शनिबार, वैशाख २९, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मन्त्री बाँस्कोटाले टेलिकमका इन्जिनियरलाई राष्ट्रद्रोही भनेपछि... (भिडियो)

मन्त्री बाँस्कोटाले टेलिकमका इन्जिनियरलाई राष्ट्रद्रोही भनेपछि... (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल टेलिकमको वार्षिकोत्सवमा मुख फेर्ने र रात्रिभोज आयोजना गर्ने परम्परा यसपटक तोडिएको छ। आफ्नै कर्मचारीविरुद्ध मन्त्री बाँस्कोटा खनिएपछि यस्तो परम्परा बन्द भएको हो। मन्त्री बाँस्कोटाले मितव्ययिताका लागि भन्दा पनि कर्मचारीको रिसले यस्तो निर्णय गरेको स्रोतले बतायो।

नेपाल टेलिकमको वार्षिकोत्सवको औपचारिक कार्यक्रम मंगलबार बिहानै सम्पन्न भएको थियो। विगतमा जस्तै रात्रिभोज गर्न साँझ होटल ह्यातमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि थिए, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा।

साँझ ह्यातमा पुगेका कर्मचारीसहित अन्य आमन्त्रित व्यक्तित्वहरू सधैंझैं मुख फेरेर फर्कने मुडमा थिए। तर अन्तिम समयमा आएर रात्रिभोज रद्द गरिएको थियो। संसद्का विभिन्न समितिका सदस्यहरूले चासो राख्दै यसरी भोज नगर्न नमिल्ने सल्लाह दिएपछि भोज रद्द गरिएको स्रोतले बतायो। त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत सरकारी खर्चमा मदिरासहित भोज राख्न नमिल्ने दिएको स्रोतको दाबी छ।

सरकारी कार्यक्रममा मदिरा नराख्ने सरकारको पुरानो निर्णय हो।

कार्यक्रममा गएर भाषण गर्दै सञ्चारमन्त्री बाँस्कोटाले ‘यसपटक ब्ल्याक लेबल, रेड लेबल खान पाएनौ, आगामी वर्ष टन्न खाउला’ भनेर सहभागी सबैलाई आश्वस्त पारेका थिए। उनले भाषणका क्रममा संसदीय समितिलाई पनि गाली गर्न भ्याए। मन्त्री बाँस्कोटाले भने, ‘छ-सातवटा कतिवटा समिति छन्, तिनले फोन गरेका छन्, तर्साएका छन् एउटै विषयमा।’ टेलिकमका कर्मचारीतर्फ लक्षित गर्दै बाँस्कोटाले भने, ‘राति फोन गरेका छन्, टेलिकमको हितमा भनेका छन्, टेलिकमको हितमा कि निजी हितमा ?’ 

उनले आफू मन्त्री रहेसम्म त्यस्तो प्रवृत्तिसँग सम्झौता नगर्ने र भ्रमको पर्दा च्यातिदिने दाबी गरे। कर्मचारीले रातिराति फोन गरेर आफूलाई थर्काएको भन्दै मन्त्री बाँस्कोटाले आक्रोश पोखे। तर कसले थर्कायो सो भने खुलाएनन्। मन्त्री बाँस्कोटाले टेलिकमका इन्जिनियरप्रति पनि आक्रोश पोखे। उनले भने, ‘गोपीकृष्ण कहो गराउँदा पनि राम्रो गरी गराउनू इन्जिनियरहरूले, म त इन्जिनियर होइन।’ 
भिडियो
 

उनले टेलिकमका केही इन्जिनियरले आफ्नै संस्थाविरुद्ध रातिराति पोल लगाउँदै हिँडेर राष्ट्रद्रोही व्यवहार गरेको आरोप लगाए। साथै उनले टेलिकमका कर्मचारीलाई शत्रुको कित्तामा उभिएर क्रान्तिकारी गीत गाउन सक्रिय रहेको भन्दै आक्रोश पोखे।

रात्रिभोज रद्द भएको तर्फ लक्षित गर्र्दै बाँस्कोटाले भने, ‘विगतमा रेड लेबल, ब्ल्याक लेबल, डबल ब्ल्याक लेबल खाएर सबै टाङराङटुङरुङ लड्थे। पचासांै लाख खर्च हुन्थ्यो। जनताको सम्पत्तिले आज एक दिन खुसी मनाइन्थ्यो होला, यसपटक भएन। अर्कोचोटि खुसी मनाउँला।’ उनले टेलिकमका कर्मचारीलाई मौरी जसरी परिश्रमी भएर काममा जुट्न निर्देशन दिए। उनले भने, ‘जुट्नुस् मौरीको गोलाझैं, अर्को वर्ष मह चाटौंला।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।