शुक्रबार, वैशाख १४, २०८१

समाज विकासमा युवाको भूमिका महत्त्वपूर्ण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – समाजिक कार्यकर्ताको भूमिकामा केन्द्रित रहेर एकदिने राष्टिय युवा सम्मेलन सम्पन भयो। कादम्बरी मेमोरियल कलेज स्कुल अफ सोसियल वर्कले काठमाडौं महानगरपालिकाको आयोजित राष्ट्रिय युवा सम्मेलनमा दिगो विकासका लक्ष्य प्राप्तिका लागि मानवीय सम्बन्ध सुमधुर र युवाको भुमिकाबारे छलफल भएको थियो। सम्मेलनमा देशभरका १७० जना विद्यार्थी सहभागी थिए।

कार्यक्रमको उद्घाटन गर्दे काठमाडौ महानगरपालिकाका सहरी सु–व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरले महानगरले सुन्दर सहर निर्माणका लागि सबैको सहकार्य आवश्य रहेको बताए। दिगो विकासका १७ लक्ष्यलाई पूरा गर्दै वातावरण सफा राख्न आवश्यक नीतिनियम तर्जुमा गरी महानगरपालिकाले सबैलाई कानुनी दायरामा ल्याइने बताए।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमकी उपराष्ट्रिय निर्देशक असाइनी मेदागांगोदा लाबेले दिगो विकासका १७ लक्ष्यलाई विकासशील राष्ट्रहरुले आफनो रणनीतिक कार्ययोजनामा समेट्नुपर्ने बताए।

अधिकारकर्मी सरु जोशीले राज्यले युवाहरुलाई लक्षित गरी गुणस्तरीय तथा प्राविधिक शिक्षामा संलग्न गराउनुपर्ने बताइन्। कादम्बरी मेमोरियल कलेजका कलेज प्रमुख प्रदिप्ता कादम्बरीले कलेजले समयसापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।