शुक्रबार, वैशाख १४, २०८१

एम्‍नेस्‍टीले गृहलाई बुझायो २३ हजार बढी पत्र 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - एम्नेस्टी इन्टरनेसनल नेपालले महिला हिंसा अन्त्यका लागि ठोस उपायहरूको माग राख्दै गृह मन्त्रालयलाई  २३,२४७ पत्रहरू बुझाएको छ। ती पत्रहरू एम्नेस्टी इन्टरनेसनल नेपालका सदस्य तथा समर्थकहरूले सन् २०१८ को २९ नोभेम्बरदेखि २० डिसेम्बरसम्म चलेको विश्वव्यापी पत्र लेखन कार्यक्रम 'राइट फर राइट्स' अभियानका क्रममा सङ्कलन गरिएका थिए।

पत्रमा अहिलेको स्थायी सरकार सहितको परिवर्तित राजनीतिक सन्दर्भमा समेत नेपालमा बढ्दो महिला हिंसा र गहिरिँदै गइरहेको दण्डहीनताको डरलाग्दो अवस्थाप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराइएको छ। पत्रमा गृहमन्त्रीलाई महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्यका लागि शीघ्र प्रभावकारी कदमहरू चाल्न, पीडकहरूलाई कानूनी कारबाही गर्न र बलात्कारको घटनामा उजुरी गर्ने हालका एकवर्षे हदम्यादको प्रावधान हटाई कुनै पनि हदम्याद नराख्ने दिशामा कानुन संशोधन कृया अघि बढाउन पनि आह्वान गरिएको छ।

एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियासहितको टोलीले गृहमन्त्रीका सल्लाहकाररविज्ञ सूर्यप्रकाश सुबेदीलाई ती पत्रहरू बुझाएको थियो। 

के हो राइट फर राइट्स ?

हरेक वर्ष नोभेम्बर-डिसेम्बरमा एम्नेस्टी इन्टरनेसनलले राइट फर राइट्स अभियान सञ्चालन गर्दै आएको छ। अभियानका क्रममा एम्नेस्टीले विश्वव्यापी रूपमा आफ्ना समर्थक र सदस्यहरूलाई अन्यायविरुद्ध आवाज उठाउने साहस गर्दा आफ्नो अधिकारको हनन भएर प्रताडित भएका व्यक्तिहरूलाई ऐक्यबद्धताको सन्देश पठाउन अनुरोध गर्दछ। यस्ता साहसी व्यक्तिहरूको पक्षमा राज्य अधिकारीहरूलाई पत्र लेख्न पनि समर्थक र सदस्यहरूलाई आह्वान गरिन्छ।

यस वर्षको विश्वव्यापी पत्रलेखन अभियानका क्रममा एम्नेस्टी इन्टरनेसनल नेपालले विश्वका विभिन्न भागका ६ महिला मानवअधिकार रक्षकहरका लागि अभियान सञ्चालन गर्‍याे।  एम्नेस्टी इन्टरनेसनल नेपालका सदस्य तथा समर्थकहरूद्वारा ब्राजिलकी मारिएल फ्रान्को, भारतकी पवित्री माझी, इरानकी अटेना डेमी, किर्गिस्तानकी गुल्जार दुइश्नोभा, युक्रेनकी भितालिना कोभल, र दक्षिण अफ्रिकाकी नोन्हले मुठूमा महिला मानवअधिकार रक्षकहरूका पक्षमा सङ्कलन गरिएका कुल १,५२,९६७ वटा पत्रहरू सम्बन्धित देशका अधिकारीहरूलाई पठाइनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।