बिहीबार, वैशाख २०, २०८१

सप्तकोशी नदीमा दुई महिनामा ६ जनाद्वारा आत्महत्या प्रयास

पछिल्लो २ महिनामा सप्तकोशी नदीमा ६ जनाले आत्महत्याको प्रयास गरेका छन्।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

विराटनगर– पछिल्लो २ महिनामा सप्तकोशी नदीमा ६ जनाले आत्महत्याको प्रयास गरेका छन्। असार र साउनमा ६ जनाले सप्तकोशीमा हाम फालेर आत्महत्याको प्रयास गरेको सुनसरी प्रहरीका प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए। नदीमा हामफालेर आत्महत्याको प्रयास गर्ने उनीहरूलाई प्रहरीले उद्धार गरेको छ। 

triton college

असार १ गते सुनसरीगढी गाउँपालिका-६ का ७८ वर्षीय वृद्धले आत्महत्या प्रयास गरेपछि उद्धार गरी प्रहरीले आफन्तलाई बुझाएको थियो। असार २१ गते विराटनगर महानगरपालिका-१० का ५५ वर्षीया महिला, साउन ४ गते विराटनगर–३ की ३५ वर्षीया महिलाले पनि आत्महत्या प्रयास गरेपछि उद्धार गरिएको हो।

साउन २० गते भारत मधुवनी जयनगर चित्रगुप्त कोलोनीका २५ वर्षीय युवा, साउन २४ गते सुनसरी इटहरी उपमहानगरपालिका–६ का ६५ वर्षीया महिला र काभ्रेपलान्चोक–१३ का ४० वर्षीया महिलाले आत्महत्याको प्रयास गरेको एसपी थापाले बताए। 

पारिवारिक समस्या तथा आर्थिक तनावका कारण आत्महत्याको प्रयास गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।  आत्महत्याको प्रयास गरिरहेको अवस्थामा प्रहरी चौकी कोसी ब्यारेजको टोलीले नदीबाट उद्धार गरी आफन्तलाई जिम्मा लगाउँदै आएको एसपी थापाले बताए। ‘प्रहरीले उद्धार गर्दा मलाई छाडिदिनुहोस्। म मर्न चाहन्छु समेत भन्ने गरेका छन्,’ उनले भने। 

प्रकाशित: Aug 19, 2021| 17:32 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।