शुक्रबार, वैशाख १४, २०८१

 माघ २६ : भिमलाइ शेरधनले ‘जुनियर’ बनाएको दिन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी- गत वर्ष आजकै दिन प्रदेश १ को सत्तारुढ दल एमालेमा नयाँ राजनितिक कोर्ष खडा भएको थियो। ९३ सांसद भएको प्रदेश सभामा बहुमत ल्याउने दलको नेता  मुख्यमन्त्री हुने संवैधानिक व्यवस्था अनुसार जसले संसदीय दलमा जित्छ उही मुख्यमन्त्री हुने अवस्था थियो। 

५१ सदस्य एमालेको संसदीय दलमा जो संसदीय दलको नेता हुन्थ्यो, उहि मुख्यमन्त्री विजयी भएझैं हुने अवस्था थियो। त्यहि भएर गत वर्षको माघ २६ मा तत्कालीन एमालेको प्रदेश संसदीय दलको नेताको मात्रै चयन हुने दिन थिएन। प्रदेश १ को पहिलो मुख्यमन्त्रीमा भिम आचार्य र शेरधन राईमा को छान्ने भन्ने ऐतिहासिक जनमत संग्रह पनि थियो।
 
तत्कालीन नेकपा एमालेका सचिव  तथा स्थायी समिति सदस्य भिम आचार्यलाइ हराउँदै पोलिटव्युरो सदस्य मात्रै रहेका शेरधन राईले प्रदेश संसदीय दलको चुनाव जितेका थिए। बाहिरिरुपमा एमालेको संसदीय गणितमा हरेक हिसाबमा भिम आचार्य अघि देखिन्थे। तर, बाजी मारे शेरधनले। प्रदेश १ का इन्चार्ज अर्थात आफ्ना भनेर छानीछानी टिकट दिएका आचार्य आफूले संसदीय दलको चुनाव नजित्ने सोचेकै थिएननु।
 
प्रत्यक्ष निर्वाचित सांसदहरुमा हाराहारी भएपनि समानुपातिकमा आफ्नो एकछत्र भएको आचार्यको अनुमान विपरितको नतिजा आएको थियो। ५१ जनाको संसदीय भोटिङमा शेरधन राईले २६ पाए। भिम आचार्यको २४ आयो। १ भोट बदर भयो।  पार्टीमा सिनियर आचार्यलाई राईले २ मतले जितेर संसदीय दलमा भने ‘जुनियर’ बनाइदिए।
 
भिम आचार्यको जित सुनिश्चित हुने भन्दै अधिकांशले फूलमाला ल्याएर विराटनगरको जिल्ला समन्वय समिति भवनमा पुगेका थिए। तर, भिम आचार्यको अप्रत्यात्सित हार आएपछि उनीहरुले फूलमाला समेत ननिकालेको संसदीय चुनावलाइ प्रत्यक्ष हेरेका पूर्वं सांसद रेवतीमरण भन्डारी बताउँछन। उनी भन्छन, ‘भिम आचार्य मात्रै नेता देख्नेहरुले शेरधनलाइ जितको माला लाउन सकेनन्। गुटले काम गर्यो।’

भिम आचार्य गुटका कारण नभएर व्याक्तिगत कारणले संसदीय दलमा हारेको भन्डारी बताउँछन। उनी भन्छन, ‘उहाँ आफैं प्रदेश इन्चार्ज, टिकट बाँड्ने उहाँ नै र यत्ति हुँदा नि आफैले टिकट दिएकाले भोट दिएनन्। सायद  टिकट बितरणमा पैशा लिएको जस्ता मिडियामा आएका कुराहरु केहि भए होला।’

शेरधनसँग हारेपछि आचार्य सदनमा निक्रिय, पार्टीमा सक्रिय

२०७४ माघ २६ गते शेरधन राईसँग संसदिय दलमा हारेपछि भिम आचार्य प्रदेशसभामा आउदैनन्। संसदीय दल चयन नभइ ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीको अध्यक्षतामा बसेको प्रदेशसभाको पहिलो बैठकमा २०७४, माघ २२ मा बोलेका उनी संसदिय दलको चुनावपछि बोलेका छैनन्। न त उनी कुनै संसदिय समितिमै छन्। 

केही महिना अघि भएको संसदीय दलको बैठकमा नाम र  स्थायी राजधानीको बहस हुँदा विराटनगरको फुड एन्ड फन रिसोर्टमा देखिएका थिए आचार्य। प्रदेश सदनमा भने आचार्य नआउने नेकपाकै एक सांसद बताउँछन्।
 
‘संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक सबै आफूभन्दा जुनियर आएकाले संसदमा निक्रिय र पार्टीमा सक्रिय हुनुहुन्छ’, नाम छाप्न अस्विकार गरेका त्यी सांसदले भने, ‘पार्टीमा सिनियर नेता सदनमा जुनियर हुँदा असहज भएकोले त्यस्तो हुनसक्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।