।

शेयर लगानीकर्ता प्रहरी नियन्त्रणमा

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) कार्यालय घेराउ गर्न पुगेका शेयर लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पूँजी बजारको विकासका लागि आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै नेपाल स्टक एक्सचेञ्जको भद्रकालीस्थित कार्यालयमा धर्नामा उत्रिएका शेयर लगानीकर्ता दबाब समूहका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले करीब १३ जनालाई नियन्त्रणमा लिएको छ।

चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

 नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। नवलपरासी जिल्ला इञ्चार्ज गङ्गा ज्ञवालीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नवलपरासी पश्चिम बर्दघाट–४ बाढी पीडितस्थित उनको घरबाट राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। पक्राउ परेका ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय पश्चिममा राखिएको छ।

कांग्रेस नेता सिटौला डिस्चार्ज

गत शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन्। काठमाडौको ह्याम्स अस्पतालमा पाँच दिनको उपचारपछि नेता सिटौला मंगलबार डिस्चार्ज भएका अस्पताल स्राेतले जानकारी दिएकाे छ।

उर्जा क्षेत्रमा लगानी गर्न बङगलादेश इच्छुक

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र नेपालका लागी बङगलादेशी राजदूत मस्फी विन्ते सम्सबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित उर्जामन्त्रालयमा मंगलबार भएको भेटवार्तामा द्विपक्षिय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो। भेटमा मन्त्री पुनले बङगलादेशी राजदूतबीच नेपाल र बङगलादेशको विचमा भएका सहमती र सहकार्यका बारेमासमेत छलफल भएको मन्त्री पुनको सचिवालयले जानकारी दिएको छ।  

ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु

मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र डडेल्धुरा नवदुर्गा गाउँपालिकाका वीरबहादुर रावलको मृत्यु भएको छ।

संरक्षणको अभावले एक वर्षमै मरे आठ गिद्ध 

इलामका जङ्गलमा अतिसङ्कटापन्न सूचीमा परेका गिद्ध पाइने भए पनि संरक्षण नहुँदा थप सङ्कटमा परेका छन्। खुला सीमाका कारण गिद्धको बासस्थान रहेका जङ्गल फडानी हुँदा संरक्षणको सूचीमा रहेको गिद्ध मृतावस्थामा भेटिएका छन्। सन्दकपुर गाउँपालिकाको फेमेगुरु खोल्सीमा एक वर्षअघि आठ गिद्ध मृत भेटिए। 

हुम्लामा फेरि हिमपात, एसइई परीक्षार्थी समस्यामा

हुम्लाका विभिन्न स्थानमा फेरि हिमपात भएको छ । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता पनि हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्यामा परेका छन् । हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या देखिएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताए । जिल्लामा सोमबार दिनभरि पानी परेको थियो भने मंगलबार बिहानदेखि हिमपात शुरु भएको छ । 

त्रिशूली नदीमा मिनीबस खस्यो

नारायणघाट-काठमाडौं सडकखण्डअन्तर्गत पर्ने घोप्टेभिरबाट मिनिबस त्रिशुलीमा खसेको  छ। पृथ्वी राजमार्ग अन्तर्गत पर्ने चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभीरबाट बस त्रिशूलीमा खस्दा तीन जना घाइते भएका छन् । सोमबार राति १० बजेतिर ना ५ ख ३६८२ नम्बरको बस त्रिशूली नदीमा खस्दा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

बन्दको घोषणा गर्दै विप्लवको चेतावनी- 'जे पनि हुन सक्छ' 

 नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकाले लगाएको प्रतिबन्ध फुकुवा नगरे जे पनि हुनसक्ने चेतावनी दिएको  छ । चैतभित्र प्रतिबन्ध हटाउन माग गरेको गर्दै उसले नभए आफूहरु सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउ बाध्य हुने चेतावनी दिएको छ । सोमबार साँझ महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सरकारले लगाएको प्रतिबन्ध हटाउन माग गर्दै नेपाल बन्दसहितकाे आन्दोलनका कार्यक्रमसमेत घोषणा गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।