शुक्रबार, वैशाख १४, २०८१

विराट कसरी सचिन भन्दा उत्कृष्ट?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी- भारतिय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटकमा ४१ शतक पुरा गरेका छन् । उनले अष्ट्रेलियासँगको ५ एकदिवसीय सिरिजको तेस्रो खेलमा १ सय २३ रन जोड्दै ओडिआईमा ४१ शतस पुरा गरेका हुन् । तर, उक्त खेलमा कोहलीले शतस प्रहार गरे पनि टोलीलाई जित दिलाउन भने सकेनन् । उक्त खेलमा भारत अष्ट्रेलियासँग ३२ रनले पराजित भएको थियो । 

यसै शतक पछि सामाजिक सञ्जालमा विराट कोहली की भारतका पूर्व स्टार क्रिकेटर सचिन तेन्दुलकर उत्कृष्ट ब्याट्सम्यान भन्ने होडबाजी चल्यो । सामाजिक सञ्जालमा इंल्यान्डका पूर्व कप्तान माइकल भौगनले पहिलो ट्वीट गरेका थिए । 
Related image
उनले ‘विराट पुनः एक पटक गट’ भन्दै ट्वीट गरेका थिए । उनले लाओ चीले गरेको ‘तपाई साच्चै भन्नु हुन्छ विराट गट हुन भनेर ? उनी ब्रहमन, सचिन र लारा भन्दा उत्कृष्ट छन्?’ भन्ने ट्वीटलाई सेयर गर्दै माइकलले एकदिवसीयमा विराट उत्कृष्ट भएको जवाफ दिएका छन् । 

विराटले एकदिवसीयका मात्र २ सय २५ खेल खेल्दै ४१ शतक प्रहार गरेका हु्न । हसिम अल्मा पनि एकदिवसीयका लागि उत्कृष्ट खेलाडी मानिन्छन् । उनले १ सय ७४ एकदिवसीय खेलमा २७ शतक प्रहार गरेका थिए ।
Related image
त्यस्तै २ सय २५ एकदिवसीय खेल खेल्दा एबी डेभिलियर्सले २५ शतक प्रहार गरेका थिए । त्यस्तै विश्व क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने सचिनले २ सय २५ एकदिवसीय खेलमा २३ शतक प्रहार गरेका थिए । सचिनले एकदिवसीयका ४ सय ६३ खेलमा ४९ शतक प्रहार गरेका छन् । जहाँ कोहली सचिन भन्दा ८ शतक पछि छन् ।

यस्तै विराट कोहली एकदिवसीयमा सर्वाधिक ४ हजार रन बनाउने भारतका महेन्द्र सिंह धोनी, मोहमद अज्हारुदिन र सौरभ गाङ्गोली पछि चौथो कप्तान बनेका छन् । विराटले आफु कप्तान बने पछि एकदिवसीयका ६६ खेल पुरा गरे । कप्तान बने पछि विराटले दक्षिण अफ्रिकाविरुद्ध १ सय ६० रनको अवजित पारीसँगै १९ शतक प्रहार गरेका छन् । 
Image result for virat and sachin
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।