शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार : मन्त्री अधिकारीको मृत्युमा अनेकौं अड्कलबाजी

आजका अखबार : मन्त्री अधिकारीको मृत्युमा अनेकौं अड्कलबाजी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको हेलिकोप्टर दुर्घटनामा परि मृत्यु भएपछिका घटनाक्रमलाई मुख्य समाचार बनाएका छन् । 

आजको नागरिक दैनिकले हेलिकोप्टर दुर्घटनापछि अनेकौं अड्कलबाजी शीर्षकमा मुख्य समाचार छापेको छ । तयारी र जानकारीबीनानै मन्त्री अधिकारीको टोली पाथीभारा मन्दिर पुगेको विषयलाई कान्तिपुरले मुख्य समाचार बनाएको छ । बाबा आउने बाटो हेर्दै रवीन्द्रका छोरा शीर्षकमा अन्नपूर्णले मुख्य समाचार छापेको छ । 

हेलिकोप्टर दुर्घटना बाहेक आजको नागरिक दैनिकले भारत–पाक तनाव थामिने संकेत शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ । पाकिस्तानले नियन्त्रणमा लिएका भारतीय लडाकु विमानका पाइलट अभिनन्दनलाई रिहा गर्ने निर्णय गरेसँगै दुई मुलुकबीचको तनाव थामिने संकेत देखिएको हो । 

भारत–पाक युद्धको जोखिम कम: तर, तनाव कायमै शीर्षकमा एङकर न्यूज छापेको आजको नयाँ पत्रिकाले भने नेकपाको एकता अलपत्र भएको विषयलाई मुख्य समाचार बनाएको छ ।

एकिकरण घोषणा भएको आठ महिनापछि गठन भएको एकता कार्यदल दुई महिनापछि विनासहमति विघटन गरिएको छ । एकिकरण भएको नौ महिनासम्म पनि सिंहदरवारभित्र संसदीय दलका दुई अलग अलग कार्यालय रहेको समाचारमा उल्लेख छ । 

आजको अन्नपूर्ण पोस्ट्ले भने ज्युँदो बाबुलाई मरेको भन्दै किर्ते गरेर भारतीय नागरिकले नेपाली नागरिकता लिएको र भारतसँग पञ्चेश्वरमा विवाद यथावत रहेको विषयलाई पनि महत्वका साथ पहिलो पृष्ठमा छापेको छ । 

हेलिकोप्टर दुर्घटनापछि अनेकौं अड्कलबाजी

नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार ताप्लेजुङको पाथीभरा मन्दिर आसपासमा बुधबार मध्याह्न पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान लिएको हेलिकोप्टर दुर्घटनाका विषयमा अनेकौं अड्कलबाजी हुन थालेका छन् ।

स्थानीयले बाटो बिराएका कारण हेलिकोप्टर दुर्घटनामा परेको अनुमान गरेका छन् भने केहीले क्षमताभन्दा बढी वजन बोकेकाले भार थेग्न नसकी हेलिकोप्टर एक्कासि भुइँमा झरेको बताएका छन् । बढी वजन, गलत बाटो र हावाहुरीका कारण करिब ३ हजार मिटर उचाइको तारेभीरमा जहाज ठोक्किएको अड्कल गर्नेहरु थुप्रै छन् ।

सामान्यतया माउन्टेन फ्लाइटमा जाने हेलिकोप्टरले पाँचजनाको भार थेग्न सक्छ । हिमालयन गाइड्स ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक ईश्वरी पौडेलका अनुसार चालकसहित नेपाली नागरिकको हकमा ६ जनासम्मको भार माउन्टेन फ्लाइटका लागि सामान्य हो ।

उनका भनाइमा दुर्घटनाको प्रकृति हेर्दा चालक प्रभाकर केसीले कुहिरो छल्न सिस्नेबाट फुरुम्बुको गढीडाँडातर्फको बाटो समातेको हुनुपर्छ । ‘मेरो विचारमा हावाले सही दिशा लिन नदिएर एकैचोटि तारेभीरतर्फ खसाल्यो’, पौडेलले भने, ‘कुहिरो छल्न सिस्नेको शिरबाट गढीडाँडा हुँदै सुकेटारतर्फको यात्रा सोचेका चालकलाई हावाको वेग र कुहिरो बाधक बने र हेलिकोप्टर मोडाउने क्रममा दुर्घटनामा प-यो ।’

माथिल्लो फेदीका होटल व्यवसायी इन्द्रनारायण भट्टराईका अनुसार हेलिकोप्टरले पाथीभरा मन्दिरबाट सुकेटार वा राजधानी फर्कने यात्राका लागि जहिल्यै सीधै माथिल्लो फेदीको वल्लो छेउबाट विद्युत् तार टाँगेको क्षेत्र हुदै भालुगौंडेको माथिबाट एकैपटक सुकेटारतर्फ यात्रा तय गर्छ । बुधबार दुर्घटनामा परेको हेलिकोप्टरको उडान त्यसभन्दा विपरीत सिस्नेखोलाको शिरतर्फ गएको छ । ‘जुन बाटोबाट हेलिकोप्टर फर्कियो, त्यो गलत थियो । त्यसमा वजन पनि बढी भएको र हावाको वेगका कारण हेलिकोप्टरलाई चालकले सही दिशामा मोडाउन खोज्दा सकेनन्’, भट्टराईले बताए ।

जहाज दुर्घटनालगत्तै दुर्घटनास्थल पुगेका स्थानीय घनश्याम पौडलले हेलिकोप्टरले लिएको गलत दिशा र त्यो क्षेत्रमा हावाको वेग दुर्घटनाका लागि प्रमुख कारण रहेको बताए । ‘सधैंभन्दा अर्कैबाटोमा हेलिकोप्टर गयो । सबै छक्क पर्यौं’, पौडेलले भने, ‘जहाजलाई पहिलाकै स्थानतर्फ मोडाउने क्रममा चालकले प्रयास गरेर उचाइ लिन खोज्दा त्यो सम्भव भएन र हावाको अनियन्त्रित वेगले सीधै तारेभीरमा खसाल्यो ।’ उनले हेलिकोप्टर भीरमा ठोक्किएर नभई एक्कासि झर्दामात्र तारेभीरमा बज्रन पुगेको अनुमान गरेका छन् ।

भारत-पाक युद्धको जोखिम कम  तर, तनाव कायमै

आजको नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार भारत र पाकिस्तानबीच तत्काल युद्धको सम्भावना टरेको छ । 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका पाइलटलाई शुक्रबार रिहा गर्ने बताएका छन् । मंगलबार भारतीय विमानले पाकिस्ताननियन्त्रित कास्मिरमा बम वर्षा गरेको थियो । बुधबार पाकिस्तानले भारतीय विमान खसाएर वायुसेनाका विङ्स कमान्डर अभिनन्दन वर्तमानलाई पक्राउ गरेपछि दुई देशबीच युद्धको खतरा उत्पन्न भएको थियो । 

पाकिस्तानी प्रधानमन्त्रीले बिहीबार शान्तिका लागि आह्वान गर्दै ती पाइलटलाई मुक्त गर्ने बताए । पाइलटलाई शुक्रबार पन्जाबको वागा सीमानाकाबाट मुक्त गरेर घर फर्काइनेछ । 

यससँगै युद्धको खतरा टरेको विश्लेषकहरूले बताएका छन् । ‘युद्धको सम्भावना टरेको छ । तर, तनाव केही समय रहिरहन्छ,’ भारतीय रक्षा विश्लेषक राजीव शर्माले नयाँदिल्लीबाट टेलिफोनमा भने । नेपाली सेनाका पूर्वउपरथी एवं रक्षा विश्लेषक बिनोज बस्न्यातले पनि युद्धको सम्भावना टरेको प्रतिक्रिया दिए । सामरिक मामिला जानकार गेजा शर्मा वाग्लेले युद्धको सम्भावना टरे पनि भारतको आमचुनावसम्मै तनाव जारी रहन सक्ने बताए ।

कास्मिरको पुलवामामा २ फागुनमा ४० भन्दा बढी सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आतंककारी हमलापछि भारत–पाकिस्तानबीचको तनाव आक्रमण–प्रत्याक्रमणको तहमा पुगेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।