शुक्रबार, वैशाख १४, २०८१

प्रदेश २ मा खुल्ने नयाँ उद्योगलाई २० वर्ष कर नलाग्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - प्रदेश २ सरकारले प्रदेशभित्र नयाँ उद्योग स्थापना गर्नेलाई २० वर्षसम्म कर नलिने निर्णय गरेको छ। कृषि र पर्यटन मुख्य आर्थिक स्रोत रहेको प्रदेश २ भित्र लगानी भित्र्याउन प्रदेश सरकारले यस्तो निर्णय गरेको हो।

लगानी भित्रिन नसकेपछि उद्योगमैत्री निती बनाउनतर्फ प्रदेश सरकार अगाडि बढेको छ। यसै निती अनुरुप सोमबार सम्पत्र मन्त्रिपरिषद बैठकले प्रदेशभित्र नयाँ उद्योग स्थापना गर्नेसँग कुनै कर नलिने निर्णय गरेको छ।

यसका साथै बैठकले उद्योग स्थापनाका लागि प्रदेश सरकारले नै जग्गासमेत उपलब्ध गराउने निर्णय गरेको छ। उद्योग सञ्चालनका लागि इच्छुक उद्योगीलाई प्रदेश सरकारले कुनै शुल्क नलिई लिजमा जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

यसैगरी उद्योग सञ्चालन गर्न सुरक्षाको पूर्ण ग्यारेन्टी दिन उद्योग सुरक्षा बलसमेत गठन गर्ने निर्णय भएको छ। प्रदेश सरकारले हाल झन्झटिलो रहेको उद्योग दर्ता प्रक्रियालाई सहज बनाउने भएको छ। प्रक्रियालाई सहज बनाउँदै तीन घन्टाभित्र उद्योग दर्ता हुने व्यवस्था मिलाइने बताइएको छ। यसअतिरिक्त उद्योगहरुलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउन प्रदेश सरकारले पहल गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।