शुक्रबार, वैशाख १४, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
 काठमाडौं- आज माघ १६ गते बुधबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी। 

क्रिकेट रंगशाला घोषणामा प्रधानमन्त्रीका आफ्नै कुण्ठा 

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा सभामा आफ्ना कुन्ठा पोखेर समय व्यतित गरेका छन्।

यस्तो छ कर्णालीमा विकासको नयाँ मोडेल

विकासको पहिलो पूर्वाधार मानिने सडक र विद्युतीकरणलाई कर्णालीले ‘विकासको मोडेल’ मानेको छ। यही मोडेलअनुसार प्रदेश र स्थानीय सरकारले विद्युतीकरण र सडक विस्तारलाई प्राथमिकतामा दिएका हुन्।

कैलालीमा अझै रोकिएन अवैध ढुंगा बालुवाको उत्खनन्

खोला नालाबाट अवैध ढुंगा बालुवाको उत्खनन् रोक्न जिल्ला समन्वय समिति कैलालीले दुई पटक सूचना जारी गरिसके पनि स्थानीय तहहरुले भने उक्त कार्य जारी नै राखेका छन्। 

बाढीपीडित पाँच वर्षदेखि त्रिपालमै, नेताको आश्‍वासन मात्रै

सुर्खेतमा बाढी गएको झन्डै चार वर्षपछि ०७५ साउन ६ गते 'बाढीपीडित पुनस्र्थापना उच्चस्तरीय समिति' बन्यो । कर्णाली प्रदेश सरकारले गठन गरेको समितिमा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी अध्यक्ष बने।

आइसियु जान मानेनन् डा केसी, अवस्था जटिल

२२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। सेतो रगत र रगतमा ग्लुकोजको मात्रा अत्यधिकमा कमि आएसँगै अवस्था जटिल बन्दै गएको चिकित्सकहरुले जनाएका छन्। 

किन ओरालो लाग्यो वैदेशिक लगानी ?

सरकारले आर्थिक समृद्धिको नारा घन्काइरहँदा वैदेशिक लगानी भने ओरालो लागेको छ। सरकारले अझै पनि लगानी आकर्षण गर्न प्रक्रियागत रुपमा सुधार गर्न नसक्दा लगानी बढ्न नसकेको हो।

स्ववियु निर्वाचन सार्न कांग्रेसको प्रस्ताव

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्ववियु निर्वाचनको मिति सार्न माग गरेका छन्। भरतपुर विमानस्थलमा बुधबार सञ्‍चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले नेविसंघभित्रको विवाद र नेतृत्वको टुङ्गो नलागिसकेको भन्दै फागुन १४ गतेको स्ववियु निर्वाचनको मिति सार्नुपर्ने माग गरेका हुन्। 

बिहीबार पनि कांग्रेसले संसद चल्‍न नदिने 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार पनि संसद अवरोध गर्ने भएको छ। कार्यव्यवस्था परामर्श समितिको बुधबार बसेको बैठकले बिहीबार पनि संसद् चल्न नदिने निर्णय गरेको हो।

‘प्रदेश २ को राजधानी जनकपुर नै हुन्छ’

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश २ को राजधानी जनकपुरमै रहने बताएका छन्। भौतिक पूर्वाधार र आठ जिल्लाको पहुँचको आधारमा सुगम रहेकोले प्रदेशको राजधानी जनकपुरमै हुने निधिले ठोकुवा गरे।

रक्सीको सुरमा गलत सूचना दिने जोडी समातिए

नेपाल प्रहरीको कन्ट्रोल नं १०० मा फोन गरी विभिन्न स्थानमा घटना भइरहेको भन्ने झुटो सूचना दिने दुई जना पक्राउ परेका छन्। 

सहिद दिवसमा साहित्य : ‘नेपाल सहिद उत्पादन गर्ने देश’  

बुधबार दिउँसो करिब २ बज्दै थियो। भैरहवाको पीसनाइट होटलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार विजय सागर जब पोडियममा खडा भए तब उनी आक्रोसित हुँदै भन्न थाले हामी सहिद उत्पादन गर्ने देशका नागरिक हौं।

आज सहिद दिवस : सरकारलाई नै थाहा छैन कति सहिद छन् 

प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना गर्नका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी सहिद दिवस मनाइँदैछ । दिवसका अवसरमा काठमाडौं उपत्यकासहिद देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । 

 ७९३ कर्मचारी कारबाहीको लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रले अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ। केन्द्रले २४९ कार्यालयमा अनुगमन गरी अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए।

मेलम्ची खानेपानी वार्ता थाइल्यान्डमा

मेलम्ची खानेपानी परियोजना अघि बढाउन इटालियन ठेकेदार कम्पनी सिएमसीसँग थाइल्यान्डमा वार्ता हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी अयोजनाको ठेकेदार कम्पनी सिएमसीसँग थाइल्यान्डमा वार्ता हुने जानकारी दिएका हुन्। वार्ता केही दिनभित्रै हुने प्रधानमन्त्रीको भनाइ छ।

गौतम बुद्ध क्रिकेट रंगशालाको उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्ने

बुधबार गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला घोषणा गरेसँगै रंगशालाको उद्घाटन खेलमा भारत र पाकिस्तानबीचको खेल गराउने भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले बताएकी छिन् । 

एयरपोर्टका गाडी रोबोटले पार्क गर्ने

ब्रिटेनको राजधानी लन्डनको गेटविक एयरपोर्टमा गाडी रोबोटले पार्क गर्ने भएको छ। फ्रेन्च कम्पनी स्टेनली रोबोटिक्सले यो रोबोट बनाएको हो। उक्त रोबोटलाई स्टेन नाम दिइएको छ।  

जिबोटीमा डुङ्गा दुर्घटना हुँदा १३० भन्दा बढी आप्रबासी वेपत्ता

उत्तरपश्चिमी अफ्रिकी मुलुक जिबोटीको सामुद्रिक तटमा दुई डुङ्गा दुर्घटनाग्रस्त हुँदा कम्तिमा १३० आप्रबासी शरणार्थी वेपत्ता भएका अन्तर्राष्ट्रिय आप्रबासी संगठन (आइओएमले) बुधबार जनाएको छ। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।