शनिबार, वैशाख १५, २०८१

सुदूरपश्‍चिम प्रदेश : कानुन निर्माणमै बित्यो एक वर्ष

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले ३ वटा ‘का’ लाई आफ्नो एक वर्ष अवधिको मुख्य उपलब्धि ठानेको छ। सरकार गठन भएको एक वर्षको प्रगति विवरण आइतबार सार्वजनिक गर्दै प्रदेश सरकारले कार्यालय व्यवस्थापन, कानुन निर्माण र तिनको कार्यान्वयन गरी मुख्य तीन वटा कामलाई मुख्य उपलब्धि रहेको जनाएको छ।

मुख्यमन्त्री त्रिलोचन भट्टले पहिलो प्रदेश सरकार भएकाले सबै मन्त्रालयका कार्यालयको आफैं व्यवस्थापन गर्नुपरेको बताए। ‘सरकार सञ्चालनका लागि विभिन्न ऐन कानुनको निर्माण गर्नु र ती ऐनकानुनको कार्यान्वयन गर्नु नै एक वर्षको मुख्य उपलब्धि हो’, भट्टले भने, ‘समग्रमा एक वर्ष संघीयताको कार्यान्वयनका साथै सिकाइका रुपमा बितेको छ।’ संघीयता नौलो अभ्यास भएकाले सरकारले थप अनुभव र ऊर्जा प्राप्त गरेको र सरकार दुरगामी सोचका साथ अगाडि बढेको भट्टले बताए। पर्याप्त दक्ष जनशक्तिका अभावमा पनि योजना निर्माण र प्रदेशको खाका कोर्ने काम गरिएको र विकासको आधार तयार पारिएको प्रदेश सरकारको मुख्य उपलब्धिका रुपमा लिइएको छ। पूर्वाधार विकास सम्भाब्यता अध्ययन, योजना निर्माण, छलफल र अन्तरप्रदेश समन्वय वैठकलाई नै सरकारले महत्त्वका साथ प्रस्तुत गरेको छ।

मुख्यमन्त्री भट्टले प्रतिकूल परिस्थितिमा पनि सरकारले सन्तोषजनक काम गरेको दाबी गरे। सुरुको वर्ष सिकाईकै रुपमा रहेकाले जनताको अपेक्षाअनुसार काम हुन नसकेकेको उनको भनाइ छ। यो अवधिमा प्रदेश सरकारले सुदूपश्चिम प्रदेशको रणनीतिक महत्त्वको खुटिया–दिपायल फास्ट ट्र्याक निर्माण प्रक्रियालाई थालनी गरेको उनले बताए। यसका साथै अन्य प्रदेश गौरबका योजना छनोट, युवा लक्षित स्वरोजगारमूलक कार्यक्रम, मुख्यमन्त्री कृषि कार्यक्रम, प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता, कृषि यान्त्रिकरण कार्यक्रम, कृषि सहकारी अनुदान कार्यक्रम प्रदेश सरकारले मुख्य उपलब्धिका रुपमा लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।