शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सिके राउतको गाेप्य बैठक लहानमा सुरु, सुरक्षा व्यवस्था कडा 

सिके राउतको गाेप्य बैठक लहानमा सुरु, सुरक्षा व्यवस्था कडा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – सिके राउत संयोजक रहेको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा सुरु भएको छ। यसअघि बैठक जनकपुरमा हुने बताइएपनि अन्तिम समयमा बैठकस्थल फेरिएको हो। बैठक लहानस्थित मारवारी सेवाश्रममा बसिरहेको बताइएको छ।

मध्यान्ह १२ बजेदेखि लहानमा बैठक सुरु भएको गठबन्धनका एक कार्यकर्ताले पुष्टि गरेका छन्। बैठकमा सहभागी सदस्यहरुको मोबाइलफोनसमेत बैठकस्थलभित्र निषेध गरिएको छ। यसैगरी बैठकस्थल वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ। बैठकमा सहभागी हुन आउनेहरुको नागरिकता प्रमाणपत्र हेरेर मात्र प्रवेश दिइएको छ। बैठकमा सहभागी हुन जनकपुरमा रहेका गठबन्धनका संयोजक सिके राउत सुरक्षाकर्मीको स्कर्टिङमा लहान पुगेका छन्।

सरकारसँग ११ बुँदे सम्झौता गरी मूलधारको राजनीतिमा आएपछि पहिलो पटक हुन लागेको बैठकमा गठबन्धनले लिने आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ। सरकारसँग अचानक सम्झौता गरी मूलधारको राजनीतिमा अवतरण गरेका गठबन्धनका संयोजक सिके राउतको तर्फबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आउन सकेको छैन्। राउतसहित उनका कार्यकर्ताहरुले सरकारसँग भएको सम्झौतापछि कसरी अगाडी बढ्ने बारे स्पष्ट बोल्न चाहेका छैनन्।

दुई दिनसम्म लहानमा चल्ने बैठकमा गठबन्धनको आगामी रणनीति, पार्टी दर्ता गराएर अगाडि बढ्ने कि नबढ्ने, मधेशमा उठाउन सकिने एजेन्डालगायतका विषयमा छलफल हुने गठबन्धनका एक नेताले बताएका छन्।

सरकारसँग सम्झौता गरेर सिके राउतले गठबन्धनले अघि सारेको स्वतन्त्र मधेशको एजेन्डा पाखा लगाएको भन्दै कतिपय कार्यकर्ताहरु असन्तुष्ट रहेको बताइएको छ। यसैगरी प्रहरी हिरासतमा निधन भएका राममनोहर यादवलाईसमेत गठबन्धनले सहिद घोषणा गराउन नसकेको भन्दै अधिकांश कार्यकर्ता असन्तुष्ट रहेको बताइएको छ।

बैठकमा संयोजक सिके राउतले कार्यकर्ताहरुलाई सरकारसँग भएको सम्झौता तथा आगामी दिनमा कसरी बढ्नेबारे आफ्नो रणनीति बताउने बुझिएको छ। बैठकमा उपत्यकासहित २३ जिल्लाका दुई सयभन्दा बढी केन्द्रीय परिषद् सदस्यहरुको उपस्थिति रहेको बताइएको छ। सोमबारसम्म चल्ने बैठकपछि राउतलाई लहान र सप्तरीको राजविराजमा नागरिक अभिनन्दन गर्ने तयारी गरिएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।