शनिबार, वैशाख १५, २०८१

धनगढी उपमहानगरले सबै वडामा अप्टिकल फाइवर बिछ्याउँदै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी – धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउन सुरु गरेको छ। उपमहानगरले सवै १९ वटै वडामा आफ्नै अप्टिकल फाइवर बिच्छ्याउन लागेको हो। मंगलबार उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले अप्टिकल फाइवर बिछ्याउने कार्यको उद्घाटन गरेका छन्। 

इ–गभर्नेन्स सेवालाई प्रवर्धन गर्न र उप–महानगरपालिकाबाट प्रवाह हुने काम कार्वाहीलाई खुला र पारदर्शी बनाउनका लागि आफ्नै अप्टिकल फाइवर बिछ्याउन सुरु गरिएको नगर प्रमुख वडले बताए। ‘कुनै पनि नगर स्मार्ट हुनका लागि सूचना प्रविधिको विकास आवश्यक हुन्छ’ वडले भने, ‘उपमहानगरपालिकाबाट दिने सेवालाई बिस्तारै पेपरलेस बनाउँदै लग्ने छौँ।’ 

फागुन मसान्तसम्म सबै वडामा अप्टिकल जडान गर्ने काम पुरा हुने सफ्टवेयर इन्जिनियर हरीप्रसाद भट्टले जानकारी दिए। जसमा प्राविधिक साझेदारी न्यू आइटी भेन्चरले गरिरहेको छ।

१९ वटै वडामा अप्टिकल फाइवर बिछ्याउन ८५ लाखको स्टीमेट रहेको छ। पहिलो चरणमा उपमहानगरपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य, भेटेनरीमा पुर्‍याउने योजना रहेको मेयर वडले बताए। उपमहानगरले सबै सामुदायिक विद्यालयमा समेत उक्त सेवा पुर्‍याउने लक्ष्य राखेको जनाएको छ। उपमहानगरले योजनाहरुको अनुगमन, मुल्यांक र सुझाव समेत दिन सकिने गरी हाम्रो धनगढी एप्स समेत संचालनमा ल्याएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।