शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विखण्डनकारीलाई गोली हान्न आदेश पर्खनुपर्दैन : गृहमन्त्री

विखण्डनकारीलाई गोली हान्न आदेश पर्खनुपर्दैन : गृहमन्त्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा – गृहमन्त्री रामबहादुर थापाले विखन्डनकारीलाई गृहको अनुमतिविनै गोली हान्न आदेश दिएका छन्। भैरहवामा आयोजित सुरक्षा गोष्ठिलाई सम्बोधन गर्दै थापाले प्रदेश ५ का १२ जिल्लाकै सुरक्षा प्रमुखलाई शान्ति सुरक्षामा खलल पुर्‍याउने तत्वलाई सिधै गोली हान्न सक्ने आदेश दिएका हुन्।

गृहमन्त्री थापाले देशलाई विखन्डन गर्ने, स्वतन्त्रता र स्वराजको नारा दिएर सक्रिय भएका केही तत्वलाई मूलधारमा ल्याउन सरकार सफल भएको बताए। उनले भने, ‘सरकार सामाजिक आपराधिक तत्वलाई नियन्त्रण गर्ने सवालमासमेत सफल भएको छ।’ 'सिके राउत समूहले सरकारसँग सम्झौता गरेर पनि फेरि स्वतन्त्र मधेशको नारा लगाइरहेको तथा आफ्नो दस्ता परिचालन गरिरहेको छ नी', भन्ने पत्रकारको प्रश्नमा मन्त्री थापाले राजनीतिक सहमतिमा सिके राउत समूह आइसकेको बताए। उनले भने, ‘यो समूहले नेपालबाट मधेसलाई अलग गर्ने जुन अभियान र नारा दिएको थियो त्यो परित्याग गर्ने स्पष्ट रुपमा सहमति भएको छ। तल्लो तहसम्म राजनीतिक सहमतिको सबै विषयवस्तु नेतृत्वले पुर्‍याई नसकेको हुँदा केही दृश्य जनकपुरमा देखियो। अब यो उनीहरुको अन्तिम प्रदर्शन हो।’

सरकारले राष्ट्रघाती सहमति गर्‍यो भन्ने सरकारपक्षीय नेताहरुको आरोपको पनि थापाले खन्डन गरे। उनले भने ‘केही माननीय, नेता तथा सासंदहरुले विरोध गर्नुभएको छ। तर, हामीले जे गरेका छौं त्यो सही नै गरेका छौं। राष्ट्रिय हितमा गरेका छौं।’

‘राष्ट्रलाई विखन्डन गर्ने गरी जनमत संग्रह गर्ने विषय कदापी हुँदैन। कुनैपनि कोणबाट राष्ट्रिय अखन्डताको विषयमा जनमत संग्रह गर्ने त के छलफल नै हुँदैन।', उनले भने, 'त्यो संविधानले पनि कल्पना गरेको विषय होइन। सिके राउत समूह पनि त्यो सोंचमा छैनन्।' देशमा भएका सबै राजनीतिक समूह र शक्तिलाई सरकारले सहमतिमा आउन अपील गरेको बताउँदै गृहमन्त्री थापाले छिट्टै सबै विद्रोही राजनीतिक सहमतिमा आउने दाबी गरे। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।