शनिबार, वैशाख १५, २०८१

आन्तरिक विवादमै अल्झियो कांग्रेस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – नेपाली कांग्रेसको मंगलबारको बैठक पनि आन्तरिक कचिंगलमा अल्झिएको छ। पार्टीका आन्तरिक विषयमा छलफल भइरहे पनि विवाद् टुंगिएको छैन। 

यसअघिका बैठकमा निर्वाचन समिति  गठन, विधान मस्यौदा निर्माणका लागि समिति गठन, नेविसंघलगायतका विषयमा  छलफल भए पनि सहमति जुट्न सकेन। कांग्रेस केन्द्रीय सदस्य मिन विश्वकर्माका अनुसार लामो समयदेखि पार्टीका विभिन्न विभाग गठन हुन नसक्दा पार्टीले प्रभावकारी रुपमा काम गर्न सकेको छैन।

मगलबार दिउँसो दुई बजे बसेको बैठकमा सहमति जुट्न नसकेका विषयमा छलफल हुने विश्वकर्माले बताए।  

लामो समयको रस्साकस्सीपछि कांग्रेसले मंगलबार केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको संयोजकत्वमा पार्टीको केन्द्रीय अनुशासन समिति गठन गरेको छ।

पाँच सदस्य रहने अनुशासन समितिको सदस्यमा हाल केन्द्रीय सदस्यद्वय देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर रहेका छन्। बाँकी दुई सदस्य वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नाम दिएपछि पूर्णता दिइने बताइएको छ। 

यसअघि गत फागुन १४ गते बोलाइएको बैठक सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच अनुशासन समिति गठनमा सहमति हुन नसक्दा बैठक बस्दै नबसी स्थगित गरिएको थियो। सोमबार पनि केन्द्रीय समिति बैठक बस्नुअघि दुवै पक्षबीच पदाधिकारीस्तरमा समिति गठन सम्बन्धमा सहमतिको प्रयास गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।