बुधबार, वैशाख २६, २०८१

मिथिलाको महाकुम्भमा खेलियो होली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - नेपालको सबैभन्दा लामो दुरीको १५ दिने मिथिला मध्यमा परिक्रमा बुधबार महोत्तरीको कञ्चनवन पुगेको छ। २२ फागुनमा जनकपुरबाट सुरु भएको मिथिला मध्यमा परिक्रमा सीमावर्ती भारतको कलना, गिरिजास्थानका साथै महोत्तरीको मठिहानी, जलेश्वरलगायतका धार्मिक स्थल हुँदै महोत्तरीको कञ्चनवन पुगेको हो।

१५ दिने धार्मिक यात्रामा कञ्चनवनलाई विशेष विश्रामस्थलको रुपमा लिने गरिएको छ। महोत्तरीको ध्रुवकुण्डमा मंगलबार बास बसेर बुधबार कञ्चनवन पुगेका परिक्रमाका साधुसन्त, महन्थ, नागरिकसहित सहभागी तिर्थालुहरुको अनुहार र कपडा विभित्र रंगले रंगिएको थियो। हरेक वर्षझैैं कञ्चनवनमा परिक्रमा पुग्नुअघि नै होलीको तयारी पुरा भइसकेको थियो। परिक्रमाका सहभागीहरु पुगेलगत्तै सुरु भयो एक अर्कालाई रंङ र अबिर लगाउने कार्य। मैथिली लोकभाकाका होलीका गीत बज्दै गर्दा पछिल्लो एक सातादेखि पैदल धार्मिक यात्रा गरिरहेका श्रद्धालुहरुमा थकानको थोरैपनि छनक देखिएको थिएन्। उनीहरुको उत्साह र संस्कृतिप्रतिको आस्था देखेर आजैबाट परिक्रमा सुरु भएजस्तो लाग्दै थियो।

त्रेता युगमा भगवान रामले यहाँ होली खेलेको मान्यता रहेको छ। धार्मिक तथा पौराणिक मान्यताअनुसार भगवान रामले होली खेलेको ठाउँ कञ्चनवन पुगेपछि परिक्रमाका तिर्थालहरु हरेक वर्ष होली मनाउने गर्दछन्। वसन्त पञ्चमीदेखि नै होलीको सुरुवात हुनेगरेको मान्यता रहेपनि मिथिलाञ्चलमा कञ्चनवनको होलीपछि औपचारिक रुपमा सुरुवात हुनेगरेको छ।

२२ फागुनमा धनुषास्थित कचुरी मठबाट मिथिला बिहारी कुटीबाट मिथिला बिहारी तथा जनकपुरको अग्नी कुण्डबाट किशोरीजीको डोलासहित जनकपुरबाट सुरु भएको परिक्रमाका तिर्थालुहरु भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड हुँदै कञ्चनवन पुग्ने गर्दछन्। मिथिला महात्मयअनुसार १८ औं शताब्दीदेखि मिथिला मध्यमा परिक्रमाको रुपमा मनाइँदै आइएको यस धार्मिक यात्राका सहभागीहरु १५ दिन रात्री भजन किर्तन गरेर बिताउने गर्दछन्। नेपाल तथा भारतको विभित्र धार्मिक पडावहरुमा पुग्दै फागु पूर्णिमाको दिन जनकपुरको अन्तरगृह परिक्रमा गरेर १५ दिने धार्मिक यात्रा सम्पत्र हुने छ। अन्तरगृह परिक्रमाको भोलिपल्ट मात्रै मिथिलामा होली मनाउने परम्परा रहेको छ।

विश्वकै सबैभन्दा लामो धार्मिक यात्रा मानिएको मिथिला मध्यमा परिक्रमामा नेपाल तथा भारतका लाखौं तिर्थालु सहभागी छन्। नेपाल र भारत दुबै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतिक बनेको यस धार्मिक यात्रामा नेपालको १२ तथा भारतको तीन स्थानमा विश्राम स्थल रहेको छ। मिथिला मध्यमा परिक्रमाको क्रममे सहभागी तिर्थालुहरु नेपालमा १०७ र भारतमा २६ किलोमिटर गरी कूल १३३ किलोमिटर लामो धार्मिक यात्रा हिँडेर पुरा गर्ने गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।