शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सचिव कुटपिट प्रकरण : ‘हाइप्रोफाइल’ घटनाको प्रतिवेदन तयार पार्न सकस

सचिव कुटपिट प्रकरण : ‘हाइप्रोफाइल’ घटनाको प्रतिवेदन तयार पार्न सकस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – प्रदेश २ का उद्योग, वन तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झा उपर कुटपिट भएको एक महिना पुग्दै छ । २९ पौषमा सचिव झालाई प्रदेश २ का आर्थिक योजनामन्त्री विजय यादवले आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेको आरोप लागेको छ।

घटना भएलगत्तै प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा छानबिन समिति गठन गर्‍यो। र, घटनाको छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न सरकारले समितिलाई निर्देशन दिएको थियो।

छानबिन समितिका संयोजक मन्त्री यादवले यसअघि माघ १४/१५ गतेसम्म प्रतिवेदन सार्वजनिक गरिने दाबी गरेका थिए। घटनाका मुख्य आरोपी भनिएका अर्थमन्त्री जनकपुर बाहिर रहेकाले प्रतिवेदनलाई अन्तिम रुप दिन ढिलाई भएको उनले बताएका थिए। तर, समितिका संयोजक यादवले भनेअनुसार थप दुई सप्ताह बिति सक्दापनि प्रतिवेदन सार्वजनिक हुन सकेको छैन्।

घटनाको एक महिना हुन लाग्दासमेत समितिले प्रतिवेदन पेश गर्न सकेको छैन्। कानुनमन्त्री यादव संयोजकत्वको समितिले अन्तिम रुप दिन नसक्दा प्रतिवेदन पेश गर्न ढिलाई भएको हो। हाइप्रोफाइल ब्यक्तिहरुसँग जुडेको घटना रहेकोले प्रतिवेदन तयार पार्न सकस परेको बताइएको छ।     

छानबिन समितिले हालसम्म प्रतिदेनलाई निष्कर्षमा पुर्‍याउन नसकेको एक सदस्यले बताएका छन्। छानबिन समितिले प्रतिवेदन तयार गरिसकेको कुरा बाहिर आएपनि त्यसमा कुनै सत्यता नरहेको ती सदस्यले भने,‘समितिका सदस्यहरुले हालसम्म प्रतिवेदनलाई अन्तिम रुप दिनबारे छलफलसमेत गर्न सकेका छैनन्।’

‘सदस्यहरुको बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिनुपर्ने हुन्छ,’ ती सदस्यले भने,‘प्रतिवेदनलाई टुंगो दिनबारे समितिको बैठक बस्न सकेको छैन्।’ बैठक बसेरमात्रै प्रतिवेदनलाई अन्तिम रुप दिइने उनले बताए।

छानबिनको क्रममा के भेटियो नेपाल समयको जिज्ञासामा उनले भने,‘हामीले सबैसँग सोधपुछ गरेका छौं। सबै जनाले आ–आफ्ना कुराहरु भन्नु भएको छ। सबैका भनाइहरु एक ठाउँमा राखेर अन्तिम टुंगो दिइने छ।’

समितिका संयोजक कानुनमन्त्री यादवले पनि घटनाको प्रतिवेदन तयार भइ नसकेको जनाएका छन्। ‘केहि प्राविधिक कारणहरुका कारण प्रतिवेदन तयार पार्न ढिलाइ भएको छ,’ मन्त्री यादवले भने,‘समितिका सदस्यसमेत रहेका मुख्य सचिव जनकपुर बाहिर रहेकाले प्रतिवेदनलाई अन्ति रुप दिन सकिएको छैन्।’ आफूहरु प्रतिवेदन तयार गर्ने क्रममा रहेको बताउँदै मन्त्री यादवले दुई दिनभित्र छानबिन समितिको प्रतिवेदन सार्वजनि गरिने दाबी गरे।

छानबिन समितिले कुटपिटको आरोप लागेका अर्थ मन्त्री विजय यादव, सचिव झा, घटनाका प्रत्यक्षदर्शी सभामुख सरोज यादव, प्रदेशसभा सदस्य उपेन्द्र महतोलगायतका व्यक्तिहरुसँग सोधपुछ गरेको छ। सोधपुछका क्रममा मन्त्री यादवले आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको बताएका छन् भने सचिव झाले मन्त्री यादवले आफूलाई कुटपिट गरेको बताएको बुझिएको छ। यसैगरी सभामुख यादव, प्रदेशसभा सदस्य महतोलगायतका ब्यक्तिहरुले दुबै जनाबीच सामान्य भनाभनर धक्कामुक्कीमात्र भएको बताएको छानबिन समिति स्रोतले जनाएको छ।

गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम सञ्चालन गर्न १ सय ९३ गैरसकारी संस्थाले आशयपत्र बुझाएका थिए। जसमध्ये अङ्कको आधारमा ४३ वटा गैरसरकारी संस्था छनौट सूचीमा पर्‍यो। तर, अर्थमन्त्री यादवले सिफारिस गरेको गैरसरकारी संस्था छनौटमा परेन। आफूले सिफारिस गरेको एनजीओ छनौटमा नपरेको निहुँमा मन्त्री यादवले कुटपिट गरेको सचिव झाको आरोप छ।

अख्तियारले सुरु गर्‍यो उद्यम कार्यक्रमको अनुसन्धान

गरिबी निवारणका लागि प्रदेश २ मा सञ्चालन हुने लघु उद्यम विकास कार्यक्रममा आर्थिक अनियमितता भएको आशंकामा अख्तियारले छानबिन शुरु गरेको छ। प्रदेश सरकारमार्फत कार्यक्रम सञ्चालन गर्न छनौट गरिएका गैरसरकारी संस्थाहरुको फाइल झिकाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले छानबिन शुरु गरेको हो।

कार्यक्रम सञ्चालनका लागि सिफारिस गरेको गैरसरकारी संस्था छनौटमा नपरेको भन्दै प्रदेश २ का अर्थमन्त्री यादवले सचिव झालाई कुटपिट गरेको आरोप छ। आर्थिक चलखेलका कारण मन्त्री यादवले सचिव झालाई कुटपिट गरेको भन्दै अख्तियारमा उजुरी परेको बताइएको छ। उद्यम कार्यक्रमसँग सम्बन्धित सबै फाइल पठाउन अख्तियारले १६ माघमा पत्राचार गरेको बताइएको छ।

गैरसरकारी संस्थामार्फत प्रदेशका ८ जिल्लामा ८ करोड रुपैयाँ बजेट रहेको उद्यम कार्यक्रम उद्योग, वन तथा वातावरण मन्त्रालयमार्फत सञ्चालन गर्ने प्रदेश सरकारको तयारी थियो । तर सचिव कुटपिट प्रकरणपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले उद्यम कार्यक्रमको सबै प्रक्रिया तत्काल स्थगित गर्ने निर्णय गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।