शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भेनेजुएला काण्ड : प्रचण्डको रहस्यमय वक्तव्यपछि नेकपाभित्र खैलाबैला

भेनेजुएला काण्ड : प्रचण्डको रहस्यमय वक्तव्यपछि नेकपाभित्र खैलाबैला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपालसँग खासै औपचारिक साइनो नभएको भेनेजुएलाको राजनीतिक संकटबारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जारी गरेको रहस्यमय विज्ञप्तिपछि यतिबेला नेकपाभित्र खैलाबैला मच्चिएको छ।

भेनेजुएलाको दूतावास नेपालमा छैन। भेनेजुएलाले दिल्लीस्थित दूतावासबाटै नेपाल  हेर्ने गर्छ । तर नेपालमा अमेरिकाको दूतावास मात्र होइन, अमेरिकी सहयोग नियोग (युएसड), कार्टर सेन्टरलगायत थुप्रै निकाय सक्रिय छन्। नेकपा अध्यक्ष दाहालले भेनेजुएलाको आन्तरिक मामलामा अमेरिकाले हस्तक्षेप गरेको भन्दै भत्र्सना गरेर विज्ञप्ति निकाले । यही विज्ञप्तिले नेकपाभित्र तरंग ल्याएको हो। प्रचण्डले विवादास्पद विज्ञप्ति निकालेर अमेरिकासँगको कूटनीतिक सम्बन्ध खलबल्याउने प्रयास गरेको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ। 

अहिले त्यो विज्ञप्ति कसले मस्यौदा गरेको भनेर पार्टीभित्र खोजी भएको छ। अध्यक्ष प्रचण्डले भने सार्वजनिक कार्यक्रममा त्यो आफैंले लेखेको दाबी गर्दै आएका छन् । तर त्यसको भित्री पाटो अर्कै रहेको स्रोतले दाबी गरेको छ। यस विषयमा प्रचण्ड पनि खुल्न सकेका छैनन्।

नेपालमा भेनेजुएलाको सरकारी तवरमा कुनै सहयोग छैन। दुई देशबीच दौत्य सम्बन्धसमेत कमजोर रहेको उसले नयाँदिल्लीस्थित दूतावासबाटै नेपाल मामिला हेर्दै आएबाट पुष्टि हुन्छ। यस्तो देशमा भएको घटनामा सरकारको नेतृत्व गरेको पार्टीको अध्यक्षले बोल्नुको रहस्य बेग्लै छ। सरकारको नेतृत्व गरेको पार्टी अध्यक्षले सार्वजनिक गरेको विषय पनि सरकारी धारणासरह नै हुन्छ। त्यसलाई सरकारी धारणा मान्ने हो भने नेपालले अवलम्बन गरेको पञ्चशील परराष्ट्र नीति अनुकूल हुन्छ कि हुँदैन भन्ने प्रश्न खडा भएको छ।

प्रचण्डको विज्ञप्तिपछि अमेरिका सरकारले यस विषयमा नेपाल सरकारसँग स्पष्टीकरण मागेको थियो। सरकारले झन्डै झन्डै प्रचण्डसँग नै मिल्दोजुल्दो धारणा सार्वजनिक गरेपछि यसले नेपाल अमेरिका कूटनीतिक सम्बन्धमा चिसो आउने त होइन भन्ने अनेक प्रश्न उठेका छन्। 

स्रोतका अनुसार प्रचण्डको विज्ञप्ति वरिष्ठ नेता माधवकुमार नेपालको कार्यकक्षमा तयार भएको थियो। तत्कालीन एमाले विदेश विभाग सचिव यादव शर्मा र बलराम बाँस्कोटाले मस्यौदा गरेको एक नेताले बताए। तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको यो मस्यौदा सही गर्नका लागि बाँस्कोटा प्रचण्ड निवास पुगेका थिए। 

भेनेजुएलाले केही समयदेखि एसियाव्यापी एकाइ स्थापना गर्दै आएको छ। नेपालमा पनि केही एकाइ सक्रिय छन् । नेकपा र नेकपा (विप्लव) सँग सम्बन्धित ती एकाइ नयाँँदिल्लीस्थित भेनेजुएलाको दूतावासबाट राजदूत आगुस्तो मोन्तिएलले समन्वय गर्दै आएका छन् । सम्पूर्ण दक्षिण एसियाली राष्ट्रमा 'बोलिभारियन' समाजवादको प्रचारप्रसार व्यापक बनाउने उद्देश्यले यस्ता एकाइ स्थापना गरेको हो ।

झन्डै एक अर्ब डलर बराबरको भेनेजुएलाली पैसा नेपालमा गैरसरकारी क्षेत्रमा लगानी भएको स्रोतले बतायो। यसले नेपालमा भने विप्लव समूह र मदन भण्डारी थर्ट स्कुल अफ एसियामार्फत प्रचारप्रसार गर्दै आएको छ। भेनेजुएलाले यो स्कुललाई राम्रोसँग आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। प्रचण्डको विज्ञप्ति मस्यौदा गर्ने बलराम बाँस्कोटा सोही स्कुलका अध्यक्ष हुन्। यसले अन्तर्राष्ट्रिय रुपमा नै माक्र्सवादबारे कक्षा सञ्चालन गर्दै आएको छ। यसमा लाग्ने खर्च भेनेजुएलाले व्यहोर्छ ।  

यस्तो थियो प्रचण्डको विवादस्पद विज्ञप्ति –

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भेनेजुएलाका जनता, भेनेजुएलाको राज्यको सम्प्रभुता र लोकतान्त्रिक ढंगले निर्वाचित राष्ट्रपति निकोलस मडुरोलाई पूर्ण रूपले साथ र समर्थन गर्दछ । नेकपा संयुक्त राज्य अमेरिका र उसका सहयोगी मुलुकहरुले भेनेजुएलाको आन्तरिक मामिलामा दखल अन्दाजी गरेर त्यहाँको लोकतन्त्र, आन्तरिक शान्ति, सुव्यवस्था र सार्वभौमिकतामाथिको ठाडो हस्तक्षेपको घोर भत्र्सना गर्दछ । 

हुवाँ गुवाईदोद्वारा आफूलाई भेनेजुएलाको राष्ट्रपति घोषणा गर्नु र त्यसलाई अमेरिकालगायत अरु क्षेत्रीय राष्ट्रहरुले तत्काल त्यसको समर्थन गर्नुले बोलिभारियन गणतन्त्र भेनेजुएला र त्यहाँका जनताविरुद्ध ठूलो षड्यन्त्र भइरहेको बुझिन्छ ।    

यस्तो प्रकृतिको अरुको आन्तरिक मामिलामा भएको ठाडो हस्तक्षेप र साम्राज्यवादी सत्ता विद्रोह कुनै पनि सर्तमा स्विकार्य हुँदैन । अमेरिकाले विगत एक दशकदेखि भेनेजुएलाविरुद्ध अमानवीय ढंगले आर्थिक नाकाबन्दी लगाइरहेको छ । यो संयुक्त राष्ट्रसंघको चार्टर एवं शान्तिपूर्ण सहअस्तित्वको आधारभूत सिद्धान्तको ठाडो उल्लंघन हो । तसर्थ, हामी अमेरिकालगायत अन्य मुलुकहरुलाई अहस्तक्षेपकारी सिद्धान्त, राष्ट्रिय स्वाधीनता एवं शान्तिपूर्ण सहअस्तित्वको मर्मलाई सम्मान गर्न अपिल गर्दछौं ।    
      
नेकपा भेनेजुएलामाथि अतिक्रमण गर्न उद्यत साम्राज्यवादी शक्तिहरुको कुनै पनि प्रकारको कदमको तीव्र विरोध गर्दछ एवं अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघ र सम्पूर्ण सार्वभौम मुलुकहरुसँग भेनेजुएलाको आफ्नो सार्वभौमिकता, राष्ट्रिय सम्प्रभुता, भेनेजुएलाका जनताको आफ्नो सार्वभौम अधिकारका खातिर ऐक्यबद्धता जनाउन अपिल पनि गर्दछ । 


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) 
अध्यक्ष 
पुष्पकमल दहाल प्रचन्ड'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।