शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको अनुशासन समितिले पायो पूर्णता, निर्वाचन समिति गठन

कांग्रेसको अनुशासन समितिले पायो पूर्णता, निर्वाचन समिति गठन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – नेपाली कांग्रेसले अनुशासन समितिलाई पूर्णता दिएको छ।  केन्द्रीय कार्य समितिको मंगलबार बसेको बैठकले रिक्त दुई पदमा उमाकान्त चौधरी र धनराज गुरुङलाई चयन गर्दै अनुशासन समितिलाई पूर्णता दिएको हो। 

लामो समयको रस्साकस्सीपछि कांग्रेसले मंगलबार केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको संयोजकत्वमा अनुशासन समिति गठन गरेको थियो। पाँच सदस्य रहने अनुशासन समितिको सदस्यमा सोमबार नै केन्द्रीय सदस्यद्वय देवेन्द्रराज कँडेल र किशोरसिंह राठौरलाई चयन गरिसकिएको थियो। 

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले  चौधरी र गुरुङको नाम समितिको सदस्यमा अनुमोदन गर्न सिफारिश गरेकोमा केन्द्रीय समिति बैठकले सर्वसम्मत अनुमोदन गरेको प्रवक्रा विश्वप्रकाश शर्माले जानकारी दिए।

यस्तै बैठकले राधेश्याम अधिकारीको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गरेको छ। समितिमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी र टेकराज पौडेल सदस्य रहेको प्रवक्रा शर्माले जानकारी दिए। 
 
बैठकले नेता रमेश लेखकको संयोजकत्वमा पार्टी नियमावली मस्यौदा समितिसमेत गठन गरेको छ। प्रवक्ता पौडेलका अनुसार समितिमा मीनबहादुर विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेल सदस्यमा चयन भएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।