शनिबार, वैशाख १५, २०८१

चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
नवलपरासी - नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। नवलपरासी जिल्ला इञ्चार्ज गङ्गा ज्ञवालीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

नवलपरासी पश्चिम बर्दघाट–४ बाढी पीडितस्थित उनको घरबाट राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। पक्राउ परेका ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय पश्चिममा राखिएको छ।

यसैगरी प्रहरीले नवलपरासी पूर्वबाट सो समूहका नवलपरासी जिल्ला सदस्यलाईसमेत पक्राउ गरेको छ। जिल्ला सदस्य कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ४७ वर्षीय धनबहादुर मर्दनियालाई उनकै घरबाट पक्राउ गरिएको नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए। मर्दनियालाई प्रहरी कार्यालय कावासोतीमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रानाभाटले बताए। रासस
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।