शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार : मन्‍त्री फेर्ने तयारीमा प्रधानमन्‍त्री ओली 

आजका अखबार : मन्‍त्री फेर्ने तयारीमा प्रधानमन्‍त्री ओली 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीका गतिविधिमा सरकारले प्रतिबन्ध लगाएको विषयलाई मुख्य समाचार बनाएका छन् । 

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लवको पार्टीले राजनीतिक चरित्र गुमाएको अपराधिक समुह बन्दै गएको भन्दै उसका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । विप्लवको गतिविधिले मुलुक र जनता आतंकित भएकाले रोक लगाउन बाध्य भएको सरकारले जनाएको  छ। 

यसै विषयलाई मुख्य समाचा बनाउँदै कान्तिपुर दैनिकले चन्दका गतिविधि प्रतिबन्धित शीर्षकमा मुख्य समाचार छापेको छ भने नयाँ पत्रिकाले विप्लव समुहमाथि राजनीतिक प्रतिबन्ध शीर्षकमा एङकर न्यूजका रुपमा प्रकाशित गरेको छ । अन्नपूर्ण पोस्ट्ले विप्लवका गतिविधि प्रतिबन्धित शीर्षकमा खबर लेखेको छ भने नागरिक दैनिकले विप्लव समूह प्रतिबन्धित शीर्षकमा खबर छापेको छ । 

यो विषय बाहेक आजको अन्नपूर्ण पोस्ट्ले मन्त्रिमण्डल पुनर्गठन छिट्टै शीर्षकको खबरलाई प्राथमिकताका साथ छापेको छ । यसै विषयलाई नागरिकले एङ्कर न्यूज बनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको एकवर्षे कार्यकालको मूल्यांकन गर्दै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका हुन् । सबै मन्त्रीलाई एकवर्षे कार्यकाल पूरा गर्न दिएर ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेको अन्नपूर्णले लेखेको छ । यस विषयमा प्रधामन्त्री एवम् नेकपा अध्यक्ष दाहालले विगत दुई दिनयता विभिन्न चरणमा छलफल जारी राखेका छन्।

ओलीले लगानी सम्मेलनपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी थालेको प्रधानमन्त्रीका एक सल्लाहकारलाई उदृत गर्दै समाचारमा उल्लेख गरिएको छ । पार्टीको संगठनात्मक एकता, नेताहरूको कार्य विभाजनलगायतको प्रस्ताव तयार पार्ने जिम्मेवारीमा रहेका प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिमण्डल पुनर्गठन र पार्टी संगठनात्मक एकताको काम प्याकेजमै टुंग्याउने गरी छलफल चलेको जनाइएको छ ।
 
यस्तै राष्ट्रिय मानवअधिकार आयोग मानवअधिकार उल्लंघन गर्ने सार्वजनिक पदाधिकारीको ‘कालोसूची’ सार्वजनिक गर्न हच्किएको विषयलाइृ अन्नपूर्णले महत्वका साथ छापेको छ।

नागरिक दैनिकले भने नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको खुलासा गरेको छ । महालेखा परीक्षकको कार्यालयले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा १२ करोड २८ लाख रुपैयाँको बिलभर्पाईको स्रेस्ता नै नभेटेपछि यो तथ्य बाहिर आएको समाचारमा उल्लेख छ । 

कान्तिपुर दैनिकले भने इराक पुर्याउन दिल्लीमा सेटिङ शीर्षकमा विशेष खबर छापेको छ । नयाँ पत्रिकाले ७०० विद्यार्थीले एमबिबिएस पढिरहेको गण्डकी मेडिकल कलेज ४२ दिनदेखि ठप्प भएको विषयलाई मुख्य समाचार बनाएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।