शनिबार, वैशाख १५, २०८१

पूर्वराजा शाह तराई जाँदै, यस्तो छ भ्रमण तालिका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं - पूर्व मुमा बडामहारानी रत्न शाहको स्वास्थ्य अवस्थामा खराबी देखापरेपछि यसअघि स्थगित भएको पूर्वराजा ज्ञानेन्द्र शाहको तराई भ्रमण फागुन २९ गतेबाट सुरु हुने भएको छ। शाहका निजी सचिव फणिराज पाठकले पूर्वराजा शाहको कार्यतालिका सोमबार सार्वजनिक गरेका हुन्।

पाठकले दिएको जानकारी अनुसार शाह फागुन २९ गते जनकपुर जानेछन्। २९ गते जनकपुर बसेर उनी ३० गते सर्लाहीको मलङ्वा प्रस्थान गर्नेछन्। सर्लाही बसाईका क्रममा शाहले त्यहाँ रहेको दुर्गा मन्दिरमा पूजापाठ गर्नेछन् र पुनः सोही दिन जनकपुर प्रस्थान गर्नेछन्। चैत १ गते शाहले जनकपुरस्थित रामजानकी मन्दीरमा पूजापाठ गर्नेछन्। जनकपुरबाट चैत २ गते पूर्व राजा शाह उदयपुरको गाइघाट जाने र त्यहाँ रहेको राधाकृष्ण मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ। यस्तै, ३ गते उनी सप्तरीमा रहेको सखडा भगवती मन्दिरको दर्शन गर्न त्यसतर्फ प्रस्थान गर्नेछन्।

भ्रमणको क्रममा उनले स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ता र स्थानीयसँगसमेत भेटघाट गर्ने बताइएकाे छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।