शुक्रबार, वैशाख १४, २०८१

सलमानले कटरिनालाई ६५ लाखको कार दिएकै हुन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मुम्बई – भारतीय सञ्चारमाध्यमका अनुसार सलमानले पछिल्लो समयमा चार लग्जरी कार किनेका छन्। उनले खरिद गरेको एक कारको मूल्य कम्तिमा ५० लाख रुपैयाँ रहेको बताइएको छ। समाचारका अनुसार यी कारमध्ये चौथो कार उनले कटरिनाका लागि किनेका हुन्।

दूबै टुरबाट फिर्ता भएपछि कैटरिनाले आफ्नो नयाँ कारको नम्बर प्लेटका लागि रजिस्ट्रेशन गरेकी छन्। अहिले उक्त कार सलमानले कटरिनालाई गिफ्ट दिएको चर्चा हुन थालेको छ।

खबरका अनुसार सलमान खानले किनेका चार कार मध्ये एउटा आफ्नो लागि, अर्को आफ्नो बहिनीका लागि, तेस्रो भाइका लागि र चौथो कटरिनाका लागि खरिद गरेका हुन्। कटरिनाले लगजरी कारको टप मोडल छानेको बताइएको छ।

पछिल्लो समय कटरिना कैफ सलमानसँग दबंग टुरका लागि दुबईमा थिइन्। तर, टुर खराव मौसमका कारण उनीहरुको टुर छोट्टिएको थियो। कटरिना र सलमानलाई एकसाथ केही समयपछि फिल्म ‘भारत’मा देख्न सकिने छ। 

फिल्म सुटिङ अबुधावीमा भएको थियो। यस फिल्ममा खान २७ सालदेखि ६८ वर्षको उमेरको अलग–अलग भूमिकामा देखिने छन्।

पछिल्लो समय कटरिना र सलमानको सम्बन्ध राम्रो बनेको छ भने उनीहरु थुप्रै फिल्ममा पनि देखा पर्न थालेका छन्। तर, सलमानले उनलाई कार गिफ्ट दिएका हुन् वा होइनन् त्यसको आधिकारिक पुष्टि हुन सकेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्