शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्री राउतले सिंहदरबारमा बस्‍नेलाई 'लुटेरा र दलाल' भनेपछि...

मुख्यमन्त्री राउतले सिंहदरबारमा बस्‍नेलाई 'लुटेरा र दलाल' भनेपछि...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- केपी ओली नेतृत्वमा सरकार गठन भएकै मितिदेखि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको सम्बन्ध राम्रो दखिएको छैन्। राउतले दिने गरेका अधिकांश अभिव्यक्तिहरु संघीय सरकारसँग टकराव लिने उद्दश्यले अभिप्ररित हुने गरको छ। आन्तरिक  सम्बन्ध जे जस्तो भएपनि बाहिरी रुपमा संघीय र प्रदश २ सरकारबीचको सम्बन्ध सार्‍है राम्रो नरहेको प्रष्ट बुझ्न सकिन्छ।

संघीय सरकारले असहयोग गर्दै आइरहको मुख्यमन्त्री राउतले प्रायः हरक मञ्चबाट भन्‍ने गरेका छन्। वैचारिक र सैद्धान्तिक रुपले फरक पार्टी रहेकोले एक अर्काको विरोध गर्नु  स्वभाविक पनि हुनसक्छ राजनीतिमा। तर, संघीय सरकारलाई लक्षित गरी राउतको पछिल्लो अभिव्यक्ति अहिले विवादित बनको छ।

सिंहदरबारमा ‘लुटेरा’ र ‘दलाल’ बस्ने गरको मुख्यमन्त्री राउतको पछिल्लो अभिव्यक्तिले नेकपाभित्र खैलाबैला मचाएको छ। कही दिनअघि वीरगंजको एक  कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले सिंहदरबारमा बस्नेहरु लुटेरा हुन् भनेका थिए।

वीरगंजपछि प्रदशसभा सचिवालयले आयोजना गरको वार्षिकोत्सव कार्यक्रममा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई लक्षित गरी पार्टीको ‘दलाल’  को संज्ञा भिडाए। सार्वजनिक रुपमै राउतले यस्तो विवादित अभिव्यक्ति दिएपछि संघीय सरकारमा सत्ता साझेदारसमेत रहको राउतको पार्टी संघीय समाजवादी फोरम र नेकपाबीच तिक्तता बढेको विश्लषण हुन थालको छ।

संघीय सरकारमा उपप्रधान एवं स्वास्थ्यमन्त्री सम्हालेका फोरम अध्यक्ष उपेन्द्र यादव र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीबीच सम्बन्ध चिसिएकोले राउत यसरी खनिन थालको एकथरीको विश्लेषण छ।

कतिपयले आफु चोखिने र जनतामाझ लोकप्रियता हासिल गर्न राउत बेलाबेला नेकपा नेतृत्वको सरकारको विरोध गर्दै हिँडको विश्लेषण गर्ने गरेका छन्। सिंहदरबारमा बस्ने सबै लुटरा नै हुन् भने उपप्रधान एवं स्वासथ्यमन्त्री रहेका राउतकै पार्टी अध्यक्ष उपेन्द्र यादव के भए कतिपयल प्रश्न तेर्साउन थालेका छन्। मुख्यमन्त्री राउतले संघीय सरकारप्रति टिप्पणी गर्दा संसदीय मार्यदाविपरित शब्द प्रयोग गरको राजनीतिक विश्लेषक सुरन्द्र लाभ बताउँछन्।

‘मुख्यमन्त्री जस्तो पदमा बसेका व्यक्तिले भद्र भाषाको प्रयोग गर्नुपर्न हुन्छ,’ नेपाल समयसँग कुरागर्दै लाभले  भने,‘शब्द  चयनमा मुख्यमन्त्रीज्यूले त्रुटी गर्नु भएको छ।’केही दिनअघिमात्र सिंहदरबारसँग आफैं २९ बुँदे सम्झौता  गरेर मुख्यमन्त्री राउतल त्यहाँ बस्नेहरु ‘लुटरा’हुन भन्नु अशोभनीय कुरा भएको लाभले बताए। 
‘आफ्नो कमजोरी लुकाउन अर्कोको विरोध गर्नु राजनीतिमा हुने गरको छ,’ लाभले भने,‘जनतासामु लोकप्रिय बन्‍न मुख्यमन्त्रीले कन्द्रप्रति आक्रोश व्यक्त गरको हुनु पर्दछ।’

यता प्रदश २ को प्रमुख प्रतिपक्षी दल नेकपाका प्रमुख सचेतक सुन्दर विश्वकर्माले आफूहरुले यस विषयलाई प्रदशसभामा उठाउने बताएका छन्। मुख्यमन्त्रीले राजनीतिक र संसदीय मर्यादाविपरित अभिव्यक्ति दिएको भन्दै विश्वकर्माले अरुलाई सम्मान गर्ने परम्पराको विकास गर्न सुझाव दिएका छन्। ‘सिंहदरबारमा मुख्यमन्त्रीज्यूको पार्टी अध्यक्ष पनि बस्नु हुन्छ,’ विश्वकर्मा भन्छन्,‘के उहाँको पार्टी अध्यक्षपनि लुटेरा नै हुन् त?’

मुख्यमन्त्रीको शब्द चयन यस्तै रहने हो भन भोलिका दिनमा वडाध्यक्षहरुले उहाँलाई पनि लुटेरा र दलाल भन्न बेर नलगाउने उनको भनाइ  छ। अरुलाई नराम्रो देखाएर आफू राम्रो भइन्न,’ उनले भने,‘मालपोत देखाएर, नागरिकता दिन्छु भनेर जनतालाई ठग्ने काम मुख्यमन्त्रीले बन्द गर्नुपर्दछ। राजनीतिक चरित्र दखाउन उहाँसँग मरो आग्रह छ।’ 

‘सघीय सरकारको सभामुख वा सिंहदरबारसँग कुनै विमति भए, त्यो कुरा संघीय संसदमा उठाउनु पर्दछ,’ विश्वकर्माले भन,‘उहाँको पार्टी अध्यक्ष स्वयं उपप्रधानमन्त्री हुनुहुन्छ, संसदमा सांसदहरु पनि छन्। संघीय संसदमा कुरा राख्‍दा हुन्छ। प्रदेशमा अनावश्यक कुरा बोल्नुको कुनै तुक छैन्।’

मुख्यमन्त्री राउतको पछिल्ला अभिव्यक्तिहरु राजनीतिक मर्यादाविपरित रहको बताउँदै विश्वकर्माले प्रदशसभा बैठक सुरु भएसँगै संसदीय दलमा छलफल गरेर यस विषयमा निर्णय गरिने जानकारी दिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।