शुक्रबार, वैशाख १४, २०८१

डा केसीको जीवनरक्षाको माग गर्दै धनगढीमा रिले अनसन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- अनसनरत डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै सेती अञ्चल अस्पतालमा रिले अनसन सुरु भएको छ।
 
नेपाल मेडिकल एसोसिएसन सुदूरपश्चिम समितिको अगुवाईमा रिले असन थालिएको हो। केसीको अनसन तोडाउन दिएको ७२ घण्टाको समयमा पनि सरकारले कुनै पहल नगरेको भन्दै डाक्टरले आफुहरु पनि अनसन बस्नुपर्ने बाध्यता आएको बताएका छन्।

१५ औं अनसनका क्रममा गत साउन १० गते सरकारसँग भएको सम्झौता कार्यान्वयन नगरिएपछि डाक्टर केसी १६ औं पटक अन्सनमा बसेका हुन। नेपाल मेडिकल एसोसिएसन सुदूरपश्चिम प्रदेशका सदस्य प्रदीप मिश्रले कुनै पनि मुद्धाहरुलाई डा केसीसित भएका सम्झौता पालन नभएका कारण केसी अनसनमा बसेको र उनको जीवन रक्षाको माग लिएर आफुहरुले रिले अन्सन शुरु गरेको बताए। 

डाक्टर केसीको जीवन रक्षाका लागि र सरकारलाई दबाब दिनका लागि सुदूरपश्चिम प्रदेश बाट पनि रिले अन्सन सुरु गर्नुपरेको सेती अञ्चल अस्पतालका चिकित्सक डाक्टर कपिल गौतमले बताए।

नेपाल मेडिकल एसोसिएसन सुदूरपश्चिम प्रदेश अध्यक्ष डाक्टर प्रमोद जोशीले उपचार सेवामा कुनै अवरोध नपर्ने गरी दुई-दुई जनाको समूह बनाएर अन्सन बसिरहेको बताए।

उनले आफुहरुको रिले अन्सनले बिरामीलाई दिने सेवा प्रभावित नभएको जानकारी दिए। नेपाल मेडिकल एसोसिएनको अगुवाईमा अनसनमा बसिरहेका डाक्टरहरुले केसीको जीवन रक्षाको पहल नभए थप संघर्षमा जानुपर्ने अवस्था आउन सक्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।