शुक्रबार, वैशाख १४, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज फागुन २१ गते मंगलबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

यस कारण मैले एसपीबाट दिएँ राजीनामा

मैले २४ वर्षे प्रहरी सेवाको जागिरे जीवनबाट राजीनामा दिई बिदा लिएको घटना आमचासोको विषय बन्न पुग्यो । प्रहरी सेवाको आकर्षक पद एसपीमा लामो अवधि र अवसर बाँकी रहँदारहँदै त्याग गर्ने अवस्था कसरी सिर्जना हुन पुग्यो भने विषयमा चासो राख्ने सम्पूर्ण शुभचिन्तकलाई यथार्थ जानकारी गराउनु मेरो कर्तव्य हो ।

स्कुल बन्द, शिक्षक सडकमा

सामुदायिक विद्यालयमा राहत कोटामा कार्यरत शिक्षकहरू मंगलबार देशभरका स्कुल बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। विद्यालय बन्द हुँदा लाखौं बालबालिका पढ्नबाट वञ्चित भएका छन्।

'उत्कृष्ट खेलाडी' अवार्ड सन्दीपलाई

सन्दीप लामिछाने उत्कृष्ट पुरुष वर्ष खेलाडी घोषित भएका छन्। मंगलबार रसियन सेन्टरमा घोषणा भएको  ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ अन्तर्गत सन्दीपले उत्कृष्ट पुरुष वर्ष खेलाडीको अवार्ड हात पारेका हुन्। पुरुष वर्ष क्रिकेट खेलाडीको सूचीमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहित दिपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामी मनोनयनमा परेका थिए।

टिकापुर काण्डको बहस सकियो, फैसला बुधबार

कैलालीको टिकापुरमा साढे तीन वर्ष पहिले सुरक्षाकर्मी र नावालकसहित आठको ज्यान जाने गरी भएको नरसंहार मुद्दाको बहस मंगलबार सकिएको छ। 

रहेनन् पूर्वसांसद पण्डित

पूर्वसांसद गणेश पण्डितको निधन भएको छ। मंगलबार हृदयाघात भएपछि उपचारका क्रममा ७० वर्षीय पण्डितको शिक्षण अस्पताल महाराजगञ्जमा दिउँसो २ बजे निधन भएको प्रदेश सांसद केशव पाण्डेले जानकारी दिए। 

अस्पतालको बेडमा सहयोग र सहारा खोज्दै जनकराज

सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालको इन्डोर वार्डको बेड नं. १२। प्लास्टर गरिएको दाहिने खुट्टा समाएर एकोहोरो टोलाइरहेका भेटिए अछामका १४ वर्षीय जनकराज जैसी। दुवै हातमा स्लाइन चढाउँदा लगाइएको ब्यान्डेज प्रस्ट देखिन्छ।

अनौठो स्मृति दिवस : पीडक र पीडित एकै मञ्चमा

मञ्चको पृष्ठभूमिमा झुन्डिएको यदु गौतमको तस्बिर। मञ्चमा गौतमका वृद्ध बुवा उमाकान्त गौतमले आसन ग्रहण गरिसकेका थिए। यदुकी पत्नी तीर्था गौतम र उनका छोराछोरी पनि अतिथिको आसन ग्रहणमा थिए। मञ्चको तल्लो भागमा लेखिएको थियो माओवादीद्धारा हत्या गरिएका रुकुमका प्रखर नेता यदु गौतम स्मृति पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकारहरू। सोही मञ्चमा विशेष अतिथि थिए नेकपा स्थायी समिति सदस्य तत्कालीन माओवादीका डेपुटी कमान्डर जनार्दन शर्मा प्रभाकर। मुख्य अतिथि थिए उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल।

प्रचण्डसामु ओलीले भने, 'कालो कोठामा चक्‍कु देखाउने कम्युनिस्ट होइन'

प्रधानमन्त्री केपी शर्मा ओलीले कालो कोठामा चक्कु देखाने कम्युनिस्ट नहुने बताएका छन्। नेत्रविक्रम चन्द नेतृत्वको नेकपाप्रति लक्षित गर्दै ओलीले भने, ‘हँसियाहथौडा बोकेर मान्छे मार्ने, बन्दुक पड्काउने र चन्दा माग्ने कम्युनिस्ट होइनन्।’

धादिङको थाक्रेमा बस दुर्घटना, ५ घाइते

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे–८ चिनिमेलमा बस दुर्घटना भएको छ। काठमाण्डौंबाट धादिङबेशी तर्फ जाँदै गरेको बा ३ ख ३१५३ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिँदा ५ जना घाइते भएका छन्। 

घनश्याम भुसालको शैक्षिक नारा : ‘सबैकोलागि शिक्षा, गुणस्तरिय शिक्षा’

नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले अबको शैक्षिक नारा ‘सबैकोलागी शिक्षा, गुणस्तरीय शिक्षा’ हुनुपर्ने बताएका छन्। 

नागरिकता विधेयकबारे विवेकशील साझाको ध्यानाकर्षण

हाल संसदमा विचाराधीन रहेको ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’का प्रावधानप्रति विवेकशील साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था समिति सदस्यहरुबिच नै मतभेद रहेको र नागरिक समाजका सदस्यहरूबिच पनि विविध चिन्ता र चासो देखिएको अवस्थामा विधेयक संशोधनमा सरकार गम्भीर बन्नु विवेकशील साझाले जनाएको छ।

स्कुल बन्द गरेर शिक्षक सडकमा

सामुदायिक विद्यालयमा राहत कोटामा कार्यरत शिक्षकहरू मंगलबार देशभरका स्कुल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । विद्यालय बन्द हुँदा लाखौं बालबालिका पढ्नबाट वञ्चित भएका छन् ।

सेनालाई कमजोर बनाउने खेलप्रति सेनापतिको औंला

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनालाई कमजोर बनाउने खेलप्रति फेरि औंला ठड्‌याएका छन्।

काठमाडौंका यी ६९ ठाउँमा बन्ने भयो सार्वजनिक शौचालय 

काठमाडौँ महानगरले सार्वजनिक यातायातका साधनले यात्रु चढाउने र ओराल्ने ६९ स्थानमा सार्वजनिक शौचालय निर्माणको लागि स्थान पहिचान गरेको छ । कामपाका सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख धु्रव काफ्लेका अनुसार मानिसको आवतजावत र किनमेल बढी हुने स्थानमा शौचालय निर्माण गर्ने तयारी रहेको छ । 

कर्माचार्यले गरे १५७औं पटक रक्तदान

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १५७औं पटक रक्तदान गरेका छन् ।

किन पक्राउ पर्दैनन् सुनचाँदीका चोर ?

सुन्दा अचम्म लाग्छ। प्रदेश ५ को अस्थायी राजधानीका रूपमा रहेको रूपन्देहीको मुख्य सहर बुटवल, भैरहवा, भलबाडीमा करोडौंको सुनचाँदी चोर्नेहरु अहिलेसम्म पक्राउ परेका छैनन्।  जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा आइतबार रूपन्देही सुनचादी व्यवसायी संघका अध्यक्ष एमबी विश्वकर्माले प्रमुख जिल्ला अधिकारीसमक्ष भन्दै थिए, 'सर, अहिलेसम्म रूपन्देहीका जत्ति पनि सुनचाँदी पसलमा चोरी भएको छ ती घटनाका दोषी र चोरी भएको समान फिर्ता भएको रेकर्ड छैन। के रूपन्देहीमा सुनचाँदी पसलमा चोर्ने चोरहरु कहिल्यै नसमातिने हुन् ?'

तेह्रथुममा आगलागी : छोरीको मृत्यु, आमा घाइते

तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ ।

कञ्चनपुरमा ब्यारेकभित्रै सेनाका जवानको शव भेटियो 

कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्का व्यारेक भित्र मृत भेटिएका छन् । उनले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।  

ग्यासको अभाव सुरु, निगम भन्छ- 'अभाव हुँदैन'

बजारमा ग्यासको अभाव सुरु भैसके पनि नेपाल आयल निगम र ग्यास उद्योगीहरुले बजारमा ग्यासको अभाव नहुने दावी गरेका छन् । उद्योगहरुमा पर्याप्त खाना पकाउने ग्यास स्टक रहेकाले बजारमा अभाव नहुने उनीहरुको जिकीर छ । 

प्रचण्ड भन्छन्- 'मन्त्रिमण्डल पुनःगठन हुँदैन'

नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले अहिलेको अवस्थामा मन्त्रिमण्डल पुनःगठन गर्ने कुनै तयारी नभएको बताएका छन् ।  

पठनपाठन नरोक्न शिक्षकलाई सरकारको चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पुर्‍याउन नहुने भन्दै शिक्षकलाई आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको छ । 

२४ कम्पनीले गरे पौने दुई अर्ब राजस्व छली, मुख्य अभियुक्त पक्राउ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राजस्व अनुसन्धान विभागले २४ कम्पनी तथा फर्मविरुद्ध कर छली गरेको भेट्टाएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। ती कम्पनी तथा फर्म सञ्चालकविरुद्ध एक अर्ब ७५ करोड रुपैयाँको बिगो कायम गरिएको हो।

बिज्ञानले ल्याए ‘अप्सरा’

सफलता प्राप्तिका लागि मान्छेले अनवरत संघर्ष गर्नु पर्छ। संघर्षले मात्रै मान्छेलाई सफल बनाउँछ।  यस्तै संघर्ष गरेर आफ्नो सपना पुरा गरेका छन् गायक बिज्ञान स्याङ्बोले। 

कर्णालीमा ‘रारा राष्ट्रिय नाट्य महोत्सव’, एउटै मञ्चमा सात प्रदेश

कर्णालीमा पहिलो पटक राष्ट्रिय नाट्य महोत्सव हुने भएको छ। नेपाली भाषाको उद्मस्थल कर्णालीको भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न नाट्य महोत्सव हुन लागेको हो। यही २३ गतेदेखि सुर्खेतको व्यायमशाला हलमा हुने हुने ‘रारा राष्ट्रिय नाटक महोत्सव–२०७५’ मा सात वटै प्रदेशका रंगकर्मी जमघट हुने भएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।