शनिबार, वैशाख १५, २०८१

किन फस्दैछन् युवा लागूऔषधमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत - फागुन ७ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध कारोबारीमा संलग्न ७ जनालाई पक्राउ गर्‍यो। नेपालगन्जबाट वीरेन्द्रनगरतर्फ आउँदै गर्दा सुब्बाकुना चेकपोस्टबाट वीरेन्द्रनगर ९ का २३ वर्षिय किरण घले पक्राउ परे। उनको साथबाट प्रहरीले ३ ग्राम ४ सय ९० मिलिग्राम ब्राउनसुगर नियन्त्रणमा लियो। करिब ३ घन्टापछि सोही चेकपोस्टबाट वीरेन्द्रनगर १ की १८ वर्षीया अमृता कार्की पक्राउ परिन्। उनको साथबाट प्रहरीले ६ ग्राम ५ सय ८० मिलिग्राम ब्राउन सुगर नियन्त्रणमा लियो। नेपालगन्जबाट सुर्खेत आउँदै गरेकी उनीमाथि छानबिन गर्दा प्रहरीले ठूलो समूह पत्ता लगायो। लागूऔषधसहित प्रहरीले सोही स्थानबाट वीरेन्द्रनगर ४ भैरवस्थानका २० वर्षीया सम्राट सापकोटा, वीरेन्द्रनगर ९ लाटीकोइलीका २३ वर्षीया अर्जुन खत्री, सोही ठाउँका वर्ष १९ का कुमार महतारा, वर्ष २० का सागर सुनार र वीरेन्द्रनगर १ की १८ वर्षीया दीपा कँडेल पक्राउ परिन्।

त्यसको करिब एक हप्ता अर्थात् फागुन १२ गते फेरि प्रहरी लागूऔषध कारोबारीको ठूलै समूह नियन्त्रणमा लियो। बसपार्कस्थित चाइनागेट होटलको कोठा नं. १५ बाट वीरेन्द्रनगर ३ तातापानीका २० वर्षका सुनिल चौधरी, सोही ठाउँका १८ वर्षका रुथ तोलांगी र कालिकोट नरहरिनाथ गाउँपालिका वडा नं. २ का १८ वर्षकी अञ्जु बिष्टलाई प्रहरीले पक्राउ गर्‍यो। तर प्रहरीले उनीहरुबाट दुई पुरिया ब्राउनसुगर मात्रै हात पार्न सफल भयो। सोही दिन वीरेन्द्रगर ११ की १८ वर्षीया सीता विकलाई प्रहरीले  घरबाटै एक पोका र ३ पुरिया ब्राउनसुगरसहित पक्राउ गर्‍यो। त्यसको केही समयपछि वीरेन्द्रनगर ११ का २१ वर्षको प्रविसन कार्की ९ ग्राम ब्राउनसुगरसहित पक्राउ परे।

यी दुई घटनाले सुर्खेतमा लागूऔषध कारोबारीको जालो कसरी फैलिरहेको छ भन्ने प्रष्ट पार्छ। जसमा पनि युवा पुस्ताको संलग्नता अझ डर लाग्दो छ। भविष्यको जग बसाल्ने जीवनको महत्त्वपूर्ण समयमा युवापुस्ता अवैध लागूऔषध कारोबारमा जोडिएका छन्। माथिका घटनाले सुर्खेत लागूऔषध कारोबारको ट्रान्जिट प्वाइन्ट बनेको समेत प्रमाणित गर्दछ। कारोबारमात्रै नभई लागूऔषधको प्रयोगकर्ता बढ्दै गएको पनि सहजै अनुमान गर्न सकिन्छ। उसो त कर्णाली हुम्ला, जुम्ला, मुगु, कालिकोट र दैलेखमा समेत सुर्खेतबाटै लागूऔषध सप्लाई हुने प्रहरी बताउँछ।

विगतका वर्षहरूको तुलनामा यो वर्षको सात महिना अवधिमा करिब दोब्बर व्यक्ति लागूऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीको तथ्याङ् अनुसार चालु आर्थिक वर्षको सुरुआती सात महिनामा गत वर्षको भन्दा दोब्बर व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन्। साउनदेखि यता लागूऔषध मुद्दामा अहिलेसम्म ९७ जना पुरुष तथा ११ जना महिला पक्राउ परेको प्रहरी नायब निरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। प्रहरीले हालसम्म ६४.५ सय ४० ग्राम ब्राउनसुगर, चरेश ४.७० ग्राम, गाँजा १ सय ८१.५ ग्राम र लागूऔषध निट्राभेट–१० नामक १ सय ५७ ट्याब्लेट बरामद गरेको जनाएको छ। यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा झन्डै दोब्बर हो।

प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४÷०७५ मा ५१ जना पुरुष र पाँच जना महिलालाई लागूऔषध ओसारपसार तथा कारोबारको अभियोगमा पक्राउ परेका थिए। जसमा प्रहरीले ४८ केजी चरेस, ५८.७ सय २४ ग्राम ब्राउनसुगर बरामद गरेको थियो। प्रहरी प्रवत्ता क्षेत्रीका अनुसार गत आर्थिक वर्ष ०७३/०७४ मा प्रहरीले ५२ ग्राम ७ सय ७४ मिलिग्राम लागूऔषध (ब्राउनसुगर, कोरेक्स), २ सय ५२ ट्याब्लेट बरामद गरेको थियो। जसमा ३३ जना पुरुष तथा २ जना महिला पक्राउ परेका थिए।

सञ्जाल तोडिसक्यौँ : प्रहरी

एकै दिन ठूलो संख्यामा लागूऔषध कारोबारी प्रक्राउ पर्नुले यिनीहरुको ठूलो सञ्जाल रहेको पुष्टि गर्छ। खुला सिमानाका कारण भारतबाट नेपालगन्ज नाका हुँदै सुर्खेत भित्र्याउन ठूलै सञ्जाल खटिएको प्रहरीको भनाइ छ। सुर्खेतबाट बाहिरी जिल्लासम्म सप्लाई गर्न अर्काे समूह लाग्ने तर अधिकांश सुर्खेतमै खपत हुने प्रहरीको अनुमान छ। तर पछिल्लो समय लागूऔषध कारोबारीको सञ्जाल तोडिसकेको प्रहरी बताउँछन्। ‘आजभोलि देखिने सञ्जाल सानो सञ्जाल हो, जसलाई प्रहरीले तोडिसकेको छ।’

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरे भन्छन्, ‘कारोबारीको दुव्र्यसनीमा फसेको ठूला सञ्जाल तोडेका छौं। पहिले जस्तो चोकचोकमा लागूऔषध कारोबारी बन्द भएको उनको दाबी छ। ‘अहिले हामीले लागूऔषधविरुद्ध अप्रेसन बरु तीव्र पारेका हौं।’ लागूऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रत्येक महिना उत्कृष्ट कार्य गर्ने एकजना प्रहरीलाई पुरस्कृत गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।