शनिबार, वैशाख १५, २०८१

फिर्ता होला त मेडिकल कलेजले लिएको बढी शुल्क ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं - मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट लिएको बढी शुल्क फिर्ता गर्नुपर्ने भएको छ। बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी सङ्गठनका पदाधिकारी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलबीच भएको छलफलमा विद्यार्थीबाट लिइएको बढी शुल्क एक महिना भित्र फिर्ता गर्ने सहमति भएको हो।

जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमासमेत बैठकमा छलफल भएको थियो। रकम फिर्ता गरे नगरेकोबारे विश्वविद्यालयका प्रतिनिधि, मन्त्रालयका प्रतिनिधि र कलेज सञ्चालकका प्रतिनिधिहरुले संयुक्त रुपमा अनुगमन गर्ने भएका छन्। पोखराको गण्डकी मेडिकल कलेज र ललितपुरको किस्ट मेडिकल कलेजले एमबीबीएस अध्ययनरत विद्यार्थीबाट आफूखुशी शुल्क असुल गरेको घटना सार्वजनिक भएको थियो।

जबर्जस्ती लिइएको शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका विद्यार्थीलाई यही चैत ८ गतेसम्मको अवधिमा फारम भर्न लगाउने र विद्यार्थी सङ्गठनले गरेको तालाबन्दी खुलाउने सहमति भएको अनेरास्ववियुका सचिव आरसी लामिछाने जानकारी दिए।

गण्डकी मेडिकल कलेजले १० देखि १५ लाखसम्म बढी शुल्क लिएकोले विद्यार्थीहरुले गण्डकी मेडिकल कलेजका सञ्चालकविरुद्ध जिल्ला अदालतमा ठगी मुद्दासमेत दायर गरेका छन्। सत्तारुढ नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थानको कार्यालयमा तालाबन्दी समेत गरेका थिए। सहमतिसँगै तालाबन्दी खुल्ने भएपनि मुद्दा भने फिर्ता नलिने पीडित विद्यार्थीहरुले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।