शनिबार, वैशाख १५, २०८१

घुम्टोबाट बाहिरिएको ‘मिथिला पेन्टिङ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – मधुमाला मण्डल अहिले दिनभर मिथिला चित्रकला बनाउन व्यस्त हुन्छिन्। जनकपुरधाम–१२ कुवाकी मधुमाला उनको घर नजिकै रहेको नारी विकास केन्द्र पुगेर हरेक दिन मिथिला चित्रहरुमा रंङ भरिरेहकी हुन्छिन्।

२५ वर्षदेखि निरन्तर काम गर्दै आइरहेकी उनी अहिले मिथिला पेन्टिङमा पोख्त भइसकेकी छिन्। बच्चादेखि मिथिला पेन्टिङ गर्ने चाहना रहेको मधुमालाले अहिले व्यवसायीक रुप दिन सफल भइसकेकी छिन्।

मधुमालालाई मिथिला पेन्टिङ गर्न कम कठिनाइको सामना गर्नु परेन। विहेपश्चात ससुरा आइसकेपछि बाहिर गएर पेन्टिङ गर्न जाने सासुको अनुमति थिएन्। तर, मिथिला पेन्टिङ गर्ने मधुमालाको बच्चैदेखिको चाहना र क्षमतालाई भने उनका पतिले बुझिसकेका थिए। मधुमाला बाहिर नजाओस सासुको अडानका बाबजुद श्रीमान्ले भने उत्साह थपे। मधुमाला अहिले श्रीमान्को सहयोग र उत्साह पाएर मिथिला पेन्टिङमा माहिर भइसकेकी छिन्। 

गाउँको छिमेकीहरुको घरमा विहेबारी हुँदा घरको भित्तामा अरुले चित्र कोरेको देखेपछि त्यस्तै चित्र कोर्न रहर हुन्थ्यो मधुमालालाई। सानै छँदा पेन्टिङगर्ने चाहना जागेको मुधमाला बताउँछिन्। बच्चामा चित्रकोर्ने, रङभर्ने काम गरेपनि मिथिला चित्रकलाबारे उनलाई खासै जानकारी भने थिएन्।

बच्चादेखि नै चित्रकोर्ने रङभरेर मिथिला पेन्टिङ गरिरहेको उनले नारी विकास केन्द्र पुगेर बल्ल थाह पाइन्। विहे गरेर जनकपुरको कुवा आइसकेपछि घर नजिकै रहेको नारी विकास केन्द्रमा मिथिला पेन्टिङको काम हुने गरेको थाहपाएपछि त्यहाँ गएर सिक्ने र काम गर्ने रहर जाग्यो, उनलाई।

तर, भख्खर विहेगरेर ससुराली आएकी मधुबालाकी सासुले त्यहाँ जान अनुमति दिइनन्। पछि श्रीमान्को सहयोगले मधुबाला नारी विकास केन्द्र अवसर पाइन्। 

श्रीमान्को सहयोगपछि पेन्टिङ गर्न अनुमति पाएपनि घुम्टो ओढेरमात्र बाहिर निस्कन पाइन्थ्यो मधुमाला सम्झिन्छन् ,‘घरबाट बाहिर निस्कने अनुमति थिएन्। सासुले मात्रु भएको थिएन्। तर पछि मानेपनि घुम्टो अनिवार्य थियो।’ सुरुमा केहि वर्ष घुम्टो ओढेर पेन्टिङ गरेको बताउँदै मधुमालाले भनिन्, ‘२५ वर्ष भइसकेको छ पेन्टिङ गर्दैगरेको। अब समस्या छैन्।’

उनले नारी विकास केन्द्रभित्र मात्र होइन काठमाण्डु, पोखरा, भैरहवा, निजगढसम्म पुगेर मिथिला पेन्टिङ गरेकी छिन। मिथिला चित्रकलाप्रतिको माग र आकर्षण बढ्दै गएपछि जनकपुर बाहिरका विभित्र कार्यालयहरु पुगेर पेन्टिङ गरेको उनले सुनाइन्।

मधुमालाले तयार पारेको मिथिला पेन्टिङ अहिले काठमाण्डौं, पोखरालगायतका ठाउँहरुमा बिक्री भइरहेको छ। यसका साथै मधुमालाजस्तै नारी विकास केन्द्रमा तयार भएको मिथिला पेन्टिङहरु नेपालका विभित्र स्थानका साथै अमेरिका, कोरिया, जापानजस्ता देशहरुमा समेत बिक्रिका लागि पुग्ने गरेको उनले बताइन्।

मिथिला पेन्टिङ तयारपार्न धेरै समय र मिहिनेत लाग्ने गरेको मधुमालाले बताउँछिन्। ‘मसिनो काम हुन्छ। चित्र कोरेर त्यसमा रङ भर्न धेरै मिहिनेत र समय लाग्छ,’ उनले भनिन्, ‘मिहिनेतअनुसारको पारिश्रमिक पाउन सकिएको छैन्।’ 

मिथिला पेन्टिङलाई प्रोत्साहितगर्न राज्यस्तरबाट खासै काम हुन नसकेको मधुमालाको गुनासो छ। अन्य कामझैं सरकारले मिथिला पेन्टिङलाई संस्थागत रुपमा विकास गरे धेरैका लागि रोजगार र व्यवसाय गर्ने माध्यम हुन सक्ने उनको भनाइ छ।

पछिल्ला दिनहरुमा मधुमालाझैं अन्य महिलाहरुले मिथिला पेन्टिङलाई व्यवसायिक रुपमा अगाडी बढाउँदै आएका छन्। जनकपुरस्थित नारी विकास केन्द्रमा धनुषा फुलगामाकी रेवती मण्डल, देउरी परवाहाकी रेवती केवटजस्ता महिलाहरु दैनिक मिथिला पेन्टिङ गर्न पुग्ने गरेको मधुमालाले बताइन्।

कुनै समय तथाकथित उपल्लो जातिको मात्रै कला रहेको भत्रे गरिएको मिथिला चित्रकला व्यापकता पाएसँगै अन्य जातिको समेत सहभागिता बढ्न थालेको छ। विगतमा घरआँगनसम्म मात्र सीमित रहेको मिथिला चित्रकला अहिले व्यवसायीक रुपमा फस्टाउन थालेको छ। मिथिला चित्रकलालाई व्यवसाय बनाएका कतिपयको घरखर्च चल्दै आइरहेको छ।

जनकपुर छेउछाउका ग्रामीण क्षेत्रहरुमा लुकेर बसेको यस कलालाई सन् १९८९ मा क्लेवर वर्केट नामकी विदेशी महिलाले पहिचान गरी मिथिला आर्टको नाम दिएकी थिइन्। वर्केटले आफ्नो एक प्रयासले विभित्र दातृ राष्ट्रहरुसँग सहयोग लिई जनकपुरमा नारी विकास केन्द्रको स्थापना गरिन्। उनले स्थापना गरेकी नारी विकास केन्द्र अहिले मिथिला चित्रकलाको केन्द्रको रुपमा स्थापित भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।