शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस उपसभापति निधिको कमाण्डमा जनकपुरमा विरोध कार्यक्रम

कांग्रेस उपसभापति निधिको कमाण्डमा जनकपुरमा विरोध कार्यक्रम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- नेपाली कांग्रेसले सरकारको पछिल्लो गतिविधिको विरोधमा देशव्यापि प्रदर्शन गरेको छ। यसै क्रममा जनकपुरकोे विरोध प्रदर्शनमा हजारौंको संख्यामा कांग्रेस कार्यकर्ताहरु सहभागी भएका छन्।

सरकारविरुद्ध जनकपुरमा भएको विरोध प्रदर्शनमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि आफै सहभागी भएका थिए। यसैगरी विरोध प्रदर्शनमा कांग्रेस केन्द्रीय सदस्य महेन्द्र यादव, रामकृष्ण यादवलगायतका केन्द्रीय नेताहरु सहभागी थिए।

उपसभापति निधिको नेतृत्वमा जनकपुरधाम उपमहानगरपालिका-४ पिडडिया माइस्थानस्थित पार्टी कार्यालयबाट निकलेको विरोध जुलुस मुरली चोक, जनक चोक, भानु चोक हुँदै रेलवे स्टेशन पुगेर सम्पत्र भएको थियो।

विरोध प्रदर्शन पश्चात रेलवे स्टेशनमा आयोजित कोणसभालाई सम्बोधन गर्दै कांग्रेस उपसभापति निधिले केपी ओली नेतृत्वको वर्तमान सरकार जनताको हितमा काम नगरेर अहिलेसम्म ढाठ्ने काममात्र गरेको आरोप लगाए।

दुई तिहाइको दम्भमा मातिएको सरकारले जनविरोधी निर्णयहरु गर्दै आइरहेको भन्दै उनले सरकार सचेत नभए जनताले तह लगाउने बताए। कम्युनिस्टहरु संघीयता पक्षधर हुन नसक्ने बताउँदैउपसभापति निधिले सरकार संघीयता समाप्त पार्ने गरी प्रदेशलाई अधिकार सम्पत्र हुन नदिने खेलमा लागेको दाबी गरे। 

ओली नेतृत्वको सरकारमा हत्या हिंसा, भ्रष्टाचार बढेर गएको भन्दै निधिले निर्मला पन्तको हत्यारालाई कारबाही गर्न नसकेर सरकारले आफ्नो नालायकीपन प्रस्तुत गरेको बताए।

केन्द्रीय सरकारको संघीयता विरोधी चलखेलमा नपरी प्रदेशको जनताका भावनाअनुसार काम गर्न प्रदेश सरकारलाई उनले आग्रह गरे। प्रदेश २ को आठ जिल्लाले मिथिलाई झल्काउने गरेको भन्दै बारा र पर्साका जनताका समेत भावनालाई सम्मान गर्दै मिथिला-भोजपुरा नामाकरण गर्न निधिले प्रदेश सरकारलाई सुझाव दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।