शुक्रबार, वैशाख १४, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज फागुन २८ गते मंगलबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

सिकेले किन अस्वीकारे सरकारी सुरक्षा?

सरकारसँग ११ बुँदे सम्झौता गरेर जनकपुर फर्केका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत अहिले जनकपुरस्थित आफ्नो घरमा छन्। आइतबार जनकपुर विमानस्थलमा ओर्लेका राउतले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुनै प्रतिक्रिया दिएनन्।

युएस–बंगलाका घाइतेको सम्झनामा दीप प्रज्वलन

गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको सम्झनामा मंगलबार राजधानीमा दीप प्रज्वलन गरिएको छ।

पहिलो दिनमै व्यवस्थापनप्रति प्रशिक्षकको गुनासो किन?

नेपालले पहिलो पटक आयोजन गर्ने अवसर पाएको पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नै व्यवस्थापनप्रति गुनासा सुनाएका छन् । पहिलो त नेपालले पहिलो पटक साफ महिला च्याम्पियनसिप आयोजना गर्दै छ । त्यसमाथि पनि मोफसलमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु आफैमा एक एतिहासिक क्षेण हो ।

नासुकै प्रमाणपत्र नक्कली

जिल्ला समन्वय समिति कैलालीका नायव सुब्बा जगदिश शाहले नक्कली शैक्षिक प्रमाण पत्र तयार गरेर जागिर खाएको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहको प्रमाणपत्र तहको शैक्षिक प्रमाण पत्र नक्कली रहेको ठहर गरेको हो। नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा जागीर खाइरहेको र वढुवा समेत भएको भन्दै कारबाहीका लागि उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको पाइएको हो।

राउतसँगको सहमति खारेज गर : विवेकशील साझा

विवेकशील साझा पार्टीले सिके राउतसँग गरिएको ११ बुँदे सम्झौता खारेज गर्न सरकारसँग माग गरेको छ। सहमतिको उलंघन गर्दै राउत समूहले देखाएको रवैया र उनीसँग भएको सहमतिले सृजना गरेको व्यापक अन्यौलताका कारण सो सहमति खारेज गर्न विवेकशीलले माग गरेको हो।

सरकारलाई ट्‌याक्सीवालाको प्रश्‍न : न्याय खै ?

'हामी मिटरमा सेवा दिन तयार छौँ। समय सान्दर्भिक मिटरको भाडा समायोजन गरियोस्। सरकार मैले २०७५ सालको मूल्यमा उपभोग्य वस्तु खरिद गर्नुपर्ने तर मैले सेवा दिँदचाहिँ २०६९ सालको मूल्यमा दिनुपर्ने, यो न्यायोचित हो ?'

डाक्टरले कुरुवा कुटेपछि जनकपुर अस्पतालमा तनाव

डाक्टरले मृतकका कुरुवा छोरालाई कुटपिट गरेपछि जनकपुर अञ्चल अस्पतालमा तनाव बढेको छ। उपचारका क्रममा मृत्यु भएका धनुषा मिथिला नगरपालिका–६ का ५० वर्षीय रामनारायण मण्डलका छोराहरु रमेश मण्डल र राजा मण्डललाई चिकित्सकले आकस्मिक कक्षमा थुनेर कुटपिट गरेका छन्।

जन्ती बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु

मकवानपुरमा जन्ती बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि १८ जना घाइते भएका छन्।

मन्त्रिपरिषद हेरफेरबारे ओली र दाहालबीच छलफल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान मन्त्रिपरिषदमा हेरफेर हुन सक्ने बताएका छन्। साफ महिला फुटबलको उद्घाटन गर्न विराटनगर आइपुगेका दाहालले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आज बिहान मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा मन्त्रिपरिषदमा हेरफेर गर्ने बारे छलफल भएको बताए।

चार हजार बेरोजगारलाई जागिर दिँदै सरकार

सरकारले यसवर्ष करिब चार हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट) ले यसवर्ष तीन हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको इभेन्टका सूचना अधिकारी नेत्रनारायण पौडेलले जानकारी दिए।

महिला साफ : किन आएन पाकिस्तान?

प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा आयोजित साउथ एसियन फुटबल फेडेरेसन (साफ) महिला च्याम्पियनसिपमा पाकिस्तानी टोली सहभागी नहुने भएको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका ८ देशमध्ये पाकिस्तानले अन्तिम समयमा आएर प्रतियोगितामा सहभागिता नजनाउने भएको हो।

सरकार–सीके सम्झौता राष्ट्रघाती : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र सीके राउत समूहबीच भएको ११ बुँदे सम्झौता राष्ट्रघाती भएको बताएका छन्। 

आफ्नै नेताहरुको विवादले रोकियो प्रधानमन्त्रीको सुदूरपश्चिम भ्रमण

कैलालीमा आयोजना हुन लागेका दुई वटा महत्वपुर्ण कार्यक्रम उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने निश्चित भएकोमा आफ्नै पार्टीका नेताहरुको आन्तरिक विवादले प्रधानमन्त्रीको भ्रमण स्थगित भएको छ । 

विप्लवले राजीनामा माग्दै  दैलेखमा मच्चाए चन्दा आतंक 

दैलेखमा विप्लव माओवादी समूहले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचारसँगै चन्दा मागेर धम्की दिएको खुलेको छ । 

भूकम्पले भत्काएका ४ हजार विद्यालय पुनःनिर्माण

विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन् । पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत ७५८ विद्यालय निर्माण भएका हुन् । 

चैत ८ देखि कोरियन भाषा परीक्षाको आवेदन खुल्ने

ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि चैत ८ गतेदेखि आवेदन खुल्ला गर्ने भएको छ । आउँदो चैत ८ गतेदेखि १७ गतेसम्म फारम भर्ने गरि आवेदन खोल्न लागिएको ईपीएसले जनाएको छ । 

न्यूयोर्कमा आज के गर्दैछिन राष्ट्रपति भण्डारी ?

संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष सम्बोधन गर्ने भएकी छिन् । सोमबार न्यूयोर्क पुगेकी उनले शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न लागेकी हुन् ।

सरकारका १ हजार ३२ आयोजना लथालिंग, ठेकेदार बेपत्ता

सरकारले पछिल्लो १० वर्षमा ठेक्का लगाएका १ हजार ८ सय ४८ वटा आयोजनाको कार्य समयमै सम्पन्न नहुँदा मूल्य १ खर्ब १८ अर्ब रुपैयाँ जोखिममा परेको छ ।

भाजु पोखरी रानी पोखरीभन्दा ५०० वर्ष पुरानो

भक्तपुर नगरपालिकाले जिर्णोद्धार शुरु गरेको भक्तपुर नगरपालिका–१ स्थित भाज्या अर्थात भाजु पोखरी काठमाडौँको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो भएको तथ्य सार्वजनिक भएको छ । 

साबित्राले दोहर्याउलीन त्यो भुटानविरुद्धको दोहोरो ह्याट्रिक?

नेपाली राष्ट्रिय महिला टिमकी स्ट्राइकर साबित्रा भण्डारी नेपालका लागि मुख्य हतियार हुन् । उनी पछिल्लो समय नेपाली राष्ट्रिय महिला फुटबल टोलीको नियमित तथा महत्वपूर्ण खेलाडी हुन् । नेपालमा आयोजना हुनै पाँचौ साफका लागि उनी अहिले पूर्ण रुपमा तयार रहेको बताइएको छ । 

कृष्णहरि बराल र विपिन सलामी सम्मानित

नन्दकुमारी उप्रेती गजल सम्मान २०७५’ बाट डा. कृष्णहरि बराल र  ‘योगराज उप्रेती गजल पुरस्कार २०७५’ बाट विपिन सलामि सम्मानित भएका छन्। नेपाली गजलको विकासका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै डा बलाललाई उक्त पुरस्कार प्रदान गरिएको हो।

विद्याले भनिन्– 'त्यो कविता र स्वर मेरो हैन'

तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराईले ताप्लेजुङ्गमा जहाज दुर्घटनामा निधन भएको दिन सामाजिक सञ्जालमा आफ्नो कविता र स्वर भनी सार्वजनिक गरिएको सामग्री आफ्नो नभएको स्पष्ट गरेकी छन्। ‘एउटा शोकको घडीमा कुनै पनि कुरा सम्झन नसक्ने विक्षिप्त अवस्था भएको मान्छेको कविता र स्वर भन्दै सामाजिक सञ्जालमा बिकाउन खोजिएको रहेछ। मलाई निकै दुःख लाग्यो’, भट्टराईले भनिन्।

इन्डोनेशिया पुगेर वाइल्ड बनेकी प्रियंका

इन्डोनेशिया पुगेर नायिका प्रियंका कार्कीले वाइल्ड हुन चाहन्छु भन्दै सामाजिक सञ्जालमा केही तस्विरहरु पोस्ट गरेकी छन्। प्रियंकाले प्रेमी तथा नायक आयुष्मान देशराज जोशीसँग इन्डोनेशियाको बालीमा खिचिएका केही तस्बिरहरु इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी हुन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।