शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • दुई करोड भ्रष्टाचार गरेकाे फेला परेपछि पाँचथरका करअधिकृत विरुद्ध मुद्दा

दुई करोड भ्रष्टाचार गरेकाे फेला परेपछि पाँचथरका करअधिकृत विरुद्ध मुद्दा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत हाल करदाता सेवा कार्यालय पाँचथर फिदिममा कार्यरत रहेका करअधिकृत मानप्रसाद विकले करिब दुई करोड रुपैयाँ पदीय दुरुपयोग गरी गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरेको फेला परेको छ।

उनको वैध आयको तुलनामा स्रोत खुल्न नसकेको एक करोड ८२ लाख ६७ हजार सात सय ७९ रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान अयोगले  फेला पारेको हो। उनले राष्ट्रसेवक भएपश्चात कमाएको ठुलो रकमको स्रोत खुल्न नसकेबाट गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै शुक्रबार अख्तियार दुरुपयोग अनुसनधान आयोगले विशेष अदालत¸ काठमाडौंमा मुद्दा दायर गरेको हो। साथै सोही बराबरको रकम  विगो कायम गरी कानून बमोजिम जफत समेत गर्न मुद्दाको ब्याहोरा रहेको आयोगका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिएका छन्।

आयोगका अनुसार तत्कालिन भन्सार अधिकृत विक र उनका श्रीमती समेतका नाममा मुद्दा दायर गरिएको छ। जग्गा खरिद र विभिन्न बैंकिङ तथा वित्तीय संस्थाहरूमा रहेका बैंक खाताहरूमा समेत रकम मौज्दात लगायतमा लगानी गरेको पाइएकोले उक्त चलअचल श्रोत नखुलेको सम्पत्ति विगो एक करोड ८२ लाख ६७ हजार सात सय ७९ रुपैयाँ जफत गर्ने प्रयोजनार्थ मात्र उनलाई पनि प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको जनाइएको छ।

अयोगले गरेको अनुसन्धानमा भन्सार अधिकृत विकले आफू तथा श्रीमती आइतमाली विक समेतका नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिहरुका सम्वन्धमा संकलित तथ्य प्रमाणहरु अध्ययन गर्दा ०६८।६।२२ मा नेपाल सरकारको राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा नियुक्ति प्राप्त गरेको देखिएको छ। नियुक्ति पूर्व २०६६।१२।१० देखि २०६८।६।२१ सम्म राहत कोटामा श्रीकृष्ण मावि रोल्पामा शिक्षकको रुपमा कार्यरत रहेको देखिएको छ।

२०६६।१२।१० देखि २०७५ मंसिर मसान्तसम्मको जाँच अवधिको निजको आयव्यय तथा सिर्जित सम्पत्तिहरु उपर बिश्लेषण गरी हेर्दा तलवभत्ता¸ प्रोत्साहन भत्ता¸ श्रीमतीको पारिश्रमिक आय¸ जग्गा विक्री¸ व्यवसाय आय एवं कर्जा लगायतबाट निजले जम्मा एक करोड २७ लाख ६६ हजार नौसय ४५ रुपौयाँ आय आर्जन गरेको देखिन्छ। सोही अवधिमा जग्गा खरिद¸ घर निर्माण¸ सवारी साधन खरिद¸ व्यवसायहरुमा लगानी¸ शैक्षिक खर्च¸ कर्जा चुक्ता एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दात लगायतमा तीन करोड १० लाख ३४ हजार सात सय २४ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको आयोगको भनाइ छ।

जसबाट उनको वैध आयको तुलनामा उक्त एक करोड ८२ लाख ६७ हजार सात सय ७९ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएबाट निजको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन अयोगको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्