काठमाडौं- आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतका आफ्नो दोस्रो खेलमा नेपालले १ सय २५ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्यटिङ गर्ने निर्णय गरेको थाइलयाण्डले नेपाललाई जितका लागि १ सय २५ रनको लक्ष्य सुम्पेको हो ।
थाइल्याण्डले निर्धारित २० ओर खेल्दै ७ विकेटको क्षतीमा १ सय २४ रन बनायो । थाइल्याण्डका लागि चनिदा सुथिरुङले सर्वाधिक ३५ रन जोडीन् । त्यस्तै निरुमाोल चैवैले ३२, वोङ्पाका लिङ्प्रासेर्टले अविजित २८, नत्तया बोचथमले १२ रन जोड्न बाहेक अन्य खेलाडीको दोहोरो अंक छुन सकेनन् ।
नेपालका लागि कबिता कुँवर र नेरी थापाले समान दुई दुई तथा रुबिना श्रेत्री बेलवाशी र करुना भण्डारीले एक एक विकेट लिए । थाईल्याण्डले गत महिना वुमन्स टी-२० स्म्यास प्रतियोगितामा नेपाललाई ९ विकेटले पराजित गर्दै उपाधि उचालेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४