शुक्रबार, वैशाख १४, २०८१

६ महिनामा पौने ७ खर्ब व्यापार घाटा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-चालु आव ०७५/७६ को गएको ६ महिनामा विभिन्न मुलकहरुसँग भएको व्यापारमा नेपाललाई पौने ७ खर्ब घाटा भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मुलुकमा ७ खर्ब २३ अर्ब ९४ करोड रुपैयाँको आयात हुदा निर्यात भने ४५ अर्ब ४१ करोड रुपैयाँको मात्रै भएको हो।

मुलकलाई गएको ६ महिनाको अबधिमा ६ खर्ब ७८ अर्ब ५३ करोड रुपैयाँ घाटा व्यापार घाटा भएको छ। समिक्षा अवधिमा निर्यातभन्दा आयात ६ गुणा बढी देखिन्छ। 
बैंकको तथ्यांक अनुसार गएको ६ महिनामा गत आवकोभन्दा ३०.५ प्रतिशतले आयात बढेको छ। अघिल्लो आवकोभन्दा गएको आवमा १९.४ प्रतिशत मात्रै आयात बढेको थियो। 

सबैभन्दा बढी चीनबाट ४२. ९ प्रतिशत विभिन्न वस्तुहरु आयात भएको देखिन्छ। त्यसपछि भारतबाट २८.७ प्रतिशत, अन्य मुलकबाट २८.४ प्रतिशत भित्रिएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, तयारी पोशाक, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायत आयात गरिएको छ।

त्यस्तै ६ महिनाको अबधिमा कुल वस्तु निर्यात १०.३ प्रतिशतले बढेको छ। गएको वर्ष सोही अबधिमा यस्तो निर्यात अझ बढी १३.५ प्रतिशतले बढेको थियो। गनतव्यको आधारमा भारततर्फ १८.४ प्रतिशत र अन्य मुलुकतर्फ २.७ प्रतिशत निर्यात बढेको छ भने चीनतर्फ २९.५ प्रतिशत कमी आएको बैंकको तथ्यांकमा देख्न सकिन्छ।

बैंकअनुसार पोलिष्टिर यार्न, जस्तापाता, जडीबुटी, ऊनी गलैंचा लगायत निर्यात बढेको छ भने अलैंची, छाला, जुत्ता तथा चप्पल, आयुर्वेदिक औषधीका सामान लगायत वस्तुहरुको निर्यात घटेको छ।

समिक्षा अबधिमा खुद सेवा आय ९ अर्ब ४५ करोड रुपैयाँले घाटामा गएको छ। गएको वर्षको सोही अबधिमा त्यस्तो घाटा एक अर्ब ४२ करोड रुपैयाँ मात्रै थियो। सेवा खाताअन्तर्गत पर्यटन आय गएको छ महिनामा ८.१ प्रतिशत वृद्धि भएर ३६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। गएको आर्थिक वर्षको सोही अबधिमा त्यस्तो आय ३३ अर्ब ७५ करोड रुपैयाँ मात्रै थियो।

सेवा खाताअन्तर्गत पर्यटन व्यय समिक्षा अवधिमा ३०.८ प्रतिशले वृद्धि भइ ४७ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। जसमध्ये शिक्षातर्फको खर्च २५ अर्ब ५९ करोड रुपैयाँ रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्