शुक्रबार, वैशाख १४, २०८१

आजका अखबार : प्रतिपक्षबिनै धमाधम सिफारिस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले नेपाल र जापानबीच भएको श्रम सम्झौतासँगै अन्य विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् । 

आजको नागरिक दैनिकले जापान रोजगारीमा समझदारीः भाष र सीप अनिवार्य शीर्षकमा खबर छापेको छ भने अन्नपूर्ण पोस्ट्ले नेपालीलाई जापानीसरह सेवासुविधा शीर्षकमा खबर लेखेको छ । नयाँ पत्रिकाले जापानको रोजगारी खुल्यो, सेवा र सुविधा जापानी नागरिक सरह हुने शीर्षकमा खबर छापेको छ भने कान्तिपुर दैनिकले श्रम सम्झौताको तस्बिरलाई पहिलो पृष्ठमा छाप्दै समाचारलाई भने तेस्रो पृष्ठमा छापेको छ।

सोमबार नेपाली श्रमिकहरु जापान पठाउने सम्बन्धी सहयोग समझदारी पत्रमा दुई देशबीच हस्ताक्षर भएको हो । समझदारीअनुसार जाने नेपाली कामदारले जापानी नागरिक सरह वा बढी पारिश्रमिक पाउनेछन् भने नेपालीले आफ्नो परिवार पनि लैजान पाउने व्यवस्था गरिएको छ । कामदार भर्ना भने दुई देशका सरकारी संयन्त्रको समन्वयमा हुनेछन् । जापानले अप्रिल १ देखि १४ कार्यक्षेत्रमा नेपालसहित ९ देशबाट विदेशी कामदार लिँदैछ ।

यो विषय बाहेक आजको नागरिक दैनिकले प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै संवैधानिक परिषद्ले धमाधम सिफारिस गर्न थालेको विषयलाई प्राथमिकताका साथ छापेको छ।

सोमबार प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थितीबिनै बसेको परिषद्को बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्त र समावेशी आयोगका अध्यक्षको नाम सिफारिस गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार बिहान प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी ओलीलाई पत्र लेख्दै पार्टी संसदीय दलको बैठक भएकाले उपयुक्त समयमा अर्को बैठक राख्न आग्रह गरेका थिए । तर प्रधानमन्त्री ओलीले देउवाको पत्रलाई बेवास्ता गर्दै सोमबार अपराह्न परिषद्को बैठक राखेर निर्वाचन आयोगको प्रमुख र समावेशी आयोग अध्यक्षमा नाम सिफारीस गरेपछि सरकार र प्रतिपक्षीबीच दूरी थप बढेको समाचारमा उल्लेख छ ।

संवैधानिक व्यवस्थाविपरीत प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै यसअघि पनि पाँच संवैधानिक आयोगका अध्यक्षको नाम सिफारिस गरिएको थियो । 

यस्तै नागरिकले हेलिकोप्टरको सिट हटाउने विषमा नेपाल नागरिक उड्डयन प्राधिकरण र हेलिकोप्टर व्यवसायीबीच भएको सहमति उल्टाउने प्रयासमा व्यवसायी लागेको विषयलाई पनि महत्वका साथ छापेको छ । 

कान्तिपुरले भने एसईईको प्रश्नपत्रमा त्रुटि नै त्रुटी देखिएको विषयलाई मुख्य समाचार बनाएको छ । ७ वटै प्रदेशका अग्रेजी र नेपाली विषयको प्रश्नपत्रमा भेटिएको गल्ती र अस्पष्टताले विद्यार्थी अलमलमा परेको समाचारमा जनाइएको छ। 

नेपालमा लगानी गर्न चीनको चासो बढी देखिएको विषयलाई अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ। नेपालको प्रत्यक्ष वैदेशिक लगानीमा चिनियाँ हिस्सा बढी देखिएको छ । पछिल्लो पाँच वर्षमा भारतलाई पछि पार्दै चिनियाँ लगानीकर्ताले बढी प्रतिबद्धता जनाएका हुन् ।

नेपालमा चिनियाँ लगानी चार खर्ब नाघेको उद्योग मन्त्रालय र लगानी बोर्डको तथ्यांक छ । विश्वमै लगानी बढाइरहेको चीनले नेपालमा हालसम्म करिब चार खर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाइसकेको समाचारमा उल्लेख छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।