धनगढी - दोस्रो संस्करणको गौरीगंगा आमन्त्रित गोल्डकप फागुन २५ देखि सुरु हुने भएको छ। प्रतियोगिताको आयोजक गौरीगंगा ११ स्पोर्ट क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता सञ्चालनको मिति सार्वजनिक गरेको हो। सुदूरपश्चिमलाईं खेलकुद पर्यटनको क्षेत्रमा चिनाउन आयोजना हुन लागेको प्रतियोगिता चैत ४ गतेसम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष दिनेश कलेलले बताए।
प्रतियोगितामा दाङ, बाँके , बर्दिया, सुर्खेत, कंचनपुर र कैलालीका टोलीहरुको सहभागिता रहने छ। प्रतियोगिताको विजेता टोलीले ३ लाख तथा उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४