शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपा कार्यदलको बैठक : बादलको प्रतिवेदन पारित होला त आज ?

नेकपा कार्यदलको बैठक : बादलको प्रतिवेदन पारित होला त आज ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - एकीकरण प्रक्रियालाई टुंगो लगाउन नेकपा स्थायी समितिले गठन गरेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ। बैठक शुक्रबार २ बजेका लागि बोलाइएको छ।

कार्यदलको बिहीबारको बैठकमा संयोजकसमेत रहेका रामबहादुर थापा बादलले तीन पृष्ठ लामो प्रतिवेदन सदस्यहरुलाई वितरण गरेका थिए। त्यसपछि बैठकमा विवाद लम्बिएको थियो। प्रतिवेदन हातमा परेपछि सदस्यहरूले यो कसको प्रतिवेदन भन्दै बैठकमा आपत्ति जनाएका थिए। त्यसपछि यसलाई अध्ययन गर्न समय चाहियो भन्दै बादल र महासचिव विष्णु पौडेलबाहेक सबैले समय मागेका थिए।

स्रोतका अनुसार शुक्रबारको बैठकमा बहुमत सदस्यले थापाको प्रतिवेदनप्रति असहमति जनाउँदै फरक प्रतिवेदन बुझाउने तयारी गरेका छन्।

स्रोतका अनुसार अध्यक्षद्वयसँग परामर्श गरेर बादलले यो प्रतिवेदन कार्यदलमा लगेका हुन्। बैठकमा सदस्यहरुले कार्यदल असफल भएको प्रतिवेदन नबुझाउने अडान लिएपछि शुक्रबार फेरि बैठक बस्‍ने गरी स्थगित भएको थियो।

नेतृत्वले माइनस गरेको भन्दै बिहीबार सदस्यहरुबीच विवाद भएपछि कुनै निष्कर्ष निस्किएन। नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टी एकता कार्यदलको बैठकमा सदस्यहरूले नेतृत्व तानाशाही हुन खोजेको, स्थायी समितिलाई सचिवालय र सचिवालयलाई अध्यक्षद्वय केपी ओली र प्रचण्डले सञ्चालन गर्न खोजेको आरोपपछि डेढ घन्टा छलफलमा जुटेको कार्यदलको बैठक बिनानिष्कर्ष सकिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।