शनिबार, वैशाख २९, २०८१

आजका अखबार : अझै रोकिएन मेडिकल कलेजको लुट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले फरक फरक विषयका खबरलाई मुख्यसमाचार बनाएका छन् । 

कान्तिपुर दैनिकले मेडिकल कलेजहरुको ठगी धन्दालाई मुख्य समाचार बनाएको छ । ललितपुरको किष्ट भैरहवाको युनिभर्सल, भरतपुरको चितवन, वीरगन्जको नेसनल र पोखराको गण्डकी मेडिकल कलेजले तोकिएको भन्दा ३ लाखदेखि ३५ लाखसम्म बढि असुल्ने गरेको पाइएको छ ।

किष्टले विवरण लुकाएको छ भने युनिभर्सलले २ लाख ८४ हजारसम्म बढि लिएको फेला परेको  छ । चितवन मेडिकल कलेजले २२ देखि ३५ लाखसम्म असुलेको भेटिएको छ । नेसनले १२ र गण्डकीले १० बढि लिएको पाइएपछि छानविन टोलीले यी मेडिकल कलेजलाई कारबाही गर्न सिफारिस गरेको समाचारमा उल्लेख छ । 

यो विषय बाहेका कान्तिपुरले बयान दिदादिँदै लम्बोदर न्यौपाने फरार भएको विषयलाई पनि  प्राथमिकताका साथ छापेको छ । अख्तियारका पूर्व आयुक्तलाई घुस खुवाएर सामुदायिक कलेज आफ्नो बनाउन खोज्ने लम्बोदर न्यौपाने बयान दिदादिँदै भागेको अख्तियार स्रोतलाई उदृत गर्दै कान्तिपुरले लेखेको छ। 

नागरिक दैनिकले विश्वविद्यालय अनुदान आयोगले सिफारिस विपरित आंगिक क्याम्पसलाई २५ करोड बाड्न लागेको खुलासा गरेको छ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुको इसारामा विज्ञान विषय पढाइने २६ वटा क्याम्पसलाई सिफारिसविपरित २५ करोड बाड्न लागिएको समाचारमा उल्लेख छ । 

यस्तै नागरिकले बागमती नदि बग्ने जग्गाको मुआब्जा विवादमा परेको विषय र विप्लव सुमहबाट खतरा बढेपछि विकास परियोजनामा सुरक्षा सतर्कता बढाउन सरकार निर्देशन दिएको विषयलाई प्राथमिकताका साथ छापेको छ ।  

अन्नपूर्ण पोस्ट्ले भने चारवटा प्रदेशले अहिलेसम्म नाम र राजधानीको टुङ्गो लगाउन नसकेको विषयलाई प्रमुखताका साथ छापेको छ भने नयाँ पत्रिकाले राजधानीमै २० करोडको पुल बनेको ९ महिनासम्म गाडी चल्न नसकेको विषयलाई मुख्य समाचार बनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।