शुक्रबार, वैशाख १४, २०८१

डा. महतको प्रश्‍न : विदेशी लगानी भित्राउन खै त वातावरण ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्‍त्री डा रामशरण महतले लगानी सम्मेलनको आयोजना सकारात्मक भए पनि यसका लागि सरकारले पर्याप्त गृहकार्य र छलफल नगरेको बताएका छन्।

राजधानीमा बिहीबार आयोजित साक्षात्कारमा उनले  भने,‘मुलुकको विकास र समृद्धिको लागि विदेशी लगानी आवश्यक छ। सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य छ, तर यसको लागि जति तयारी र छलफल गर्नुपर्ने थियो त्यो भएको छैन।'

सम्मेलन गर्दैमा विदेशी लगानी भित्रिने होइन । यसका लागि राजनीतिक कानुनी सबै वातावरण अनुकुल बनाउनुपर्छ। विदेशी लगानी आकर्षित गर्ने वातावरण सरकारले बनाउन सकेको छैन, डा. महतको प्रश्‍न थियो, 'विदेशी लगानी भित्राउन खै त वातावरण ?

तीन वर्ष पहिले काठमाडौंमा भएको लगानी सम्मेलनको स्मरण गराउँदै उनले उक्त सम्मेलनबाट आएको प्रतिबद्धताअनुसार लगानी नआएकोमा अब सरकारले गम्भिर समिक्षा गर्नुपर्ने धारणा राखे । उनले भने,‘के/कति कारणले प्रतिबद्धता गरिएअनुसार लगानी आएन ? यसबारेमा समिक्षा गर्नुपर्छ । त्यतिवेला मैले पनि ‘कि–नोट स्पिच’ दिएको थिएँ, १४ खर्बको प्रतिबद्धता आएको थियो । तर, अहिलेसम्म त्यो प्रतिबद्धताको एक फ्याक्शनपनि लगानी आएको छैन् ।’

उनले प्रतिबद्धता गरिएको लगानी किन आएन ? भन्ने विषयमा छलफल तथा छानबिन हुनुपर्नेमा पनि जोड दिए । उनले भने,‘हामीले यो पक्षलाई पनि विशेष ध्यान दिन जरुरी छ।’उनले विदेशी लगानी नेपालको लागि धेरै हिसावले आवश्यक रहेको टिप्पणी गरे । उनले भने,‘भारत र चीन ठूलो बजार छन्, साफ्टाअन्तर्गत फ्रि–ट्रेड एग्रिमेन्ट गरिएको छ, त्यसैले लगानी सम्मेलन गर्ने सरकारको चाहना ठीक छ । यो सकारात्मक हो । तर, यसको लागि मुलुकको सुशासन सुधार गर्नुपर्छ । भ्रष्टाचारलाई समाप्त पार्नुपर्छ ।’

त्यस्तै, उनले स्वदेशी लगानीकर्तालाई पनि चित्त बुझाउनुपर्ने र भएका लगानीकर्ताहरुको जायज गुनासाहरु सरकारले सुन्नुपर्ने सुझाव दिए ।
फरक प्रसँगमा उनले आफू गुट तथा उपगुटको पक्षमा नरहेको स्पष्ट पारे । उनले भने,‘पार्टीका आन्तरिक कुराहरु बाहिर धेरै गर्न जरुरी छैन, म गुटको पक्षमा छैन ।

नेता महतले विदेशी लगानी भित्र्याउनुपर्छ भनेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै सुरुवात गरेको सुनाए । उनले भने,‘गिरिजाबाबुले विदेशी लगानी ल्याउनकै लागि अभियान सुरु गर्नुभयो, उहाँले उदार आर्थिक नीति ल्याउनुभयो। बास्तवमा गिरिजाबाबुले आधुनिक नेपालका लागि ठूलो काम गर्नुभएको छ।’

उनले वामपन्थी सरकारले पनि गिरिजाबाबुले अघि सारेको कुरालाई स्वीकार गरेर लगानी सम्मेलन गर्न लागेकोमा खुशी व्यक्त गरे । उनले थपे,‘यो त खुशीको कुरा हो, सम्मेलन सफल होस भन्ने हाम्रो शुभकामना छ, यो अति आवश्यक थियो । विदेशी लगानी नबढाई मुलुक विकास हुन सक्दैन्।'

विदेशी लगानी आकर्षणको लागि सरकारले केही पूर्व आवश्यकत्ताहरु पूरा गर्नुपर्ने उनको सुझाव थियो । उनले भने,‘अहिले केही नयाँ कानुनहरु पारित भएका छन्, तर विदेशी लगानीको लागि नेगेटिभ लिष्ट पहिलेभन्दा लामो बनाईएको भनिएको छ।’

महतले औद्योगिक, कृषिलगायतका क्षेत्रमा विदेशी लगानी ल्याउन जरुरी रहेको सुनाए । उनले भने,‘उद्योग–धन्धा, जलस्रोत तथा पूर्वाधारको क्षेत्रमा लगानी गर्न जरुरी छ।’ लगानीको लागि ऐन, कानुनहरु बनाएरमात्रै नहुने उनको धारणा छ । उनले थपे,‘यी सबै कुराहरु अब व्यवहारिक रुपमा लागु गर्नुपर्छ । मिठा र राम्रा कुरा गरेर हुँदैन् ।’

महतले विदेशी लगानी भित्र्याउनको लागि पहिले नेपालका सडकहरु, विमानस्थललगायत पूर्वाधारको विकास र स्तरोन्नती गर्नुपर्ने पनि सुझाए । उनले भने,‘तर, हाम्रो सरकार अदक्ष छ, कुनै पनि कुरामा दक्षता देखाएन् ।’त्यस्तै, उनले लगानी सम्मेलनको लागि प्रशासनिक तथा व्यवस्थापकीय पाटो पनि चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘प्रशासनिक व्यवस्थापन गतिलो बनाउनुपर्छ । अहिलेपनि धेरै झन्झटिलो छ ।’ एकद्धारा प्रणाली गरिएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेपनि कुनै काम गर्दा दर्जनौं कार्यालयहरु धाउनुपर्ने बाध्यता विद्यमान रहेको कुरा उद्योगी तथा व्यवसायीहरुले गुनासो गर्ने गरेको उनले सुनाए ।

महतले पाईला–पाईलामा भ्रष्टाचार व्याप्त रहेको सुनाए । उनले भने,‘सरकारले पहिलो कुरा सुशासन कायम गर्नुपर्छ, अहिलेपनि सरकारले दिने सुविधा लिनै मुश्किल छ। कानून बनाएरमात्रै हुँदैन्, कार्यान्वयनमा जानुपर्छ ।’

हालै बसेको केन्द्रिय समितिको बैठकले अनुशासनलगायत विभिन्न समितिका संयोजक तथा सदस्यहरु चयन गरेकोप्रति टिप्पणी गर्दै उनले भने,‘जिम्मेवारी दिँदा गुण र दोषको आधारमा दिने हो, उसको पृष्ठभुमि हेरेर दिने हो, अहिले जे निर्णय भएको छ, त्यो बेष्ट होईन, तेरो र मेरो भनेर निर्णय गरिएको छ, यो मात्रै पर्याप्त छैन् । तर, लामो समयपछि निर्णय भएको छ, यो सकारात्मक छ।’

उनले गुटभन्दा माथि उठेर पार्टीलाई चलाउनुपर्ने धारणा राखे । उनले भने,‘सरकारले यति धेरै गल्तीहरु गरिरहेको छ, यसमा प्रतिपक्षीको भुमिका प्रभावकारी हुनुपर्दथ्यो । तर, हुन सकेको छ्रैन् । यो दुःखदायी कुरा हो।’ त्यस्तै उनले पार्टीको महासमिति बैठक र जिल्ला सभापतिहरुको कुरालाई पार्टी नेतृत्वले तत्काल सम्बोधन र कदर गर्नुपर्ने पनि जोड दिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्