शुक्रबार, वैशाख १४, २०८१

नेविसंघमा बबन्डर, समानान्तर कमिटी बनाउने तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको नेतृत्व चयनको विवादले जटिल मोड लिएको छ। नैनसिंह महरा नेतृत्वको कमिटीले राजीनामा दिएपछि पार्टी नेतृत्वले विधानलाई उपेक्षा गर्दै तदर्थ समिति बनाउने तयारी गरेपछि विवाद झन् चर्किएको छ। सरोकारवाला पक्षसँग कुनै परामर्श र छलफल नगरी तदर्थ समिति बनाउन लागिएको भन्दै असन्तुष्ट पक्षले समानान्तर समिति गठन गर्ने तयारी गरेको छ।

नेपाल विद्यार्थी संघको परिमार्जित विधानअनुसार ३२ वर्षे उमेर प्रावधान नेपाली कांग्रेसको कार्य समिति बैठकले बहुमतले पारित गरेको थियो।

नेपाल विद्यार्थी संघले सर्वसम्मतिमा तयार पारेको संघीय संरचनाअन्तर्गतको विधान नेपाली कांग्रेस कार्यसमितिले तोडमोड गरी पारित गरेकोप्रति स्वयं विद्यार्थी संघ असन्तुष्ट छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह तथा कृष्णप्रसाद सिटौलाले विरोध गर्दै आएका छन्।

आफू निकटका नेतालाई तदर्थ समितिमा घुसाउन विधान मिच्ने तयारी भएपछि असन्तुष्ट समूहले विधान संरक्षणका लागि समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचनद्र पौडेल, उपसभापति विमलेन्द्र निधि, सहामहामन्त्री प्रकाशशरण महत, सभापति पत्नी आरजु देउवाले आफू निकटका नेतालाई तदर्थ समितिमा ल्याउने रस्साकस्सीका कारण गत पुस ९ गतेदेखि जारी केन्द्रीय कमिटी बैठकले विघटित नेपाल विद्यार्थी संघको बारेमा निर्यय गर्न सकेको छैन।

सभापति देउवा पक्षीय नेता विमलेन्द्र निधि, बालकृष्ण खाँड, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, किशोरसिंह राठौर तथा आरजू देउवाले आफू निकटका छुट्टाछुट्टै चारजना नेतालाई बोक्न थालेपछि स्वयं सभापति देउवा अप्ठ्यारोमा परेका छन्।

नेपाली कांग्रेस संस्थापन पक्षबाटै विधानविपरीत उमेर हद काटेका नेतालाई तदर्थ समितिमा ल्याउने रस्साकस्सी बढेको छ। उपसभापति विमलेन्द्र निधि तथा नेता बालकृष्ण खाँडले सरोज थापालाई अगाडि सारेका छन् भने सहमहामन्त्री प्रकाशशरण महत तथा नेता किशोरसिंह राठौरले ऋषिकेशजंग शाह, ज्ञानेन्द्र कार्कीले राजीव ढुंगाना र आरजूले पुष्प शाहीलाई तदर्थ समितिको अध्यक्षका लागि लङिङ सुरु गरेका छन।

वरिष्ठ नेता रामचन्द्र पौडेल ११ औं महाधिवेशनमा अध्यक्षका प्रतिद्वन्द्वी मनोजमणि आचार्यलाई तदर्थ समितिको अध्यक्ष दिनुपर्ने अडानमा छन्। नेपाली कांग्रेसका शीर्ष नेताले बोकेका सबै ३२ वर्ष उमेरहद काटिसकेका छन्। संशोधिन विधानअनुसार ३२ वर्ष काटेका कुनै पनि विद्यार्थीलाई तदर्थ समितिमा ल्याउन मिल्दैन।

नेता कृष्ण सिटौला भने नेपाल विद्यार्थी संघको विधानअनुसार तदर्थ समिति गठन गर्दा ३२ वर्षे उमेरहद लागू हुनुपर्ने अडानमा छन। कुनै पनि बहानामा विधान मिचे त्यसको कडा प्रतिवाद गर्ने उनी पक्षीय विद्यार्थीको तयारी छ।

तदर्थ समितिलाई अधिवेशन गराउन जिम्मेवारी दिने भनिए पनि समयमै निवाचन नगर्ने षड्यन्त्र नेतृत्वबाटै चलखेल सुरु भएको भन्दै विद्यार्थीहरू आक्रोशित बेनेका छन।

कांग्रेस केन्द्रीय कार्य समिति बैठकबाटै बहुमतले पारित संघको विधानविपरीत ३२ वर्षे उमेरहद मिचे त्यसको कडा प्रतिवाद गर्दै समानान्तर केन्द्रीय समिति गठन गर्ने तयारी असन्तुष्ट पक्षको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।