शुक्रबार, वैशाख १४, २०८१

‘साथी फेसबुक’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - नेपाल समयमा बुधबार प्रकाशित रामप्रसाद खनालको कविता ‘साला फेसबुक’ को प्रतिउत्तर प्राप्त भएको छ। उक्त कविताको प्रतिउत्तर कवयित्री लक्ष्मी घिमिरेले दिएकी हुन्। 

खनालले ‘साला फेसबुक’ शीर्षकको कवितामा फेसबुकबाट हुने बेफाइदाको बयान गरेका छन्। तर उनको कविताको जबाफ दिँदै कवयित्री घिमिरेले ‘फेसबुक असल साथी रहेछस्’ शीर्षकको कविता लेखेर फेसबुकले मानव जीवनमा पारेको सकारात्मक पक्षको व्याख्या गरेकी छन्। 

फेसबुक असल साथी रहेछस्

बुढापाकाका चाउरिँदै गएका गाला 
तनक्क पारेर तन्काउने
मन प्रफुल्ल पारेर हँसाउने
प्रिय साथी फेसबुक 
तँ एउटै रहेछस् !

रोजगारीका लागि परदेशिएको छोरो
उसैको यादमा बसेकी बुहारी 
तातेताते गर्दै बोल्दै गरेको नानी
सबैलाई एकैसूत्रमा जोडिदिने 
साच्चै तँ जाती रहेछस्
फेसबुक तँ असल साथी रहेछस् !

भेट्न नसकेका आफन्तहरू
सँगै कखरा सिकेका बालसखाहरू
वन, पाखा, पखेरामा 
गोठालो जाँदा रमाएका पलहरु
सबैले तेरै सहायताले 
अन्तर हृदयदेखि 
नाम, थर, वतन लेख्दै
साटिरहेका हुन्छन्
जसले वर्तमान समयमा आफूलाई पनि
त्यही बालापन, तिनै मेलापातमा पुर्‍याइदिन्छ
त्यसैले फेसबुक जाती रहेछस्
अरे वाह ! तँ क्या गजबको साथी रहेछस् !

परिस्थितिले अलग्याएका 
श्रीमान् श्रीमती
समय निकालेर केही बेर 
मन बहलाउँछन्
तन टाढा भए पनि 
भिडियोच्याटमा गफिँदै मन बुझाउँछन्
त्यत्तिमात्र होइन,
नियतिका ज्वारभाटाहरु एकत्रित पार्दै
प्रेमिल बातले सपनीमा भेट्ने वाचा गर्दै छुट्टिन्छन्
टाढिएकालाई नजिक्याउने
फेसबुक निकै जाती रहेछस्
दुखेको मन तह लगाउन काफी रहेछस् !

छोराछोरीको जन्मदिनमा
एक्लाएक्लै हुँदाको न्यास्रोपन 
वैवाहिक वर्षगाँठमा 
एक थुङ्गो फूल साट्न नपाउँदाको क्षण 
भदाको पास्नी, बावुको न्वारान 
भतिजीको गुन्युँचोलीमा सजिएको तस्बिर
फेसबुकमा सेयर गर्दै
शुभेच्छा र आशिषका वचन व्यक्त गर्न
तँ फेसबुक मुख्य माध्यम भएछस्
त्यसैले तँ प्रविधिको युगमा सबैभन्दा माथि रहेछस् !

आपसी सद्भाव 
माया, ममता र आत्मीयताको पुल बनेर
तैंले भाइचाराको सम्बन्ध बढाउन 
हरहमेसा भूमिका खेलेको छस्
यतिमात्र होइन,
तँ दुःख, रोदन, आँसु र छटपटीहरु 
बिर्साउने मुहार पुस्तिका बनिस् 
असह्य चोटहरुले
छियाछिया भएको मनलाई 
सान्त्वना दिलाउने आत्मीय साथी फेसबुक 
तँ सबैको प्रिय बनेर तन भरेको छस्
त्यसैले त फेसबुक तैंले सबैको मन भरेको छस् !

अस्ति मात्र भर्चुअलमा बीस वर्ष पुरानो 
साथी भेट्दा म पुलकित भएँ 
सात समुद्रपारिबाट 
कार्लाले अपलोड गरेका तस्बिर हेरेर 
म नेपालमा दंग परिरहेँ
जीवनले गति लिएर जहाँ गए पनि
तैंले नै त छस् सबैलाई एकताबद्ध बना’को
धन्यवाद फेसबुक तँ एक्लोपनको साथी रहेछस्
त्यसैले सबैभन्दा माथि रहेछस् ! 

(भण्डारा मावि, चितवन)



 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।