शुक्रबार, वैशाख १४, २०८१

सोमपालले अमेरिकामा क्रिकेट खेल्ने पक्का

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली राष्ट्रिय टोलीका सदस्य सोमपाल कामीले अमेरिकाको टेक्सस राज्यको ह्युष्टनमा हुने टु एक्स त्रिकेट युएसए कप प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । यसअघि केन्यामा हुने भनिएको टी-२० प्रतियोगिता लागि स्थगित गरेका सोमपालले उक्त टी-२० प्रतियोगिता कही साता सरे पछि उनले अमेरिका क्रिकेट खेल्ने भएका हुन् । 

सा्मपालले नेपाली राइनोज क्रिकेट क्लबबाट सहभागीता जनाउने छन् । यसअघि अन्य खेलाडीले पनि उक्त प्रतियागितामा सहभागीता जनाउने भनिएपनि प्रविधिक कारणले अन्य नेपाली राष्ट्रिय टोलीका सदस्यहरुले सहभागीता जनाउन नसकेको टिमका व्यवस्थापक आशिक लामाले जानकारी दिए ।
Related image
टोलीमा सोपालसँग नेपाली राष्ट्रिय टोलीका पूर्व सदस्यहरु कनिष्क चौगाई, सागर पन्त, राकेश कर्ण, वरदान चालिसे, वेष्टइन्डिजका सन फिन्डले, निकुरमा बोन्नर, दक्षिण अफ्रिकाका रस्टि थेरान, माइकल वेदफोर्ड, भारतका प्रथम श्रेणीका क्रिकेटर सन्नी पटेल, सुशान्त मुदानी, पाकिस्तान यु-१९ टोलीका सदस्य सायन जहानगिर, प्रयास पण्डित, सन्जय शर्मा, सुरैन विसी, आदित्य हरिहरा र ओस्कर बुढाथोकीले रहेका छन् ।

राइनोज सन् २०१६ मा भएको सो प्रतियोगिताको विजेता क्लब समेत हो । प्रतियोगिता मार्च २० देखि २४ सम्म संचालन हुनेछ । प्रतियोगिताको विजेता टोलीले २० हजार अमेरिकी डलर र उपविजेताले १० हजार अमेरिकी डलर प्राप्त गर्ने बताइएको छ । सन् २०१६ मा युएसए कपको विजेता टोलीले ६० हजार अमेरिकी डलर पाएको थियो । 
Related image
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।