शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • शनिबार पनि झरीको मनपरी : टेलिफोन अवरुद्ध, एफएम रेडियो प्रभावित

शनिबार पनि झरीको मनपरी : टेलिफोन अवरुद्ध, एफएम रेडियो प्रभावित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- तीन दिनदेखिको वर्षा र हिमपात देशभर जारी छ। बुधबारदेखि बदली भएको मौसममा शनिबार पनि सुधार हुन नसक्दा उच्च भूभागमा हिमपात भएको छ तराईमा वर्षात भएको छ। 

सोलुखुम्बुसहित पूर्वीपहाडी जिल्लाको अधिकांश उच्च भूभागमा बर्सातसँगै हिमपात भएको छ। सल्लेरीबाट देख्न सकिने डाँडाकाँडा हिउँले सेताम्य भएको छ। चिसोका कारण जनजीवन प्रभावित भएको छ । जनजीवन कष्टकर भए पनि पानी र हिमपात भएका कारण किसान भने हिउँदे बाली सप्रने भन्दै खुशी भएका छन्। माघमा परेको पानी बालीनालीका लागि निक्कै राम्रो हुने थुलुङदूधकोशी-७ का कृषक रिद्धिबहादुर केसीले बताए। केसीले भने, “पानी पर्‍यो, वस्तुभाउ, बूढाबूढी, केटाकेटी प्रभावीत भए पनि किसानका लागि हर्षको कुरा हो।” मौसम विभागले शनिबारसम्म देशभरिको मौसम बदली हुने मौसमविद् सुवास रिमालले जानकारी दिए। 

टेलिफोन सेवा अवरुद्ध 

हावाहुरीका कारण जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको छ। दिउँसो आएको हावाहुरीले सोलुखुम्बुको पत्तालेस्थित नेपाल टेलिकमको एन्टेनामा असर पारेपछि फोन सेवा प्रभावित भएको नेपाल टेलिकम सल्लेरीका प्रमुख श्याम कठायतले जानकारी दिए। 

हावाहुरीका कारण टेलिकमको ल्याण्डलाइन, नमस्ते, स्काईलगायत टेलिफोनमा टावर आउने जाने भइरहेको छ। नेटवर्क देखाउने गरे पनि फोन सम्पर्क नहुने सेवाग्रही सृजना खत्रीले बताए। 

जिल्ला सदरमुकाम क्षेत्रको मुख्य टावर रहेको पत्तालेमा हिमपात तथा तीव्र गतिको हावाका कारण सम्पर्कविच्छेद भएको हो। मर्मतपश्चात् मात्र फोन सेवा सञ्चालन हुनसक्ने सल्लेरी प्रमुख कठायतको भनाइ छ । 

एफएम रेडियो प्रभावित 

हावाहुरीका कारण सल्लेरी च्याल्सा विद्युत् कम्पनीको सेवासमेत प्रभावित बनेको छ। जिल्ला सदरमुकामसहित आसपासका करीब एक हजार ६०० घरधुरीलाई विद्युत् सेवा प्रदान गर्दै आएको कम्पनीको सेवा आज दिनैभरि प्रभावित बनेको हो। विद्युत् आउने–जाने भएपछि यहाँ सञ्चालित एफएम रेडियोको सेवासमेत प्रभावित बनेको सञ्चारमाध्यमले जनाएको छ।

हिमपातले कर्णालीमा पानीको बहाव घट्यो

लगातार हिमपात भएपछि जिल्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिकाको तुम्कोटस्थित कर्णाली नदीमा पानीको बहाव घटेको छ। 

नाम्खा गाउँपालिका– ६ लिमीबाट कर्णालीमा पानीको बहाव घटेको प्रहरी नायब उपरीक्षक रबिनकुमार श्रेष्ठले जानकारी दिए। “के कति कारणले पानीको बहाव घटेको हो, कुनै जानकारी छैन”, उनले भने। उनले यसबारे मुचु–६ तुम्कोटस्थित प्रहरी चौकीमा कार्यरत प्रहरीसँग जानकारी लिने काम भइरहेको बताए। “बाक्लो हिमपातका कारण पानीको बहाव घटेको हुनसक्छ”, श्रेष्ठले भने।
 
हावाहुरीले छात्रवासको छाना उडायो 

जिल्लामा बिहीबार रातिदेखि चलेको हावाहुरीले सिमकोटस्थित सहारा समूहको छात्रवासको छानो उडाएको छ। छात्रवासमा ५७ फरक क्षमता भएका बालबालिका बसोबास गर्दै आएका छन्। 

हावाहुरीले १२ कोठे भवनको छाना उडाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले हिउँ पन्छाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। यस्तै हावाहुरीले मानसरोवर माविको छानोसमेत उडाएको प्रधानाध्यापक अमरबहादुर शाहीले बताए। 

रातले छेकेन दामनमा हिउँ खेल्न

भारी वर्षासँगै मकवानपुरको उच्च पहाडी क्षेत्रमा शुक्रबार साँझदेखि हिमपात भएको छ। 

मकवानपुरको उच्च पहाडी क्षेत्र दामन, सिमभञ्ज्याङलगायतका भूभागमा हिमपात भएको हो। हिमपात अघि त्यस क्षेत्रमा ठूलो असिना पानी परेको थियो। हिमपात भएसँगै पर्यटकीय क्षेत्र दामन पुगेको पर्यटक तथा स्थानीय हिउँ खेलेर रमाइरहेका छन्। 

पहिलोपटक दामन पुग्ने बित्तिकै हिउँ खेल्न पाउँदा निकै आनन्द लागेको त्यहाँ पुग्नुभएका सर्जिकल एशोसिएशन अफ नेपालका अध्यक्ष रमन कायस्थले बताए। यस वर्ष दामनमा चौथो पटक हिउँ परेको एभरेष्ट पानारोमा होटलका कर्मचारी तुलसी घिमिरेले बताए। 

दुई दिनदेखिको बद्लीसँगै दामनलगायत उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना देखेपछि राजधानीबाट थुप्रै पर्यटक हिउँ खेल्न भनेर दामन पुगेका छन्। दामनमा हिउँ खेल्ने पर्यटकको भीडनै लागेको छ । दामन पुगेका पर्यटक रात परे पनि हिमपात भएपछि रातको प्रवाह नगरी होटलको आँगन, सडकमा निस्केका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।