शुक्रबार, वैशाख १४, २०८१

अन्ततः फुट्यो एमाले, नयाँ पार्टी दर्ताका लागि आयोगमा आवेदन

नेकपा एमालेको माधवकुमार नेपाल समूहले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएको छ।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– नेकपा एमालेको माधवकुमार नेपाल समूहले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएको छ। उक्त समूहले बुधबार नेकपा एमाले (समाजवादी) दर्ताका लागि आवेदन दिएको हो। 

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेपाल समूहलाई पार्टी फुटाउन सहज भएको हो। सरकारले उक्त समूह र जसपाको महन्थ ठाकुर समूहलाई लक्षित गरेर नै अध्यादेश ल्याउने निर्णय गरेको हो। २० प्रतिशत केन्द्रीय कमिटी सदस्य र सांसद भए पार्टी फुटाउन सकिने व्यवस्था अध्यादेशमा छ।  

नयाँ दलको नाम नेकपा एमाले (समाजवादी) राखिएको र चुनाव चिन्ह खुला किताब मागिएको केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए। नयाँ दलको अध्यक्षमा माधवकुमार नेपाल रहनेछन्। 

सरकारले अध्यादेश ल्याउने निर्णय गरेपछि हिजो र आज नेपाल पक्षका केन्द्रीय सदस्यहरुले बानेश्वरस्थित एक होटलमा छलफल गरेका थिए। 

सरकारले राष्ट्रपतिकहाँ पठाएको अध्यादेशअनुसार पार्टी विभाजन गर्न संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा २० प्रतिशत संख्या पुर्‍याउनु पर्ने हुन्छ। प्रतिनिधिसभामा नेकपा एमालेका १२१ जना सांसद छन् भने राष्ट्रिय सभामा ३४ जना। दुवै सदनमा गरी एमाले संसदीय दलमा १५५ जना सांसद छन्। अध्यादेशअनुसार यसको २० प्रतिशत भनेको ३१ जना हो। नेपाल पक्षले आफ्नो पक्षमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी ३४ जना सांसद रहेको दाबी गरेको छ। 

प्रतिनिधिसभामा वरिष्ठ नेता नेपाल पक्षमा २२ जना सांसद छन्। साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ जना सांसदले विश्वासको मत दिएका थिए।

एमाले केन्द्रीय कमिटीमा भने २०३ सदस्य छन्। अध्यादेशअनुसार नेपालले पार्टी फुटाउन ४१ जना केन्द्रीय सदस्य भए पुग्छ। आफ्नो पक्षमा ५८ जना केन्द्रीय सदस्य रहेको दाबी नेपाल पक्षको छ। 
प्रकाशित: Aug 18, 2021| 15:57 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...