शनिबार, वैशाख १५, २०८१

धनुषामा स्वास्थ्य बीमा आरम्भ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- नेपाल सरकार तथा स्वास्थ्य बीमा बोर्डले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम धनुषामा पनि लागु भएको छ। उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पूर्वस्थास्थ्य राज्यमन्त्री रामसिंह यादव र जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहलाई स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरेका हुन्।

मंगलबार जनकपुरमा बीमा शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री यादवले नेपालजस्तो अल्पविकसित मुलुकमा सबैले स्वास्थ्योपचार पाउनु चुनौती रहेको भन्दै सरकारले विपत्र परिवारलाई लक्षित गरी यो कार्यक्रम लागु गरेको बताए।

हुनेखानेले स्वास्थ्योपचार गराइरहेपनि विपन्न परिवार अझै समस्यामा रहेको भन्दै उनीहरुको प्रिमियम सरकरले नै तिर्ने व्यवस्था गरिएको मन्त्री यादवले जानकारी दिए।

यादवले हाल सरकारी अस्पतालसँग बीमा सम्झौता गरिएपनि निकट भविष्यमा नीजि अस्पतालसँग समेत सम्झौता गर्नेबारे छलफल चलि रहेको बताए। गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न स्वास्थ्य बीमा कार्यक्रमले ठुलो सहयोग गर्ने उनको विश्वास थियो।

यसअघि ३६ जिल्लामा लागु भइसकेको स्वास्थ्य बीमा कार्यक्रम ३७ औं जिल्लाको रुपमा धनुषामा लागु भएको स्वास्थ्य बीमा बोर्डका कार्यकारी प्रमुख रमेशकुमार पोखरेलले जानकारी दिएका छन्। प्रति वर्ष २ हजार ५ सय प्रिमियम भरेकाले बीमा कार्डको आधारमा मुलुकको जुनसुकै सरकारी अस्पतालबाट ५० हजारसम्मको निःशुल्क उपचार पाउन सक्ने उनले बताए।

स्वास्थ्य बीमाको सुविधा पाउन पाँचजना सदस्य रहेको परिवारले प्रति वर्ष २ हजार पाँच सय प्रिमियम बुझाउनु पर्ने हुन्छ। अतिरिक्त सदस्यले ४२५ रुपैयाँको दरले प्रिमिय बुझाउनु पर्ने बताइएको छ। स्वास्थ्य विमा कार्यक्रम बीमा गर्ने जुनसुकै व्यक्तिले कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।