शनिबार, वैशाख १५, २०८१

सुबिसु क्यान इन्फोटेक शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौँ- कम्प्युटर एसोशियसन अफ नेपाल (क्यान महासंघ) को आयोजनामा मंगलबारबाट ‘सुबिसु क्यान इन्फोटेक २०१९’ शुरु भएको छ। सञ्चार प्रविधि क्षेत्रको सम्पूर्ण पछिल्ला प्रविधिहरुको बारेमा उपलब्ध तथा जानकारी गराउने उद्देश्यले उक्त मेला शुरु भएको हो। 

प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उद्घाटन गरेका छन्। उनले अहिलेको युग प्रविधिसँग जोडिएको भन्दै सम्पूर्णलाई सञ्चार प्रविधिसँग जोड्ने आस्वासन दिए।‘सरकारको उद्देश्य पनि डिजिटल नेपाल निर्माण गर्ने भएकोले प्रविधि शहर केन्द्रीत मात्र नभई सबै प्रदेशसम्म लानु आवश्यक रहेको छ,’ उनले भने।

‘टुगेदर वी क्यान’ भन्ने मूल नारामा यसपटकको क्यान इन्फोटेक मेला आयोजना गरिएको हो। मेलामा ल्यापटप, कम्प्युटर, पछिल्ला प्रविधि जडित टिभी, क्यामेरा लगायत सूचना प्रबिधिसँग सम्बन्धित १७५ वटा स्टलहरु रहेका छन्। आयोजकले ४ लाखबढी अवलोकनकर्ता आउने अपेक्षा गरेको छ।

अयोजकका अनुसार मेलामा पाँच दिनसम्म रोवर्ट ब्याटल प्रतिस्पर्धा सञ्चालन हुनेछ। लक्की ड्रमार्फत विजेतालाई फिल्मको टिकट प्रदान गरिनेछ। अवलोकन गर्नका लागि काटिने टिकटबाट विजेता घोषित हुने र विजेतालाई स्वदेश तथा विदेशको भ्रमण गर्ने अवसर प्रदान गरिने आयोजकको भनाइ छ। मेला माघ २० गतेसम्म सञ्चालन हुने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्