शुक्रबार, वैशाख १४, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज फागुन २६ गते आइतबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

सिके राउतसँगको सम्झौताबारे सरकारले प्रष्ट्याउनु पर्छ : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सीके राउतसँग गरेको सम्झौताबारे जनतासमक्ष प्रष्ट्याउनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन कास्कीको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति, प्रदेश एवम् केन्द्रीय पार्षद्को सम्मानार्थ कांग्रेस कास्कीद्वारा आइतबार आयोजित कार्यक्रममा उनले सम्झौताको भाषा प्रष्ट नभएको बताए। 

'विप्लव' को गाउँमा पक्राउ परेका दुर्गालाई चौकीमा गोली हानेको आरोप

गत बिहीबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ मा एकाबिहानै खोजी अप्रेशन गरेको जानकारी दियो। उक्त घटनाले केही बेरमै सनसनी मच्चायाे। प्रहरीले 'विप्लप' को गाउँमा छापा मारेर ठूलो संख्यामा हातहतियार र एक जना नेकपाका नेता समेत पक्राउ परेको बतायो। प्रहरीले साेही दिन दिउँसो प्रेस विज्ञप्ती नै निकालेर नेकपाका नेता दुर्गाबहादुर रोक्का भाग्न खोज्ने क्रममा गोली चलाउँदा घाइते भएको र पक्राउ गरी उपचारकालागि लुम्बिनी अञ्चल अस्पताल पठाएको जानकारी दियो।

बुलेटप्रुफमा राउतको दस्ता, सहमति तीन दिनमै तोडियो

सरकारसँग ११ बुँदे सम्झौता गरेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको सुरक्षा दस्ता बुलेटप्रुफ ज्याकेटमा देखिएका छन्। आइतबार काठमाडौंबाट जनकपुर आएका राउतलाई सुरक्षा दिन उनका निजी सुरक्षाकर्मीहरु विमानस्थलमा बुलेटप्रुफ ज्याकेटसहित देखिएका हुन्। यसअघि विभित्र कार्यक्रमहरुमा सम्बोधन गर्न राउत पुगेपनि यस्तो पहिरनमा कहिले नदेखिएका सुरक्षा दस्ता पहिलो पटक जनकपुर विमानस्थलमा देखिएका छन्।

साफ महिला फुटबलको तयारी पूरा, प्रचण्डले उद्घाटन गर्ने

विराटनगरमा मंगलबारदेखि शुरु हुने पाँचौ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । इतिहासमै पहिलो पटक मोफसलमा हुन लागेको पाँचौ साफ महिला फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको अखिल नेपाल फूटबल संघ (एन्फा)का प्रवक्ता तथा प्रचार प्रसार समिति संयोजक किरण राईले जानकारी दिए । 

केन्यामा विमान दुर्घटना, १ सय ५७ को मृत्यु

केन्यामा हवाई जहाज दुर्घटना हुँदा १ सय ५७ जनाको मृत्यु भएको छ। इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान आइतबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा परी मृत्यु हुनेमा १ सय ४९ यात्रु रहेका छन् भने ८ जना चालक दलका सदस्य रहेका छन्। 

महिलालाई आत्मनिर्भर बन्न मन्त्री अर्यालको आग्रह

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले राम्रो सहकारीकर्मी बनेर महिलाहरूलाई आत्मनिर्भर बनाउन आग्रह गरेकी छन्। राष्ट्रिय सहकारी महासंघको आयोजनामा ललितपुरमा आज (आइतबार) सुरु भएको ‘सहकारीमा महिला सशक्तिकरण तथा समावेशिता राष्ट्रिय गोष्ठी’ को उद्घाटन गर्दै मन्त्री अर्यालले महिलालाई आत्मनिर्भर बन्न आग्रह गरेकी हुन्।

आफ्नै कार्यकर्ताद्वारा घेरिए सिके राउत 

सरकारसंग गत शुक्रबार ११ बुँदे सहमति गरेका सिके राउत आफ्नै कार्यकर्ताको घेराउमा परेका छन्। आईतबार काठमाडौंबाट जनकपुर जाने क्रममा जनकपुर विमानस्थलमा उनलाई कार्यकर्ताहरुले घेराउ गरेका थिए। कार्यकर्ताहरुले 'स्वतन्त्र मधेश' भन्दै नारा लगाएका थिए। राउतलाई उनीहरुले संचारकर्मीहरुसंग कुरासमेत गर्न दिएनन्। जनकपुरमा रामजानकीको मन्दिरमा दर्शन गरी राउतको रौतहट जाने कार्यक्रम थियो।  

केन्यामा जहाज दुर्घटना

इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान आइतबार बिहान दुर्घटनामा परेको छ। आडीस अबाबाबाट नैरोबी आउँदै गरेको विमानमा १४९ जना यात्रु र आठ जना चालक दलका सदस्य रहेका बताइएको छ। उडेको केही समयभित्रै जहाज दुर्घटनामा परेकाे बताइएकाे छ।

विद्यार्थीको मत्युपछि पाटन तनावग्रस्त

बैतडीको पाटनमा शनिबार विमानस्थल कालोपत्रे गर्ने ग्रेडरले किचेर एकजना विद्यार्थीको ज्यान गएको घटनापछि पाटन बजार तनावग्रस्त भएको छ। आइतबार विद्यार्थी र प्रहरीबीच झडप हुँदा दुईजना विद्यार्थी घाइते भएका छन्।

रवीन्द्र पत्नी विद्या राजनीतिमा होमिँदै, उपचुनावमा उम्मेदवारी दिने

ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई सक्रिय राजाीतिमा ल्याउने तयारी नेकपाले गरेको छ। नेकपा कास्की जिल्ला कमिटी र गण्डकी प्रदेशले उनलाई राजनीतिमा ल्याउन छलफल थालेको हो।

राउतसँगको सहमतिले देश द्वन्द्वमा जाने खतरा : यादव

राष्ट्रिय जनता पार्टी नेपालले सरकार र सिके राउतबीच भएको सहमतिमा आपत्ती जनाएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले राउतसँग सरकारले सहमति गरेर देशमा विखण्डन ल्याउन खोजेको त होइन भन्ने आशंका उत्पन्न भएको बताए। 'विखण्डन कुनै मुद्दा हुन सक्दैन, स्वतन्त्र मधेश गठबन्धनसँग सम्झौता गरिएको छ, यो सकरात्मक हो। तर, सरकारले विखण्डनलाई मान्यता दिएको हो भने, त्यसलाई कसरी प्राथमिकता दिइयो हामी जवाफ चाहन्छौ।',  यादवले भने।

जनमतसंग्रह गर्ने सहमति भएको छैन : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले सरकारले सिके राउतसँग तराई मधेशलाई अलग राज्य बनाउने या नबनाउने भन्ने विषयमा जनमतसंग्रह गर्ने विषयमा सहमति नभएको प्रष्ट पारेका छन्। प्रतिनिधि सभाको बैठकमा आइतबार सहमतिलाई लिएर उठेका प्रश्नको जवाफ दिँदै उनले राउतसँग जनमतसंग्रह गर्ने भन्ने बारे सहमति नभएको प्रष्ट पारेका हुन्। उनले सहमतिको २ नं बुँदामा उल्लेख गरिएको जनअभिमतलाई जनमतसंग्रहको रुपमा नबुझ्न आग्रहसमेत गरे।

तातोपानीमा एकैसाथ डुबुल्की मारे देउवा-पौडेलले   

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल म्याग्दीको तातोपानी कुण्डमा पुगेर डुबुल्की मारेका छन् । दुई नेताबीच सम्बन्ध खासै राम्रो नरहेको चर्चा चलिरहेका बेला दुई नेताले तातापानीमा सामुहिक रुपमा डुबुल्की मारेका हुन् । 

११६ वर्षे ‘वृद्धा’ ले राखिन गिनिजबुकमा नयाँ रेकर्ड

जापानकी काने तानाकालाई गिनिज वर्ल्ड रेकर्डले विश्वकै सबैभन्दा बृद्धाको मान्यता दिएको छ । आफ्नो उमेर ११६ वर्ष ६६ दिन पुग्दा तानाकाले ९ मार्चमा विश्वकै सबैभन्दा बृद्धाको मान्यता पाएकी हुन् । 

विश्वकप फुटसल : नेपालको पहिलो प्रतिद्वन्द्वी क्यानाडा

अर्जेन्टिना आयोजना हुने १२ औं संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो क्यानडासँग खेल्ने भएको छ । समूह ‘डी’ मा रहेको नेपालले आफ्नो पहिलो खेल क्यानडासँग खेल्न लागेको हो । 

धादिङबाट एक सय पाँच किलो चरेस बरामद 

प्रहरीले धादिङबाट एक क्वीन्टल बढी चरेससहित तीनजना पक्राउ परेका छन्।

सिके राउत ओलीको 'मधेश ट्रम कार्ड' बन्दैछन् ?

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अलग मधेश राज्यको माग राख्दै आएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई अचानक मूलधारको राजनीतिमा अवतरण गराउन सफल भएका छन् । शुक्रबार सरकार र राउतबीच राष्ट्रिय सभागृहमा भएको ११ बुँदे सहमतिले सबैलाई आश्चर्यचकित बनायो ।

बार्सिलोनाको जित, मेस्सीले बनाए नयाँ रेकड

बार्सिलोनाले स्पेनिस ला लिगको शीर्ष स्थानमा अग्रता बढाएको छ । शनिबार राती भएको खेलमा रायो भालेकानोलाई ३-१ ले पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा अग्रता बढाएको हो । 

किन जनकपुर आउँदै छन् सिके राउत ?

सिके राउत आज जनकपुर आउने भएका छन् । शुक्रबार सरकारसँग ११ बुँदे सहमति गरेका राउत सहमतिपछि पहिलो पटक जनकपुर आउन लागेका हुन् ।

लमान प्रियंकासँग काम गर्न किन चाहँदैनन्?

प्रियंका चोपडा र सलमान खानबीच विवाद अझै पनि समाधान भएको छैन। प्रियंका पहिले सलमानको फिल्म ‘भारत’ खेल्न तयार भएकी थिइन्। तर पछि उनले व्यक्तिगत कारण देखाउँदै यो फिल्म नखेल्ने घोषणा गरिन्। यसपछि सलमान र प्रियंकाबीच मनमुटाव सुरु भएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त कुरालाई लिएर सलमान अहिलेसम्म प्रियंकासँग दुःखी छन्। त्यही कारण उनीहरुको सम्बन्ध अहिलेसम्म सुध्रिन सकेको छैन।

भारतमा लाेकसभा चुनावकाे मिति घाेषणा, यस्ताे छ तालिका

भारतमा हुने लोकसभा चुनावको मिति सार्वजनिक भएको छ। चुनाव सात चरणमा हुने र त्यसको नतिजा २३ मे सम्म आइसक्ने छ। ११ अप्रिलमा पहिलो चरणको चुनाव हुने भारतीय चुनाव आयोगले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।